इलामः दाहसंस्कार गर्न लागिएको एक महिलाको शवलाई जिल्ला प्रहरी कार्यालय इलामको टोली घाटबाट उठाएको छ । हत्या गरी दाहसंस्कार गर्न लागेको खबर स्थानीयले दिएपछि पाँचथरको अमरपुर–९ स्थित माइतीमा बस्दै आएकी शान्ता तामाङ शव प्रहरीले घाटबाट उठाई पोष्टमार्टमका लागि लास घरमा पु¥याएको छ ।
हत्यापछि दाहसंस्कार गर्न लागेको जानकारी जानकारी स्थानीयले दिएपछि शान्ताको शवलाई इलामस्थित घरमा पुर्याइएको हो । उपचारका क्रममा झापाको मनमोहन अस्पतालमा मृत्यु भएपछि शनिबार इलाम नगरपालिकाको गुम्बाडाँडामा दाहसंस्कार गर्न लाग्दा प्रहरीले शव नियन्त्रणमा लिएर पोष्टमाटम गर्न अस्पताल पठाएको हो । प्रहरीले मृतकका दाजु पशुपति तामाङलाई नियन्त्रणमा लिएको छ । पशुपतिले बहिनीको मृत्यु दमको रोगले भएको बयान दिएको प्रहरी निरीक्षक याम पौड्यालले बताए । शान्तको मृतकको पेटमा बच्चा रहेको स्थानीयले दाबी गरेका छन् । उनका पति वैदेशीक रोजगारमा छन् । प्रहरीले आइतबार आफन्तलाई बोलाएर अनुसन्धान अघि बढाउने जनाएको छ । अस्पताल पठाइएपनि शवको विहानसम्म पोष्टमार्टम भएको छैन । www.annapurnapost.com

शनिबार गोरखाको उत्तरी क्षेत्र बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ६.७ रेक्टर स्केलको भूकम्पका कारण लाखौं घर क्षतविक्षत भएका छन् जसका कारण लाखौं मानिस घरबारविहीन बनेका छन् । ६ हजार ६ सयभन्दा बढीको ज्यान गएको छ । यो संख्या अझै बढ्दै गएको छ । आइतबार सिन्धुपाल्चोक र दोलखाको सीमालाई केन्द्रविन्दु बनाएर गएको ६.९ रिक्टर स्केलको भूकम्पले पूर्वी र मध्यभागमा ठूलो क्षति निम्त्याएको छ । अहिले पनि साना पराकम्पन आइरहेका छन् । भूकम्पका कारण भीमकाय पहिरोको सम्भावना पनि छ । निर्माण भएका भौतिक संरचना, भौगर्भिक अवस्था र सम्भावित खतराबारे त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभागका सहप्राध्यापक एवं जापानको कागावा विश्वविद्यालयका भिजिटिङ प्रोफेसर तथा इन्जिनियरिङ भूगर्भविद् रञ्जनकुमार दाहालसँग कान्तिपुरका अब्दुल्लाह मियाँले गरेको कुराकानीको सम्पादित अंश ।
नेपालमा भूकम्पबारे कस्तो अनुमान गरिएको थियो ?
हामीले ३० देखि ५० वर्षमा मुलुकमा ठूलो भूकम्प जान सक्छ भनेर भन्दै आएका हौं । वैज्ञानिकहरूले पनि १९९० कै जस्तो भूकम्प दोहोरिन सक्ने आँकलन गरेका थिए । काठमाडौंदेखि देहरादुनसम्म कुनै पनि ठाउँमा केन्द्रविन्दु बनेर भूकम्प जान्छ भनिएको थियो, त्यो शनिबार पुष्टि भयो । पोखराबाट पश्चिमतिरको भागमा अझै अर्को भुइँचालो जान सक्छ भनेर वैज्ञानिकहरूले आँकलन गरेका छन् तर, त्यो कहिले जान्छ भन्न सकिन्न ।
भूकम्पीय क्षतिबारे हामीले के कस्तो अनुमान गरेका थियौं ?
