काठमाडौं, ३० भदौ । संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको मधेसी जनअधिकार फोरम नेपालसहितका साना दुई दललाई फिर्ता गराउन प्रमुख तीन दल अन्तिम चरणमा पुगेका छन् ।
स्रोतका अनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग भएका अनौपचारिक वार्तापछि उनीहरू संविधानसभामा फिर्ता हुन तयार भएका हुन् ।
तर गच्छदारको मोर्चाले संविधानसभामा फिर्ता हुने वा नहुने औपचारिक रुपमा केही जनाएको छैन ।
फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी भने थारुका माग पूरा नभएसम्म संविधानसभामा फिर्ता हुने विषयमा आफूहरु तयार नहुने बताउनुहुन्छ ।
गच्छदारलाई फिर्ता ल्याउन एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक अनौपचारिक कुराकानी गरिसक्नुभएको छ ।
गच्छदारले आफ्नो नेतृत्वमा शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिकलाई मिलाएर संघीय लोकतान्त्रिक मोर्चा बनाउनुभएको छ ।
dainiknepal.com

कपिलबस्तु – मधेशी मोर्चाहरुले सीमांकनको विरोधमा गरेको शान्तिपूर्ण आन्दोलन कपिलवस्तुमा हिंस्रक बन्दै गएको छ । मोर्चाका कार्यकर्ताले मंगलवार राती जिल्लामा दुई वटा प्रहरी चौकीमाथि आक्रमण गरेका छन् । मंगलबार राती ९ बजे करिब ३ सयको संख्यामा घरेलु हथियार सहित आएका आन्दोलनकारीहरुले लबनी प्रहरी चौकीमा आक्रमण गरेका छन् ।
लुम्बिनी–तौहिलवा सडक खण्ड अन्र्तगत रहेको प्रहरी चौकीमा आक्रमण गर्ने पूर्व योजना पाएलगत्तै प्रहरी चौकी छाडेर भागेका थिए । आगजनीबाट चौकीको पक्की भवन, कागजात र गस्तीगर्ने साईकल नष्ट भएको स्थानीयबासीले जनाएका छन् । मोर्चाका नेता अब्दुल रसीद खाँले लवनी प्रहरी चौकीमा आक्रमण र आगजनी गरिएको पुष्टि गरेका छन् । त्यहाँ कार्यरत प्रहरी सहायक निरिक्षक राम बहादुर क्षेत्रीसहित १३ प्रहरी बुधबार विहान ५ बजे इप्रका पकडीको सम्पर्कमा आइपुगेको र सबै सकुशल रहेको प्रहरी निरिक्षक जयश्री कुँवरले बताए । यसै गरि मोर्चाका कार्यकर्ताहरुले मंगलवार राती ११ बजे बिजुवा प्रहरी चौकीमा आक्रमण गरि आगजनी गरेका छन् । मंगलववार साँझ लवनी प्रहरी चौकीमा आक्रमण गरी ध्वस्त बनाएका मोर्चाका कार्यकर्ताहरुले बिजुवा प्रहरी चौकीमा समेत तोडफोड गरी आगजनी गरेका हुन । आगजनी गरिएको दुबै प्रहरी चौकी जिल्लाका निर्वाचन क्षेत्र नम्बर २ का हुन । बिजुवा गाबिस भवनमा रहेको चौकीलाई घरेलु हतियार सहीत आएका सयौको संख्यमा रहेका मोर्चाका कार्यकर्ताहरुले भवनमा आगो लगाएका थिए । आगलाीबाट भवनमा ठुलो क्षति पुगेको छ । संभावित आक्रमणको सुचना पाए पछि त्यहा रहेका नौ जना प्रहरी सुरक्षित स्थानमा भागेका थिए । चौकीमा कार्यरत ९ जना प्रहरी राती ३ बजे सीमा प्रहरी चौकी चाकरचौडाको सम्पर्कमा सुरक्षित पुगेको प्रहरी उपरिक्षक बिक्रम गुरुङले जानकारी दिए । आफ्ना माग बिपरित एकतर्फीरुपमा संबिधान निमाृण प्रक्रियामा लागेको भन्दै गत गत शुक्रवार मोर्चाका नेताहरुले स्थानीय प्रहरी चौकीहरु हटाउने सहीत ६ बुदे निर्णय गरेका थिए । सो लगत्तै सोमबार मर्यादपुर स्थित सशस्त्र प्रहरी पोस्टमा समेत मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका थिए । मोर्चाका कार्यकर्ताहरुले प्रहरी चौकीलाई निशाना बनाए पछि गाँउ गाँउमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरु निकै त्रसित बनेका छन् । जिल्लाका दक्षिणी क्षेत्रमा रहेका संबेदनशील र असुरक्षित प्रहरी चौकीलाई तत्काल नजिकैका ईलाका प्रहरी कार्यालयहरुमा गाभ्ने तयारी सुरक्षा समितिले गरिरहेको छ । www.ratopati.com