अहिलेको क्षतिलाई प्राविधिक भाषामा भनिने ७ र ८ नम्बर स्तरका हुन् । ९ र १० पुगेको छैन, ९ र १० नम्बर स्तरको क्षति हुने हो भने हामीकहाँ कुनै संरचना पनि नरहन सक्छन् । ७ र ८ स्तरको क्षतिभित्र खासगरी माटो र काँचो इँटाले बनेका घर पहिलो सूचीमा पर्छन् । अहिलेको भूकम्पले माटो, ढुंगा र काँचो इँटाले बनेकै घर बढी भत्किएका छन् । माटो कमजोर भएका कारण ठूला र नयाँ संरचना पनि भत्किएका छन् ।
अहिलेको भूकम्पले त काठमाडौंमा नयाँ र पक्की घरमा पनि क्षति पुगेको देखिन्छ नि ?
काठमाडौं उपत्यकामा कुनै पनि संरचना नक्सा पास गरेअनुसार बनाइएको छैन । त्यो नै पहिलो समस्या हो । हामीले जमिन कस्तो छ भनेर कहिल्यै अध्ययन गरेनौं । जस्तोसुकै जमिनमा पनि तीन फिट खाल्डो खनेपछि पुग्यो भन्ने हाम्रो मानसिकता हुने गरेको छ जुन गलत हो । संरचना निर्माणमा पनि स–साना भूल गर्दै आएका छौं । संरचना निर्माणमै हामी ओभरल्याप गर्छौं छिटो निर्माण सक्नका लागि । ए भैहाल्छ नि, के हुन्छ र ? भन्ने जस्ता लापरबाहीले अहिले हामीले यो समस्या भोग्नुपरेको हो । अहिले भत्किएका घरहरूमा हेर्दा यस्तै मसिना समस्याहरू देखिन्छन् । काठमाडौंको जमिन सबै ठाउँमा उस्तै प्रकृतिको छैन । फरक–फरक छ । तर, घरहरू सबैतिर उस्तै हिसाबले बनिरहेका छन् । कुनै बलियो ढंगले बनाइएको छ, कुनै कमजोर हिसाबले । अहिले काठमाडौंमा हेर्ने हो भने बलिया घर भत्किएर साना घरलाई हिर्काएको जस्तो देखिन्छ । अहिले हामीले भत्किएका घरहरू अध्ययन गरिरहेका छौं । अध्ययनका क्रममा बलियो घर भत्किएर सानो, कर्नरमा परेको घरलाई किचिदिएको छ । अर्को समस्या भनेको इन्जिनियरिङ भूगर्भलाई कहिल्यै पनि वास्ता गरिएन । गाविसहरूमा बनेका घर त नक्साबिनै बनेका छन् । ठेकेदारले जे भन्यो उसकै पछि लागेर घर निर्माण भएको देखिन्छ । नक्सा र इन्जिनियरिङतिर ध्यान नदिनु ठूलो भूल हो ।
समस्या नक्साको मात्रै हो कि जमिनको पनि हो ?
जमिनको पनि समस्या हो । घर बनाउँदा हामीले कहिल्यै पनि जमिन (भौगर्भिक) अध्ययन गराउनेतिर ध्यान दिएनौं । पहाडमा क्षति हुनुका पछाडिचाहिँ ‘टोपोग्राफिक समस्या’ हो । पहाडतिर डाँडाको नाक र भञ्ज्याङमा घर बनाइन्छ । त्यस्ता ठाउँहरू सुरक्षित हुन्छन् भन्ने हाम्रो विश्वास छ । तर, त्यस्ता स्थानमा पनि भूकम्पसँगै स्थानीय प्रभावले झनै बढी क्षति गराएको देखिन्छ । कतै गहिरो स्थानमा कम क्षति भएको पनि देखिन्छ । भौगर्भिक अध्ययनबिना नै ठूला संरचना निर्माण भए । हामी अध्ययन अनुसन्धानमा नराम्ररी चुकेका छौं । भूकम्पीय जोखिममा काम गर्छौं तर अध्ययन कहिल्यै गरेनौं । अर्को समस्या भनेको भूकम्पले निम्त्याउने पहिरो हो । पहिरोले गाउँ नै पुरिएका छन् । ठूला चट्टानहरू खसेर बाटाघाटाहरू पुरिएका छन् । काठमाडौंको हकमा माटो पुरेर बनाइएका घर बढी असुरक्षित देखिएका छन् । जमिन माथि उकासेर पक्की घर बनाइएका स्थानहरूका घरमा बढी क्षति पुगेको अध्ययनका क्रममा मैले देखें । त्यही भएर हामीले भूकम्पीय जोखिमका हिसाबले ‘जोनिङ क्षेत्र’ भनेर पहिचान गर्न सक्नुपर्छ । मध्य पहाडी राजमार्ग अन्तर्गत पूर्व–पश्चिममा १० वटा नमुना सहर बनाइने भनिएको छ, त्यहाँ सहर बनाउनुअघि त्यस क्षेत्रको माटो (भौगर्भिक) को अवस्था अध्ययन गर्नुपर्छ । नत्र कुनै पनि बेला ठूलो क्षति निम्तिन सक्छ । ठूला सहरमा ठूलो जनसंख्या बस्ने भएकाले क्षति कसरी न्यून गर्ने भन्नेमा पलपलमा सचेत हुनु जरुरी छ ।
गोरखाको बारपाकमा केन्द्रविन्दु बनेर गएको भूकम्पले पश्चिमतिर नभई पूर्वी क्षेत्रमा किन असर गर्यो ?