अनिता देवकोटा, सभासद, नेपाली कांग्रेस
आज (बुधबार) नेपाली हिन्दु महिलाहरूको महान चाढ तीज अर्थात हरितालिका विषेश महत्वका साथ मनाइँदैछ । महिला दिदीबहिनीहरूले मनाउने यो पर्वको आफ्नै महत्व छ । दाङ जिल्लाबाट राजनीति गर्दै आउनु भएकी कांग्रेस नेतृ एवम् सभासद् अनिता देवकोटाको तीजका सम्बन्धमा आफ्नै अनुभव छन् ।
तीजलाई विशेष महत्वको पर्व मान्नुहुने देवकोटाका लागि यो पटक अझैँ विशेष हुने भएको छ । उहाँ अहिले तीजमा रमाइलो गर्नुभन्दा पनि मुलुकको लागि संविधान निर्माणमा जुट्नु भएकाले उहाँलाई तीन विशेष महत्वको लागेको हो ।
सबै दिदीबहिनीहरू मिठो खानाखाने, नाचगान गर्ने, आफन्तसँग भेट्ने, परिवारसँग भेट गर्ने कार्य गरीरहेका बेला कांग्रेस नेतृ एवम् सभासद देवकोटा नयाँ बानेश्वरस्थित संविधानसभा भवनभित्र बसेर संविधनको परिमार्जित विधेयकमाथिको निर्वाचन प्रक्रियामा ‘हुन्छ र हुन्न’ भनेर बस्नुभएको छ । यसै क्रममा दैनिक नेपाल डटकमका लागि हाम्रा सहकर्मी विमल योगीले देवकोटासँग गर्नुभएको कुराकानी जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।
– अनिता देवकोटा, सभासद, नेपाली कांग्रेस
मैले २०३६ सालदेखि राजनीति सुरु गरेको हुँ । २०४२ सालमा सत्याग्रहको बेला प्रहरीले मलाई वारेन्ट काटिएको थियो । त्यही बेला मेरो विवाह हुँदै थियो । मलाई (दुलही) लिन जन्ती (बेहुला) आएका थिए । तर म वारेन्टबाट बच्न भोगेको थिए । वारेन्टभरि दिदीको घरमा तीन/चार महिना भूमिगत भएर बसे । त्यसपछि ०४२ सालमै विवाह पनि भो । घरमा जन्ती आएको बेला सत्याग्रह थियो ।
म कांग्रेस केटी भनेर विहेको प्रस्ताव आयो । निर्मल देवकोटा पनि कांग्रेस केटो । कुरा मिलेपछि प्रस्ताव आयो । मेरो विहे उहाँसँग भयो । विहेको प्रस्ताव आएपछि मैले पनि स्वीकार गरे । विहेमा हाम्रो कार्ड पनि छापिएको थिए । माग्न उहाँले प्रस्ताव पठाउनुभएको हो । भेषराज पौडेलबाट विहेको प्रस्ताव पठाइएको थियो । कांग्रेस हो पढेलेखेको केटो राम्रो छ भनेका थिए सबैले । मैले स्वीकारे । मेरो विहे सोँचे जस्तो धुमधामका साथ हुन सकेन ।
विवाह भएर गइसकेपछि पनि माइततिरबाट राजनीतिमा नजान दवाव थियो । तर मेरो मनले कहाँ मान्थ्यो र । राजनीतिमा लागीरहे । मैले नेविसंघबाट राजनीति सुरु गरेकी हुँ । राजनीतिमा लागेर कहिले काँही घर आउन ढिला हुँदा सरले एक पिरियड बढी पढाउनु भो भने ढाँट्थे ।
विवाहपछि भने अहिले सहज भो राजनीति गर्न । २०४६ सालपछि भने अझैँ सहज भयो । पछि झन् सक्रिय राजनीति गरे ।
माइतीमा राजनीति नगर भनेर बाबाले दवाव दिइरहनुहुन्थ्यो । हामी धेरै बहिनी छोरी राजनीतिमा लागे विहे हुँदैन भन्ने बुबालाई डर थियो । बाबाले सामाजिक संरचनाभित्र बाँध्न खोज्नु भएको थियो । तर म लुकीलुकी राजनीतिक कार्यक्रममा जाने गर्थे । एकातिर समाज र पुलिसको घेरा । त्यहीभित्र कार्यक्रम गथ्यौँ । हामीले पढ्ने क्रममा ‘नयाँ आलोक’ भन्ने पत्रिका पनि निकालेका थियौँ ।
त्यतिखेरका मेरा सहपाठी चिन्तामणि योगी, एमालेका नेता शंकर पोखरेल, भानुभक्त आचार्य, मेनका पोखरेल (एक व्याज अगाडि) हुन् । हामी सबैले सँगै राजनीतिक सुरु गरेका हौँ ।
विवाह भएको धेरैपछि माइत जाने मौका पाए । सबैसँग भेटघाट भो । विवाहपछि माइत गइयो । तीजमा सबैसँग भेटघाट हुने भएकाले पनि मलाई तीज मनपर्छ । अनि जागरणका कुराहरु गर्ने । नाचगान गर्ने । सबभन्दा ठूलो कुरा आफन्तसँग भेट गर्ने हुन्थ्यो । मेरो माइत दाङ जिल्लाको मानपुर गाविस जन्द्रागाउँमा हो ।
विहेपछि पहिलो पटक माइत गएका बेला दरखान काकाको घरमा बोलाउँथे । खान गइयो । रमाइलो भयो । सबैसँग भेट हुन्थ्यो । गाउँघरका साथीहरु मिलेर पातीको गौरा बनाएर पूजा गर्ने । ब्राम्हण ल्याउने चलन थियो । अहिले त्यो चलन परिवर्तन भो । मान्छेले अहिले भ्याउँदैनन् । गर्दैनन् पनि । तीजको परम्परा विकृतिका रुपमा बढेको जस्तो मलाई लाग्न थालेको छ । यो सामाजिक पर्वलाई सबैले आआफ्नो गच्छअनुसार मनाउनुपर्छ ।
सानैदेखि ब्रत बसियो । सानोमा फलफूल खान पाइन्छ । चिनीपानी खानपाइन्छ भनेर सानो उमेरका बेला ब्रत बसिन्थ्यो । सुरुसुरुमा सानोमा खान पाइन्छ भनेर ब्रत बसियो । पछि सामाजिक रुपमा ब्रत बसियो । विहे भएपछि श्रीमान् र सामाजिक सद्भावका लागि ब्रत बसियो ।
दरखानाले मान्छेहरूलाई एकाकार गराउँदो रहेछ । तीजको कथा सुन्ने बेला हाम्रो संघर्षको अधिकारको प्राप्तिको दिन हो भन्ने लाग्यो ।
छोरीलाई बाबाले जसलाई सोँच्यो त्यसलाई दिने । विहे गरिदिने परम्पराविरुद्ध पनि तीजलाई बुझ्नु पर्छ । त्यसैलाई श्रीमानलाई मान्नुपर्ने । मन परोस्–नपरोस् । पार्वतीले बाबुविरुद्ध विद्रोह गरेर आफूले चाहेको पति पाउनुपर्छ भनेर विष्णुलाई अस्वीकार गरी शिवसँग विहे गरेको धार्मिककथाले महिलालाई आफ्नो अधिकारका लागि विद्रोह गर्न सिकाएको छ । यो कथाको महत्वलाई गहिराइमा गरए बुझ्नुपर्छ । यो तीज महिला अधिकारको पर्व पनि हो । धार्मिक कथाहरूले त्यसलाई इँङगित गर्छ ।

काठमाडौं — एमाओवादी अध्यक्ष प्रचण्डले जनतालाई संविधानसभामार्फत संविधान दिने पार्टीको भिष्मप्रतिज्ञा पूरा हुन लागेको बताउँदै अब संविधान जारी भएपछि पार्टी माओवादी एकीकरण अभियानमा लाग्ने बताएका छन् ।
एमाओवादी नेता स्व पोष्टबहादुर बोगटीको पहिलो स्मृति दिवसका अवसरमा पार्टी हेडक्वाटर पेरिसडाँडामा आयोजित श्रद्धान्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान निर्माण पछि पार्टी पुर्ननिर्माण अभियानमा लाग्ने बताएका हुन् ।
प्रचण्डले भने, ‘पार्टीको वि.सं. २०५७ सालमा बसेको दोस्रो राष्ट्रिय सम्मेलनले संविधानसभामार्फत संविधान बनाउने निर्णय गरेको थियो । संविधानसभाको हाम्रो मिसनबाट हामी ब्याक हुनसक्दैनौ ।’ उनले पछिल्लो संविधानसभामा भएका धेरै उपलब्धीहरुलाई जोगाउन नसकेकोमा पनि दुःख व्यक्त गरे । ‘हामी कमजोर भयौं । हामीले पहिलेका धेरै उपलब्धिहरुलाई बचाउन समेत सकेनौं,’ उनले भने, ‘तर सबै उपलब्धि गुमाउनु भन्दा भएका उपलब्धिलाई जोगाउनका लागि त्याग गरेर भए पनि संविधानसभामार्फत जनताको संविधान ल्याउन लागेका हौं ।’
उनले संविधान निर्माण प्रक्रिया पूरा हुन लागेपछि अवस्था चुनौतीपूर्ण रहेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै उनले स्वर्गीय नेता इमान्दारिता र पारदर्शीताको प्रतिक रहेको उल्लेख गरे । उनले पार्टीमा सँधै बोगटीको अभाव खड्किरहने बताए ।
www.ratopati.com

हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, विकास, समृद्धिको जनताको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ । अहिले हामी अन्तिम चरणमा छलफल गर्दै गर्दाको संविधानको प्रस्तावनाको मूल स्पिरिट हो यो । हामी सार्वभौम नेपाली जनता, राष्ट्रिय स्वतन्त्रता र एकतालाई रक्षा गर्दै जनताकै तर्फबाट इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी गर्दै छौँ । हामी सबैको नेपाली दाजुभाइ, दिदीबहिनीहरूका निम्ति यो ऐतिहासिक रूपले गौरवको क्षण हो । हामी झन्डै ६५ वर्षको सशस्त्र र शान्तिपूर्ण ठूलाठूला संघर्षबाट हजारौँ नेपाली जनताको छोराछोरीको बलिदानको जगबाट यो प्रस्तावनासहितको संविधानमा हामी आइपुगेका छौँ ।
००७ सालवरपर सुरु भएको भए पनि संविधानसभाबाट संविधान जारी गर्ने कुरा ओझेलमा परेको थियो । संविधानसभामा पछिल्लोपटक यसलाई अघि ल्याएर सबै जनताको एजेन्डा बनाउने हाम्रो दल र नेतृत्वलाई यो अवसर प्राप्त भयो । निकै ठूलो बलिदान, संघर्ष र योगदान गरेर हामीले नेपालमा फेरि संविधानसभाको विषयलाई नेपाली राजनीतिको तत्कालिक एजेन्डा बनाएर ल्यायौँ । बिस्तारै यो सबै समुदाय र नेपालको शान्तिप्रक्रियाको अभिन्न औजार, नेपालको एजेन्डा बन्यो ।
हामी कोलको गोरुजस्तो घुमेको घुम्यै भइरहेका थियौँ । भयानक चक्रब्यूहमा फसेजस्तो स्थिति बनेको थियो । देशभित्र र बाहिर पनि परिवर्तन चाहने निराश र देश नै दुर्घटनातर्फ जाने खतरा थियो । त्यसपछि हामीले १६ बुँदे सहमति गरेर यतिवेला संविधानसभाबाट संविधान जारी गर्ने अवस्थामा पुगेका छौँ ।
जतिवेला पहिलो संविधानसभा संविधान बनाउन असफल भयो । दोस्रो पनि कतै असफल हुने हो कि भन्ने यसको वरिपरि पनि कालो बादल मडारिन थालेको थियो । धेरै चलखेल र षड्यन्त्र हामीले देख्यौँ । फेरि संविधानसभाबाट संविधान बनाएर जनताले आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकारबाट वञ्चित हुने हो कि भन्ने चिन्ता भयो ।
नेपाली जनता, राजनीतिक दलहरू र नेता आफ्नो लक्ष्य र प्रतिबद्धता आफैँ फैसला गर्न सक्षम छैनन्, आफ्नै प्रतिबद्धता पूरा गर्न सक्षम छैनन् भन्ने कुरा स्थापित हुने हो कि भन्ने ठूलो चिन्ता सर्वत्र व्याप्त भयो । नेपाल आफ्नै निर्णय गर्न सक्ने देश हो । यस्ता नेता र पार्टी तथा जनता छन् कि छैनन् भन्ने प्रश्न अहिले पनि छ । हामी कोलको गोरुजस्तो घुमेको घुम्यै भइरहेका थियौँ । भयानक चक्रब्यूहमा फसेजस्तो स्थिति बनेको थियो । देशभित्र र बाहिर पनि परिवर्तन चाहने निराश र देश नै दुर्घटनातर्फ जाने खतरा थियो । त्यसपछि हामीले १६ बुँदे सहमति गरेर यतिवेला संविधानसभाबाट संविधान जारी गर्ने अवस्थामा पुगेका छौँ ।
संविधानसभाको बैठकमा अन्तिम अभिव्यक्ति दिँदा मलाई सम्झना भइरहेको छ । कार्लमाक्सले भनेका थिए, मैले ड्रागनको दाँत रोपेको झिंगा वा उपिँयाको फल काट्नुपर्ने भयो । मलाई अहिले फर्किएर हेर्दा नेपालका सबै उत्पीडित समुदायलाई न्याय गर्ने नयाँ राज्यको परिकल्पना गरेको थियौँ । ड्रागनको दाँत रोपेको थियौँ, तर निकै थोरै भिंmगाजति मात्रै फल टिप्न पायौँ । निकै थोरै । चाहेको दाँत नै थियो । तर, अहिले यो हामी सबैका लागि अग्निपरीक्षाको क्षण हो । हामी सफल हुने कि नहुने, हामी निर्णय गर्न सक्छौँ कि सक्दैनौँ ?
सवाल के हो भने हामी २१औँ शदीमा छौँ । यो शताब्दीमा जनताका आकांक्षा, चाहनाहरू वस्तुगत र आत्मगत धरातलमा विगतको भन्दा भिन्न छन् । इतिहासप्रति गर्व गर्दैगर्दा आजका जनताको आवश्यकता फरक छन् भन्ने कुरा नेता, बुद्धिजीवीहरूले भुल्नुहुँदैन । इतिहासमा धेरै विषय छन् हामीले गर्व गर्नुपर्ने । तर, आजको यो अवस्थामा अघि बढ्दै गर्दा विश्व परिवेश बिल्कुल नयाँ छ । हाम्रो राष्ट्रिय एकताको आधार पनि नयाँ छ । देशको जनसंख्या तीन करोडभन्दा कम भए पनि हामी जाति, भाषा, संस्कृतिको विशिष्ट मौलिक स्थितिमा छौँ । ती सबैलाई उचित अधिकार, मौका र अवसर पाउनेछन् भन्ने मान्यतामा मात्रै राष्ट्रिय एकता सम्भव छ । हिजोको जस्तो राजा–महाराजबाट यो सम्भव छैन । हामी केही ढिलो भएका छौँ । वस्तुत सामन्तवादी युगबाट पुँजीवादी युगमा प्रवेश गरेका छौँ । तर, निर्णायक रूपमा पुरानोलाई नयाँले विस्थापित गर्न सक्यौँ कि सकेनौँ छुटै विषय हो । तर, एउटा युगबाट अर्को युगमा रूपान्तरित हुँदा वस्तुत: समाजले कहीँ न कहीँ एउटा पीडा भोग्दछ । पार्टीहरूले पनि भोग्छन् । नागरिक समाज र बुद्धिजीवीले पनि भोग्छन् । विभिन्न शक्ति टकराउनु स्वाभाविक छ । अनौठो भयो भन्ने होइन ।
अमेरिकाको स्वतन्त्रता संग्राम, भारतको, चीनको हामी सबैले पढेका–देखेका छौँ– संविधानसभाबाट संविधान बनाउँदा । तर, इतिहास, प्रकृति, समाज, मानव एउटा नियमबाट निर्देशित छ । यो त्यहीअनुसार जान्छ । प्रकृति पनि त्यही हो । केही समयअघि भूकम्प गयो । कसैले सोचेका थिएनौँ । त्यही नियमअन्तर्गत । समाज पनि त्यही नियमअनुसार चल्ने हो । मन परे पनि नपरे पनि । यसले विपत्ति जन्माउँदै अघि बढ्नु स्वाभाविक हो ।
विपत्तीभन्दा बाहिर समाज पनि विकास हुँदैन । विकसित देशहरूको इतिहास पनि उस्तै छ । नेपाल पनि अहिले संविधानसभाबाट संविधान बनाउँदै गर्दा त्यस्तै प्रशव पीडाबाट गुज्रिएको छ । नेपालमा अहिले लोकतान्त्रिक शक्ति र पुरातनवादी शक्तिका बीचमा तीव्र लडाइँ चलिरहेको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्तिका स्वार्थ पनि टकराएका छन् । जनताको तहमा हामीले भनेअनुसार अधिकार दिन सकेनौँ । यतिवेला पनि संविधानसभाबाट संविधान बन्दा अधिकार गुम्ने हो कि भनेर आन्दोलित छन् । यो पहिचान र अधिकार गुम्ने हो कि भन्ने चिन्ताको परिणाम हो भन्ने भुल्नुहुँदैन । तर, यो मात्रै एकातिबाट हेर्यौँ भने सच्चाइ आउँदैन । यो प्रक्रिया भत्काउन चाहने संविधानसभालाई सफल हुन नदिएर गडबड गर्ने पनि नेपाललाई भयानक दुर्घटनामा लैजाने शक्ति पनि सँगै छन् । अधिकार माग्ने जनताका जायज माग पूरा गर्नु र देशलाई दुर्घटनातर्फ लैजाने खोज्ने तत्त्व र प्रवृत्तिसँग सतर्क हुन जरुरी छ । सम्बोधन गर्ने कुरामा कन्जुस्याइँ गर्दा पनि दुर्घटना हुन्छ । गलत तत्त्व र प्रवृत्तिलाई चिनेर संघर्ष गर्न नसक्दा पनि दुर्घटना हुन्छ । हामी यस्तै क्षणमा छौँ ।
कार्लमाक्सले भनेका थिए, मैले ड्रागनको दाँत रोपेको झिंगा वा उपिँयाको फल काट्नुपर्ने भयो । मलाई अहिले फर्किएर हेर्दा नेपालका सबै उत्पीडित समुदायलाई न्याय गर्ने नयाँ राज्यको परिकल्पना गरेको थियौँ । ड्रागनको दाँत रोपेको थियौँ, तर निकै थोरै भिंmगाजति मात्रै फल टिप्न पायौँ । निकै थोरै । चाहेको दाँत नै थियो । तर, अहिले यो हामी सबैका लागि अग्निपरीक्षाको क्षण हो । हामी सफल हुने कि नहुने, हामी निर्णय गर्न सक्छौँ कि सक्दैनौँ ?
हामीले सुरु गरेको संविधानसभामा राखेका एजेन्डा र अहिलेसम्म बडो विचित्रको अवस्थामा छौँ । हामीले थारूहरूलाई त्यही भनेका थियौँ उहिले । उनीहरूका माग अहिले पनि जायज छ भन्ने लाग्छ त्यो कोणबाट हेर्दा, तर संविधानसभाबाट हरहालतमा संविधान बनाउनुपर्छ नत्र देश दुर्घटनामा पर्छ भन्ने कोणबाट हेर्दा हामी कांग्रेस–एमालेसँग छौँ । महिला, दलित, जनजाति, कर्णालीको अधिकारको कुरा गर्दा हामी त्यहीँ हुन्छौँ । यो संक्रमणको सबैभन्दा ठूलो प्रशव पीडा सायद देशभर माओवादीले नै भोगेको छ । यसलाई सम्हाल्दै इतिहासको मूल जिम्मेवारी र भूमिका पूरा गर्दै जाने सोचमा छौँ । कांग्रेस एमालेसँग छलफल गर्दा हामीले सुरुदेखि नै भनेका छौँ । यहाँ कतिपय झडपका अवस्था पनि माघ ५ गते आयो । कांग्रेस–एमालेको दुईतिहाइ र हाम्रो अडान कायमै रहने हो भने संविधानसभाबाट संविधान बन्ने अवस्था थिएन । तर पछि सबै संघीयतामा प्रतिबद्धताका साथ जाने भनिसकेपछि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउनुपर्छ भन्नेमा हाम्रो धेरै गहिरो धारणा हो । यो संघीयतामा गइसकेपछि प्रत्यक्ष गाँसिएको एउटा नेपालको एकता र समृद्धिसहित जनतालाई एकताबद्ध गर्ने सूत्र पनि थियो । तर, त्यो मान्न अन्य दल तयार नभएपछि हामी फरक मतसहित संविधानसभाबाट संविधान बनाउने सर्तमा फरक मतसहित जान तयार भएका हौँ ।
अहिले मधेसमा आन्दोलन छ । तोडफोड र हिंसामा मानिस मरेका छन् । राज्यले बढी बल प्रयोग गर्यो, टाउकोमा ताकेर गोली हानियो भन्ने आएको छ । अर्कातिर जबर्जस्ती प्रहरीलाई आक्रमण गर्ने, मार्ने र प्रहरी चौकीमाथि आक्रमण गर्ने पनि देखिएको छ । मैले बहस गर्न चाहेको छु । केही मधेसवादी नेताले के भन्नुभयो भने अब मधेसलाई स्वतन्त्रता र अधिकार होइन मधेसमा अब स्वतन्त्र देशका लागि लडाइँ हुन्छ । म बहस गर्न तयार छु । म के भन्छु भने विषय धेरै गम्भीर छ । यो भनाइ आत्मघाती र राष्ट्रघाती छ ।
किनभने यसले मधेसको हित गर्दैन, मधेसी जनतालाई भयानक दुर्घटनामा लैजान्छ । राष्ट्रघाती किन छ भने काठमाडौं निर्माणमा यो राजधानी सांस्कृतिक वैभव र सामग्री बनाउन गोपाल वंशदेखि सुरु भएर लिच्छवि वंशले ८–९ सय वर्ष राज गर्दा या मधेसबाट आएका राजा–महाराजाले राज गर्दा मधेसी जनताको खुन–पसिना काठमाडौंसँग जोडिएको छ । काठमाडौंका पाटी–पौवा–गुम्बाहरूमा यहाँका कला, संस्कृति र नाचगानमा मधेसको जबर्जस्त छाप छ । त्यसकारण मधेसले पूराका पूरा अंश खोज्नुपर्छ । काठमाडौंबाट छुट्टिने सोच राष्ट्रवादी सोच हुनै सक्दैन । त्यसकारण इतिहासको यो मोडमा हामीले के बिर्सन हुँदैन भने काठमाडौं निर्माणमा खस, आर्य, किराती, मधेसीदेखि जनजाति सबैको साझा योगदानले नेपाल कहिल्यै कठपुतली वा उपनिवेश भएन,गुलाम भएन ।
–प्रचण्डले आइतबार संविधानसभामा गरेको संबोधनको सम्पादित अंश

शुभप्रभात
आज वि.सं. २०७२ भाद्र ३० गते बुधबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर १६ तारिख
भाद्रपद शुक्ल तृतीया, चित्रा नक्षत्र, कन्या राशिको चन्द्रमा, ब्रह्म योग, गर करण
आजको व्रत/पर्व : हरितालिका व्रत, तीज, मन्वादि,
आजको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने,
भोलिको व्रत/पर्व : गणेश चतुर्थी व्रत, चन्द्रदर्शन दोष (चौथी हान्ने), नेवारी पर्व चथा, राष्ट्रिय धर्म सभा दिवस, गोदावरीमा बाह्रबर्षे मेलाको समापन
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिउँसोसम्म आनन्द र खुसीको वातावरण प्राप्त हुनेछ । त्यसपछि गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना छ । मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बेलुका तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ, तर विजय प्राप्त हुनेछ । झैझगडा, किचलो र विवादमा सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज बिहान निराशाको अनुभूति हुनेछ, घरिघरि रिस र आवेशको सिकार पनि बन्नसक्नु हुन्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । साँझमा सन्तति वा भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो संकेत छ । बोलीमा मिठास आउने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्र्न पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज भाग्यबल राम्रो छ, त्यसैले धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।):-

हाम्रो दिनचर्याको महत्वपूर्ण अंग हो निद्रा र सुताइ । निद्रा लिनु वा सयन गर्नु मानिस मात्र होइन जनावर र रुख विरुवाको समेत प्राकृतिक स्वभाव हो ।
दिनभरी काम गरेपछि हामी थाक्छौं । हाम्रो शरीरको उर्जा पनि कम हुँदै जान्छ । यसका लागि आरामको आवश्यकता हुन्छ । शरीरलाई आराम दिनका लागि हामी सुत्छौं ।
सुत्नु सामान्य क्रिया भएपनि यसको नियम छ । शास्त्रहरुमा सुत्ने पनि नियमहरुबारे उल्लेख छ । हामी सुत्दा खुट्टा दक्षिण दिशा तर्फ फर्केको हुनु अशुभ मानिन्छ । अर्थात उत्तर तर्फ शिरानी कहिल्यै पनि गर्नु हुँदैन ।
कुन दिशा गर्ने शिरानी ?
सके सम्म पूर्व वा दक्षिण दिशामा शिर राखेर सुत्नु पर्छ । यी दिशामा शिरानी राख्दा दीर्घायु हुने र स्वास्थ रहन सकिने शास्त्रमा उल्लेख छ ।
यसको विपरित उत्तरमा शिरानी गरेर सुतेमा स्वास्थ्यमा समस्या आउने र अशुभ हुने मानिन्छ ।
सुताइले पुनर्ताजगीको अनुभव गराउँछ र पुनः काम गर्न सकिन्छ । रात्रिको भोजनपछि तत्काल सुत्नु हुँदैन । सुत्नु अघि अर्को दिनका लागि कामको योजना बनाउनु उत्तम हो । दिशा पिसाव आएमा गरेर मात्र सुत्नु पर्छ । दिशा पिसाव च्याँपेर सुत्नु घातक हुन्छ ।
सुत्दा जहिले पनि दक्षिण वा पूर्व तर्फ शिर राखेर बायाँ पट्टी कोख फर्किएर सुत्नु पर्छ । सुत्नु अघि मन पर्ने संगीत पनि सुन्न सकिन्छ । यसले मनको तनाव कम गर्छ । सूर्योदय भन्दा पहिला नै जागिसक्नु पर्छ ।
बायाँ कोखः
बायाँ कोख फर्किएर सुत्दा पाचन प्रणालीमा सहजता हुन्छ । यसो गर्दा नाकको बायाँ प्वालबाट स्वस प्रश्वास प्रक्रिया चल्छ र यसले पाचनका लागि आवश्यक पर्ने उष्णता अर्थात ताप पैदा गर्छ ।
nepaliheadlines.com

सिमरा : बाराको लिपनीमालमा रहेको उद्योग र गाडीमा आगजनी गरेको भन्दै प्रहरीले तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनललाई नियन्त्रणमा लिएको छ ।
पथलैया–वीरगन्ज सडकखण्डमा अन्तर्गत लिपनीमालमा रहेको दाल उद्योग र गाडीमा आगजनी गरेको भन्दै ईलाका प्रहरी सिमराबाट खटिएको प्रहरी टोलीले सोनललाई नियन्त्रणमा लिएको हो ।
सोनलसँगै तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष नवलकिशोर सिंह पनि पक्राउ परेका छन् । पक्राउ परेका सोनल र सिंहलाई ईलाका प्रहरी कार्यलय सिमरामा राखिएको छ ।
इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बन्द गराउने क्रममा उद्योग र गाडीमा आगो लगाएपछि उनीहरूलार्इ नियन्त्रणमा लिइएको बताए ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक कारवाही अघि बढाइने खड्काले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका सोनलले मोटरसाईकल जुलुस निकाल्ने क्रममा प्रहरीले आफूलाई पक्राउ गरेको बताए ।
मोटरसाइकल जुलुस निकाल्ने क्रममा मधेसी मोर्चाका बन्दकर्ताले आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका थिए । ना५ख ७३५ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।
आगजनीबाट ट्रकको केही भाग जलेको छ । वीरगन्जबाट आएको वारुणयन्त्रणको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ट्रकमा लागेको आगो निभाएका थिए ।
पछिल्लो समय शान्त देखिएको पथलैया–वीरगन्ज सडकखण्ड मंगलवार केही तनावग्रस्त बन्न पुगेको छ ।
बन्दकर्ताले जितपुर, परवानीपुर, लिपनीमाललगायतका क्षेत्रमा प्रदर्शन गरेपछि त्यस क्षेत्र केही तनावग्रस्त बन्न पुगेको हो ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखी उद्योग बन्द गराउदै हिडेका थिए । जुलुस निकाले बन्द गर्दै हिडेका मोर्चाका कार्यकर्ता तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले धरपकड गरेको हो ।
धरपकड गर्ने क्रममा मोर्चाका केही कार्यकर्ता घाईते भएका छन् । मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि राजमार्ग क्षेत्रमा प्रहरी खटाइएको छ ।
प्रदर्शनकारीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए भने प्रहरीले बल प्रयोग गर्दै सडकमा बालेको टायर हटाएका थिए ।
annapurnapost.com

भैरहवा : रुपन्देहीको भैरहवा–लुम्विनी सडकखण्डको वेथरीमा स्थानिय प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक चार वर्षिय बालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
प्रहरीमाथि नै ढुंगामुढा भएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय वालक चन्दन कुमार पटेलको मृत्यु भएको छ। वाललको शव युनिभर्सल शिक्षण अस्पताल भैरहवामा राखिएको छ। अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण छ।
घाइते नन्दनी पाण्डे, पुर्णपासी धोवी लगायतको अस्पताललमा उपचार जारी रहेको छ। सुरक्षाकर्मीले लुम्विनी औद्योगिक कोरीडोरका मालवहाक सवारी साधनलाई स्कर्टिङ गरी भैरहवातर्फ
ल्याउनेक्रममा बेथरीमा एक ट्रकले स्थानिय महिला नन्दनी पाण्डेलाई ठक्कर दिएपछि स्तिथीलाई नियन्त्रण लिन प्रहरीले गोली चलाएको थियो। दुर्घटनाका कारण आक्रोशित स्थानियवासीले ट्रकमाथि आगजनी गरेकाले स्थितीलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले गोली चलाउन वाध्य भएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए।
दुर्घटनामा परेकी महिलाको अवस्था सामान्य रहेको छ। उनको युनिभर्सल शिक्षण अस्पतालमा उपाचार भइरहेको छ। सुरक्षाकर्मीले दर्जनौ अश्रुर ग्यास र हवाई फायर चलाएको थियो।यसैबीच जिल्ला सुरक्षा समितीले भैरहवा क्षेत्रमा ५ दिन निषेधाज्ञा थप गरी लम्वाएको प्रमुख जिल्ला अधिकारी विष्णुसाद ढकालले जानकारी दिए।

समाचार टिप्पणी / विष्णु सुवेदी
काठमाडौं : राष्ट्रपति रामवरण यादवका पछिल्ला गतिविधिले राजनीतिक सक्रियताको गन्ध आउन थालेको छ। मुख्य दलहरुबीच भएको १६ बुँदेदेखि पछिल्लो सातबुँदे समझदारीसम्म शितलनिवासको प्रतिक्रिया र व्यवहारलाई हेर्ने हो भने राष्ट्रपति एउटा असल अभिभावक भन्दा पनि एउटा असन्तुष्ट विपक्षीको भूमिकामा बढी प्रस्तुत हुन खोजेको प्रतित हुन्छ। सोमबार राष्ट्रपति कार्यलयले सार्वजनिक गरेको विज्ञप्तीलाई पनि त्यही शृखंलाको निरन्तरताको रुपमा हेर्न सकिन्छ । नत्र भदौं २५ को यो वक्तव्य भदौं २८ मा प्रचारका लागि जारी गर्नुको कुनै अर्थ छैन।
नयाँ संविधान घोषणाको निम्ता ग्रहण गर्दासम्म पनि राष्ट्रपतिबाट प्रशन्नता प्रकट हुन सकेन । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहर भट्टराई आफै शितलनिवास पुगेर संविधान घोषणा समारोहको विशेष निम्ता दिन सोमबार साँझ सात बजेको समय अनुरोध गरिएको थियो। तर आज समय मिल्दैन, मंगलबार बिहान आउनू भन्ने सन्देश दिन लगाएर राष्ट्रपतिले आफूलाई एउटा संयमित र जिम्मेवार अभिभावकको भूमिकामा प्रस्तुत गर्न सकेनन्।
संविधानसभा छोडेर सडकमा आन्दोलन गरिरहेका मधेसी मोर्चा तथा मोहन वैद्यहरुको ज्ञापनपत्र बुझ्न तत्काल समय जुराउने शितलनिवासले सभाध्यक्ष आफै निम्ता बोकेर आउँछु भन्दा किन समय मिलाउन सकेन ? शितलनिवासको यो व्यवहारले एउटा सम्मानित संस्थाको गरिमा गिराउने काम गरेको छ।
निकै लामो रस्साकस्सी र सकसपछि संविधान निर्माणमा जुटेका मुख्य तीन शक्तिको सहमति र सहयात्रालाई राष्ट्रपति र उनको अड्डा शितलनिवासबाट पछिल्ला दिनमा निरन्तर चूनौती दिने काम भइरहेको छ । उनले कहिले सडकमा रहेका मधेसीलाई, कहिले वैद्यलाई त कहिले कमल थापाको राप्रपालाई शितल निवास बोलाएर तीन दलको बदख्वाँइ गर्दै उनीहरुलाई उचाल्ने प्रयास गरिरहे ।
संविधान निर्माण निर्णायक चरणमा प्रवेश गर्दा शितलनिवासको छटपटी झन् सतहमा देखिएको छ । सिंगो मुलुक र जनताका अभिभावक अनि संविधानका संरक्षकको भूमिकामा रहेका राष्ट्रपतिलाई नयाँ संविधान बन्ने अवस्थाले किन यसरी पिरोलिरहेको छ ? एउटा स्वभाविक प्रश्न उब्जिएको छ । नयाँ संविधान जारी हुनै लाग्दा शितलनिवासबाट प्रकट भएको यो सकस पटक्कै शोभनीय छैन।
निकै लामो संघर्षपछि पहिलोपटक मुलुकले संविधानसभाबाट नयाँ संविधान प्राप्त गर्दैछ। यो आफैमा पूर्ण नहुन सक्छ। तर यसलाई पटकपटक परिमार्जन र परिवर्तन गर्न सकिन्छ । परिवर्तनपछि सबैका आआफ्नै अपेक्षा, गुनासा, माग र असन्तुष्टी थिए । तीमध्ये धेरैलाई समेट्ने प्रयास भएको छ । सबैका सबै अपेक्षा, माग र सर्तलाई एकैपटक संविधानमा घुसाउन संभव थिएन र भएन पनि । सम्झौताको दस्तावेज भएकोले यसमा केही गुमाउनुपर्ने, केही लिनुपर्ने अवस्था भयो।
मधेसी, थारु तथा अन्य समुदायबाट आइरहेको प्रतिक्रिया र आफ्ना माग राख्ने क्रममा उनीहरुबाट भइरहेको प्रदर्शन स्वभाविक छ । तर यो स्वभाविक प्रतिक्रिया र प्रदर्शनलाई आन्दोलन भन्दै जनता भड्काउने , हिंसा मच्चाउने र संविधान रोक्ने जुन खेल अहिले भइरहेको छ, त्यसलाई घुमाउरो रुपमा ढाडस दिने गरी शितलनिवासबाट वक्तव्य आउनु राम्रो होइन। अभिभावकले आफै पक्ष लिएर वा फैसला सुनाएर झगडा लगाउने र चर्काउने होइन, मिलाउन सल्लाह तथा परामर्श दिने काम गर्नुपर्दछ।
पछिल्लो समय आन्दोलनकारीले ज्ञापनपत्र बुझाउने अखडाजस्तै बन्यो शितल निवास । अनिश्चितकालीन आम हडताल गरेर तराई मधेसको जनजीवनलाई अस्तव्यस्त बनाएका मधेस केन्द्रित दल र संविधानसभा विघटनको माग गर्दै आएका मोहन वैद्यहरुलाई शितलनिवास बोलाएर राष्ट्रपतिले भेटवार्ता मात्रै गरेनन्, ज्ञापनपत्र पनि ग्रहण गरे। शितलनिवास आन्दोलनकारीको ज्ञापनपत्र बुझ्ने ठाउँ होइन र त्यहाँ बुझाउन जानु पनि गलत हो । यसका लागि अरु धेरै निकाय र माध्यमहरु छन्।
सडकका आन्दोलनकारीलाई राष्ट्रपतिले शितलनिवासको रेडकार्पेटमा निम्त्याएर दिइरहेको ढाडसबारे विभिन्न कोणबाट टिप्पणी र प्रतिक्रिया आएका छन् । संवैधानिक राष्ट्रपतिको राजनीतिक सक्रियता ठीक भएन भन्दै आलोचना पनि भइरहेको छ । पछिल्लोपटक आइतबार संविधानसभामा बोल्दै कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपति भूमिकामाथि गम्भीर संशय व्यक्त गरेका छन् ।
संविधान निर्माण प्रक्रियामा अवरोध र असहयोग गरिरहेका पार्टी तथा समूहहरुसँग शितलनिवासले देखाएको सद्भाव र सामिप्यताले राष्ट्रपतिको भूमिकामाथि पनि स्भाविक रुपमा केही प्रश्नहरु उठेका छन् । कतै शितलनिवास नै संविधान निर्माणमा बाधक त बनिरहेको छैन भन्ने आशंका पनि प्रकट भएको छ।
संवैधानिक राष्ट्रपतिको काम सरकार वा दलहरुलाई छिनछिनमा शितलनिवासमा बोलाएर केरकार गर्ने होइन, एउटा जिम्मेवार वा असल अभिभावकका रुपमा सरकारलाई सही दिशामा मार्गदर्शन गर्ने हो । पछिल्ला दिनमा शितलनिवास केरकारकै शैलीमा प्रस्तुत भएको छ। संवैधानिक राष्ट्रपतिको राजनीतिक सक्रियता र महत्वकांक्षाबारे स्वयम मुख्य दलका नेताहरुले सार्वजनिक रुपमै यसअघि नै तितो पोखिसकेका छन् ।
दोस्रो संविधानको निर्वाचनपछि सत्ता साझेदारी र संविधान निर्माणका बारेमा कांग्रेस र एमालेले सातबुँदे सहमति मार्फत सहयात्रा सुरु गरेदेखि नै डा. रामवरण यादवको असन्तुष्टीको शृंखला सुरु भएको हो। संविधान जारी भएको एक महिनाभित्रै राष्ट्रपतिको निर्वाचन गर्ने, राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाबाट अनुमोदन गर्ने बुँदासहितको २०७० माघ २६ गतेको सातबुँदे सहमतिले आफ्नो पदको सुरक्षा र सम्मानमा खलल पुगेको महसुस गर्दै उनले त्यतिबेला देखि नै आक्रोश पोख्न थालेका थिए। चार प्रमुख राजनीतिक शक्तिहरुबीच संविधान निर्माणका लागि भएको १६ बुँदे सहमति भएर सिंगो मुलुक तथा अन्तराष्ट्रिय जगतमा यसको सराहना र स्वागत भइरहेका बेला शितलनिवास भने प्रशन्न हुन सकेन।
सर्वोच्च अदालतका एकजना न्यायधीशले १६ बुँदेविरुद्ध अन्तरिम आदेश जारी गरेपछि राष्ट्रपति त्यसमै टेकेर दलहरुलाई शितलनिवास बोलाउँदै केरकार गर्न थाले । १६ बुँदेविरुद्धको अन्तरिम आदेश पालना गर्न राष्ट्रपतिले दबाब दिइरहेका बेला सर्वोच्च अदालतले १६ बुँदेकै आधारमा बनेको संविधानको मस्यौदामा फुलकोर्टबाट निर्णय गरेर संस्थागत रुपमा सुझाव दियो । सर्वोच्चले संस्थागत रुपमा सुझाव दिएर संविधान निर्माण प्रक्रियामा सहभागी भएपछि अन्तरिम आदेश आफै अर्थहीन भयो र त्यसपछि शितलनिवास चुप लाग्नुको विकल्प भएन ।तर त्यसबीचमा मधेसी तथा अन्य विरोधी दलहरुलाई पटकपटक बोलाएर उनले ढाडस दिने काम भने गरिरहे।
संविधान बन्न नदिने हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न सरकारले केही ठाउँमा सेना खटाउने विषयलाई पनि शितलनिवासले प्रतिष्ठाको मुद्दा बनाएर अनावश्यक रुपमा उचाल्न खोज्यो । सेना सरकारको अंग हो । सुरक्षाको अन्तिम जिम्मेवारी उसकै हो। प्रहरीले नसक्दा जुनसुकै बेला पनि सेनाको साथ सरकारले लिनसक्छ र लिनुपर्छ। त्यो हुँदै आएको छ। अहिले मुलुकभर सेना परिचालन गर्न लागिएको होइन । कैलीलीलगायतका केही क्षेत्रमा आवश्यक परेमा सेनालाई खटाउने निर्णय सरकारले गरेको हो । यसलाई निर्णय र प्रक्रिया पुगेन भनेर ठूलो मुद्दा बनाउन आवश्यक थिएन।
सेनाको हरेक पाइलामा परमाधिपतिको लिखित आदेश र अनुमति चाहिदैन । दुनियाँमा त्यस्तो चलन कहीं पनि छैन, यो व्यवाहरिक र संभव पनि हुँदैन। सेनालाई परिस्थिति हेरेर सरकारले आफै खटाउन र अराउनसक्छ। तर राष्ट्रिय रुपमा सेनाको परिचालन गर्दाको अवस्थामा भने विधि र प्रक्रिया पालन गर्नैपर्छ। सेना परिचालनको विषयमा राष्ट्रपति यादवले प्रधानमन्त्री सुशील कोइराला र सरकारका अन्य प्रतिनिधिसँग सोधपूछ गरेर निहुँ खोजिरहेकै अवस्थामा सर्वोच्च अदालतले सेना परिचालन कानुन सम्मत भन्दै यसविरुद्ध परेको रिट नै खारेज गरिदियो । शितलनिवासको अनावश्यक सक्रियतालाई सर्वोच्चले नै राम्रो जवाफ दियो ।
नयाँ संविधान आएपछि एक महिनाभित्रै यादवको राष्ट्रपति पदको आयु पनि सकिन्छ । यो स्वभाविक सत्य हो । तर यसबाट आत्तिएर संविधानमा अनेक वाधा हाल्ने र बाहना थप्ने काम उचित हुँदैन । कसैको पद वा शान जोगाइ राख्न संविधान अड्काएर मुलुक र जनताले कहिलेसम्म सकस भोगिरहने ?

(एजेन्सी) मृत्युपछि स्वर्ग जान पाइदैँन भन्ने तपाईको जवाफ होला ? तर अब स्वर्ग नभएपनि झन्डै १२ लाख नेपाली रुपैयाँ खर्चनेले मृत्युपछि चन्द्रमा जान पाउँनेछन् । अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक कम्पनीले १२ हजार डलरमा यस्तो योजना ल्याएको हो । यस कम्पनीको योजनाअनुसार १२ हजार अमेरिकी डलर तिर्नेको शव मृत्युपछि कम्पनीले चन्द्रमामा लगेर गाड्नेछ ।
नासाका पूर्व इन्जिनियर थोमस सिभिइटले स्थापना गरेको यस कम्पनीले योजना सार्वजनिक गर्दै भनेको छ – ‘मृत्यु हुनेको परिवारले अब आफ्नो परिवारको सदस्यलाई प्रत्येक रात चन्द्रमामा हेर्न सक्छ । त्यहाँ उनीहरुको महत्वपूर्ण सदस्यको शरिर हुनेछ ।’
सन् २०१३ मा स्थापना भएको यो कम्पनीले यसै वर्षको अगस्टबाट मात्रै यस्तो योजना ल्याएको हो । अहिले उनीहरुले ग्राहकसँग अर्डर लिइरहेका छन् । पहिलो ब्याचका शवहरलाई ग्रिफिन ल्यान्डर स्पेशक्राफ्टबाट चन्द्रमा लगिनेछ ।
संस्थापक सिभिइटका अनुसार प्राय रातीको आकाश र अन्तरिक्षसँग विशेष सम्बन्ध जोडिएको परिवार यस्तो योजनामा सबैभन्दा बढी उत्सूक छ । यसअघि उनले सुटिंग स्टार मेमोरियलका नाममा आकाशगंगामा पुर्याएर शवहरुलाई फेरि धर्ती फर्काउने योजना बनाएका थिए । तर अमेरिकी सैनिक स्टेफेन जिन्क्सले नयाँ अचम्मको योजना ल्याएपछि उनी बदलिए । जिन्क्सले फोक्सोको क्यान्सरका कारण ज्यान गुमाएकी आफ्नी आमाको शव चन्द्रमा लैजान चाहेको बताएका थिए । जिन्क्सकी आमाले सधैँ मृत्युपछि पनि आफूलाई चन्द्रमामा हेर्नु भनेर भनेकी थिइन् । त्यसैकारण आमाको मायाले ओतप्रोत यि सन्तानले एक्स्टोनटको यो उपाय थाहा पाएपछि आफ्नो योजना पनि उनीसँग् राखे ।
वैज्ञानिक सिभिइटले अब जिन्क्सको सपना पुरा हुने बताए । पहिलो ५० जनासम्मका लागि यस लुनार मेमोरिजले केवल ९ हजार ९ सय ५० अमेरिकी डलर लिनेछ । त्यसपछि यसको मूल्य बढाएर ११ हजार ९ सय ५० डलर पुर्याइने सिभिइटले बताए ।
www.ratopati.com
काठमाडौं : सेना परिचालन भयो भन्दै अनेक प्रतिक्रिया आइरहेका बेला जंगीअड्डाले मंगलबार सरकारले दिएको जिम्मेवारी सम्पन्न गरेर मात्रै सेना ब्यारेकमा फर्किने स्पष्ट पारेको छ।
नेपाली सेना दङ्गाग्रस्त क्षेत्रमा स्थानिय प्रशासनको सहयोगको निमित्त खटिएको जनाउँदै यसलाई सेना परिचालन भएको भन्ने अर्थमा नलिई स्थानिय प्रशासनलाई सहयोग गर्ने कार्यको लागि आफ्नो जिम्मेवारी निर्वाह गर्न खट्टिएको बुझिदिन सेनाले आग्रह गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को परिधिभित्र रही आम नागरिकको जीउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षाको साथै सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनिय एवम् पेशेवर ढंगले कार्य गर्न प्रतिबद्ध सेना प्रतिवद्ध रहेको उल्लेख गर्दै विज्ञप्तीमा उल्लेख छ, 'आफ्नो जिम्मेवारी पुरा हुनासाथ व्यारेक फर्कने ब्यहोरा समेत पुनः सम्बन्धित सवैलाई विश्वास दिलाउन चाहन्छ।'
नेपाली सेना, देश र देशवासीको सेवामा सधैं समर्पित रही देशको सार्वभौमसत्ता, भौगालिक अखण्डता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताको रक्षा र प्रतिरक्षा गर्ने जिम्मेवारीलाई वफादारी एवं निष्ठापूर्वक निर्वाह गर्दै आइरहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ।
नेपाली सेना सदैव संविधान एवम् प्रचलित ऐन नियमका प्रावधान अनुरुप नेपाल सरकारको मातहतमा रही नेपाल सरकारबाट प्राप्त जिम्मेवारीलाई संयमित, सुझवुझपूर्ण एवं समन्वयात्मक ढंगले सम्पन्न गरी आफ्नो गौरवमय परम्परा कायम राख्दै आएको छ, विज्ञप्तीमा भनिएको छ।
देशको कुनैपनि स्थानमा विरोध प्रदर्शन हिंसात्मक एवं स्थिति अराजक बन्न गई सो क्षेत्रको शान्ति सु–व्यवस्था तथा अमनचयनमा खलल् पुग्न गई स्थिति स्थानीय प्रशासनको नियन्त्रण भन्दा बाहिर गई सामाजिक सद्भाव, मेलमिलाप र राष्ट्रिय एकताको भावनामा समेत गम्भिर असर पर्ने अवस्था सिर्जना भएमा स्थानीय प्रशासनले आफ्नो जिम्मेवारी क्षेत्र भित्र शान्ति सु–व्यवस्था कायम गर्न दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न नेपाली सेनाको सहयोग लिन सक्ने व्यवस्था स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ र दफा ६ (ख) मा रहेको र त्यहीअनुरुप अहिले सेना कार्य क्षेत्रमा खटिएको स्पष्ट पारिएको छ।
स्थानीय प्रशासन ऐन अनुसार शान्ति सु–व्यवस्था कायम गर्न स्थानीय प्रशासनको लिखित अनुरोधमा केहि स्थानमा नेपाली सेना खट्टिएको पूर्व जानकारी गराई सकिएको छ।
त्यसैगरी प्रधान सेनापति र भारतीय महामहिम राजदुत श्री रणजित रायबीच हालै भएको भेटवार्ताका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा मात्र छलफल पनि स्पष्ट पारिएको छ।

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्री हुनका लागि डिग्री पढ्न नपर्ने धारा पनि पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्री हुनका लागि योग्यता तोक्नुपर्ने माग गर्दै कम्तीमा स्नाकोत्तर उत्तीर्ण हुनुपर्ने भनी राखिएको संशोधन प्रस्ताव फिर्ता भएको छ।
मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने भन्दै सभासद् कुमार खड्काले संविधानको धारा ७८ मा संशोधन प्रस्ताव हालेका थिए। तर पारित हुने संभावना नभएपछि उनले फिर्ता लिएका हुन्।
नयाँ संविधानको विधेयकमा जनमत संकलन गर्ने क्रममा मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने माग व्यापक रुपमा आएको थियो। तर संविधानमा यो समावेश हुन सकेन। मन्त्री तथा प्रधानमन्त्री बन्नका लागि नयाँ संविधानमा पनि कुनै शैक्षिक योग्यता नतोकिने भएको छ।

ईजरायलको लागि केयर गिभर तालिमको सुचना !!!
योग्यता :
१ उमेर २५ देखि ४५ बर्ष ।
२ उचाई : कम्तिमा १.४ मिटर ।
३ योग्यता : कम्तिमा १० कक्षा पास ।
४ तौल : न्युनतम ४५ केजि ।
सम्पर्क :
नेशनल ईम्प्लाईमेण्ट ट्रेनिङ सेन्टर ,चुच्चेपाटी,काठमाण्डौ र बुद्ध मल्टिपल ट्रेनिङ ईन्स्टिच्युट ,पुल्चोक ललितपुर यी दुई ट्रेनीङ सेन्टरलाई नेपाल सरकार,श्रम तथा समाज कल्याण मन्त्रालय सिहदरबार,काठमाण्डौबाट ईजरायलको लागि तालिम गर्न स्वीकृत प्राप्त ट्रेनिङ सेन्टर बाट मात्र केयर गिभर तालिम ३ महिनाको लागि लिन अनुरोध छ ।

२९ भदौ, काठमाडौ । नयाँ संविधान असोज ३ गते बेलुका ५ बजे घोषणा हुने सुनेपछि नेपालका ज्योतिषीहरु उक्त दिन शुभ छ कि अशुभ भनेर आर्जे हेर्नतिर लागेका छन् । कतिपय ज्योतिषीका अनुसार संविधान जारी हुने दिन शुभ छैन ।
ज्योतिष पण्डित घनानन्द शर्मा घिमिरेका अनुसार अहिले नेपाल भन्ने देशको राशी बृश्चिक हो ।
शास्त्रीय कुरालाई मान्ने हो भने बृश्चिक राशीलाई यतिबेला साढे सातको दशा छ । मुलुकलाई साढे सातको दशा लागेका बेला सिंगै मुलुक अशान्त हुन्छ । सबैतिर हाहाकार कोलाहाल मात्रै हुन्छ । राम्रै काम गर्न खोज्दा पनि नराम्रो परिणाम आउँछ । अहिले लगभग त्यस्तै स्थिति छ ।
घिमिरेका अनुसार ३ गते दिउँसो ४ बजेसम्म शुभ छ । यदि साढे ४ बजे भन्दा अगाडि नै संविधान जारी गर्ने हो भने देशका लागि राम्रो हुन्छ । घिमिरे भन्छन्- ‘शुभ समयमा गरेको कामको परिणाम पनि शुभ नै हुन्छ ।’
तर, संविधान जारी हुने समय बेलुका ५ बजेलाई छुट्याइएको छ । घिमिरेका अनुसार ५ बजे ‘रोग योग’ परेको छ । रोग योगमा गरेको कुनै पनि कामले राम्रो परिणाम दिँदैन । ‘यस्तो समयमा नयाँ काम नगर्नु नै राम्रो मानिन्छ’ घिमिरे भन्छन्- ‘अर्को कुरा पाँच बजे कुम्भ लग्न र शनिश्चर योग परेको छ, यस्तो बेलामा प्रायः अशान्ति हुन सक्छ ।’

काठमाडौं– तराई–मधेश हुँदै विभिन्न जाती र समुदायको असन्तुष्टिवीच प्रमुख तीन दलले संविधान निर्माणमा निर्णायक कदम चालेपछि पूर्व राजा ज्ञानेन्द्र शाह निकै दु ः खी भएका छन् । राष्ट्रवादी शक्तिहरुलाई पाखा लगाएर ल्याउन थालेको संविधानले देशमा गृहयुद्ध निम्ताउन सक्ने पूर्वराजाले आकलन गरेका छन् ।
संविधान बनाउन एक–एक धारा पारित हुनथालेपछि पूर्व राजा शाहले आफु नजिकका व्यक्तिहरुसँग राजसंस्थाको भविष्यदेखि संविधानपछि देशमा आउने परिस्थितिवारे कुराकानी गरेको निर्मल निवास निकट स्रोतहरुले बताएका छन् । पूर्व राजा शाह निकट एक स्रोतले भन्यो, ‘उहाँ (पूर्व राजा) साह्रै दुःखी होइबक्सेको छ ।’ संविधानको विद्येयकमाथि मतदान जारीभएपछि पूर्वराजावादीहरुसँग पूर्व राजाले भलाकुसारी गरेका थिए ।
पूर्व राजा शाहले भारतसँग घुँडा नटेकेर राष्ट्रभक्त देखाउँदा आफु र राजसंस्था यस्तो अबस्था आएको विश्लेषण सुनाएका थिए । ‘भारतसँग घुँडा टेकेको भए मेरो संस्था बच्ने थियो । मैले घुँडा टेकिनँ । राष्ट्रवादी शक्तिलाई पाँखा लगाउने काम भयो’ पूर्व राजा शाहले भनाई उद्धृत गर्दे भेटघाटमा गएका एक व्यक्तिले रातोपाटीसँग भने, ‘अन्तरिम संविधानमा नभएपनि नयाँ संविधानमा राजसंस्थालाई स्पेस दिने आशा थियो । सांस्कृति रुपमै भएपनि स्वीकार गरेको भए राम्रो हुने थियो । समयको कुरा हो । परिवेशको कुरा हो । दलहरु तयार भएनन् । भारतमा यो चलन छ नि, पूर्व राजाहरुलाई उनीहरुलाई व्यवस्थित त गरेका छन नि । ’
पूर्व राजाले माओवादीलाई होलरीमा बचाउँनु राजसंस्थाका लागि मंहगो परेको पनि सुनाएका थिए । ‘होलरीमा सेना परिचालन गर्न दिइएन, यसै कारण राजसंस्था र गिरिजाको दुरी बढ्यो । होलरीमा सेना परिचालन नगर्ने राष्ट्रवादी शक्तिलाई माओवादीले चिनेनन् । उल्टै गिरिजासँग मिलेर राजसंस्थालाई नै सखाप पार्ने खेलमा लागे’ पूर्व राजाले आफु नजिककासँग भनेका थिए । पूर्व राजाका एक सहयोगीले राजाले केही नविगारेको बरु होलरीमा माओवादीलाई बचाएको बताए । उनले त्यहि राष्ट्रवादी निर्णय ‘दूर्भाग्यपूर्ण’ बनेको पनि रातोपाटीसँग बताए ।
पूर्व राजाले आफ्नो राष्ट्रभक्तिलाई दलहरुले नचिनेकोमा दुःख व्यक्त गरेका छन् । पूर्वराजावादीहरुले शुसील कोइराला, केपी ओली र प्रचण्डले देशलाई गृहयुद्धमा पु¥याएको निश्कर्ष निकालेका छन् । ‘देशमा असोज ३ गते संविधान आउँछ । त्यसछि देशमा आगो बल्छ । तराई जल्छ । मगरात, थारुवान, तमुवान, नेवा सवैले अधिकार माग्छन् । ’ पूर्व राजावादीहरुको बुझाई छ ।
उनीहरुले नेपालमा राष्ट्रसंघीय शान्ति सेना आउने समेत निश्कर्ष निकालेका छन् । ‘०६२–०६३ को आन्दोलनमा १९ जना मारिदा संसारले हल्ला गरेको थियो । अहिले ४० जना भन्दा बढी मारिइसके, किन अन्तर्राष्ट्रिय समुदाय चुप छ ?’ पूर्व राजाले आफु नजिककासँग भन्ने गरेको स्रोत बताउँछ ।
पूर्वराजवादीहरुको बुझाई अर्को के पनि छ भने अव फ्रि तिव्वत र फ्रि कश्मीर आन्दोलनमा लागि पश्चिमाहरुको चाहना अनुसार नेपाली भूमि प्रयोग हुनेछ । यहि मिसन पुरा गर्न नेपालमा राजसंस्था हटाइएको पनि उनीहरुको बुझाई छ । ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा अव नेपाली भूमि प्रयोग हुनेछ । तीन दलका नेता युरोपियन युनियनको फन्दामा परे । नेताहरुले पैसा मात्र हेरे । यो कुरा राजाले बुझेका थिए । बुझाउन सकेनन्’ पूर्व राजा निकट स्रोतले भन्यो, ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा राजा बाधक भएपछि उनीहरुले यो गोटी चालेका हुन् । अफगानिस्तानमा पनि यस्तै भएको उदारण छ ।’ खम्पा विद्रोह दवाएपछि अमेरिका राजसंस्थासँग रिसाएको राजवादीहरुको बुझाई छ ।
पूर्व राजावादीहरुले देश टुक्रिन सक्ने सम्मको आकलन गरेका छन् । ‘यो दोषबाट पूर्वराजा बच्नुभयो’ स्रोतले भन्यो ।
आन्दोलन भयानक हुने बुझाई
पूर्व राजावादीहरुले नयाँ संविधान जारी भएको साँझदेखि देशमा भयानक आन्दोलन हुने दावी गरेका छन् । आन्दोलनका नाममा नेपालमा राष्ट्र संघीय शान्ति सेना भित्रिने आकलन उनीहरुको छ । ‘तीज छ, दुई दिन शान्त होला । तर ३ गते साँझबाट ठुलो आन्दोलन हुन्छ । मधेशवादी दलहरुले विहारमा शिविर बनाईसके । उत्तरप्रदेशमा पनि बनाउँछन् । आफुहरु सुरक्षित भएर मधेशमा ठुलो आन्दोलन गर्छन । प्रहरी र कर्मचारी निशानामा पर्छन ।’ पूर्व राजावादीहरुको बुझाई छ, ‘लिम्बुवान पनि उठ्ठ, मगरात उठ्छ । सवैले भाग खोज्न थाल्नेछन् । सुशील त सरकारबाट निस्केलान तर देश गृहयुद्धको चेपमा पर्छ ।’
पूर्व राजाको अन्तिम प्रयास असफल
नयाँ संविधानमा राजसंस्थाको ‘स्पेस’ सुरक्षित गर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको अन्तिम प्रयास पनि असफल भयो । उनले उसका लागि केही दिन निकै मिहिनेत गरेका थिए ।
प्रमुख दलहरुवीच १६ बुँदे सहमति भएपछि संविधान आउने अबस्था देखिएको थियो । त्यहिबाट पूर्वराजा शाहले नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन शक्तिकेन्द्रहरुसँगको भेट शुरु गरेका थिए । यसै क्रममा उनी २७ साउनमा गोप्य भेटघाटका लागि बैंकक पुगेका थिए । स्रोतहरुले जनाए अनुसार त्यहाँ उनले छिमेकीका प्रतिनीधिहरुसँग छलफल गरेका छन् । पछि उनी दिल्ली पनि हानिएका थिए ।
नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन र नेपाललाई हिन्दु राष्ट्र बनाउने मिसन पूर्वराजाको थियो । यसका लागि उनले १२ बुँदेका दक्षिणी सूत्रधारहरुलाई अहिले भेटघाट गरेको स्रोत बताउँछ । तर, यस्तो भेटघाट फलदायी नभएपछि उनी स्वदेश फर्केका थिए ।
पूर्वराजा शाहले नेपालमा तीन शक्ति (आफु, माओवादी र संसदवादी) रहेको आफु निकटहरुलाई बताउँने गरेका छन् । नयाँ संविधानमा पनि राजसंस्थाको भूमिका नदेखिने गरि मस्यौदा तयार भएकै दिनदेखि पूर्वराजा शाहले तीन दल अन्तराष्ट्रिय योजना अनुसार राजसंस्थालाई ‘स्पेस’ नदिने मनस्थितिमा पुगेको बताउँन थालेका थिए ।

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवसँग बुधबार भेटवार्ता गरेका छन्। कोइराला र यादवबीच मंगलबार बिहान करिव पौने घण्टा छलफल भएको थियो।
स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा यादवले मधेसी र अन्य असन्तुष्ट पक्षलाई समेट्न गम्भीर पहल नभएको र त्यसले समस्या ल्याउने बताएको थिए। उनले आफूसँग कुनै परामर्श नगरीकन संविधान घोषणाको मिति तोकिएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टी पोखे।
भेटवार्ता सकेर बाहिरिएका प्रधानमन्त्री कोइराला सहज मुद्रमा देखिएनन्। राष्ट्रपतिको असन्तुष्टी र गुनासा सुनेर उनी केही दिक्कजस्तो देखिन्थे। प्रतिक्रिया दिन नामानेका कोइरालालाई कर गरेपछि संचारकर्मीसँग केही झोक्किएजस्तो गरी भने, अब संविधान कसले रोक्ने। कसैले सक्दैन।
सभाध्यक्षले मिति तोकिएकोमा उनी केही असन्तुष्ट जस्तो देखिए। संविधान ३ गते घोषणा हुने भो त भन्ने प्रश्नमा उनले भने, यी सबै कुरा अब सभाध्यक्षालाई नै सोध्नुस्।