नेपालमा भूगर्भका विभिन्न खण्ड (ब्लक) हरू छन् । वैज्ञानिहरूले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको भागलाई भूकम्पीय जोखिमका हिसाबले खण्ड–खण्डमा बाँडेका छन् । रामेछापदेखि लमजुङसम्म एउटा खण्ड पर्छ । त्यही खण्डमा शनिबार भूकम्प गएको हो । काठमाडौं उपत्यका पनि त्यही खण्ड (ब्लक) मा पर्ने भएकाले बढी हल्लियो । आफ्नो ब्लकभित्र जुन–जुन क्षेत्र कमजोर छ, त्यहीं धक्का बढी दिने हो, त्यहीं बढी क्षति गर्ने हो । असर अन्त पनि पुगेको छ तर ब्लक नै हल्लिएपछि त्यहीं बढी क्षति भयो/हुन्छ । तातोपानी वा सिन्धुपाल्चोक वा दोलखा कतैतिर यही क्षमता (६.७ रिक्टर) को भूकम्प गएको भए पनि यसरी नै हल्लिन्थ्यो, यस्तै क्षति हुन्थ्यो । गोरखामा पनि क्षति हुन्थ्यो ।
स–साना धक्काको महसुस कहिलेसम्म हुन्छ ?
वैज्ञानिकहरूले त्यो दिनदेखि आजसम्म स–साना भूकम्पका पराकम्पन गइसकेको आँकलन गरेका छन् । तथ्यांकगत आँकडा केलाउँदै उनीहरूले अब कम हुँदै जाने बताएका छन् । एक दिन दुई वटा, सातामा एउटा, महिनामा एउटा, तीन चार महिनामा एउटा गर्दै विस्तारै कम्पन सकिन्छ भन्ने वैज्ञानिकहरूको भनाइ छ ।
ठूला भूकम्पचाहिँ कति अवधिमा आउँछन् ?
ठूला भूकम्प यति नै अवधिमा आउँछ भनेर
ठ्याक्कै भन्न सकिन्न । वैज्ञानिकहरूले पनि यसको अनुमान लगाउन सकेका छैनन् । तर, यस्ताखाले भूकम्पबाट सिक्ने कुराचाहिँ धेरै नै हुन्छन् । १९९० अघिका भूकम्पले गरेका क्षतिबारे हामीसँग कुनै तथ्यांक छैन । भए पनि अलिअलि मात्रै छ । ९० सालकाले भन्दा अहिले आएको भूकम्पले धेरै पाठ सिकाएको छ । अहिले आएको भूकम्प भविष्यका लागि अध्ययन गर्न ठूलो सहयोगी बन्ने देखिन्छ । अहिलेको भूकम्पले भविष्यमा जोगिन आवश्यक पर्ने संरचना निर्माण गर्न ठूलो पाठ सिकाएको छ । इतिहास हेर्ने हो भने भूकम्पका कारण भीमकाय पहिरो गएका छन् । ती पहिरोपछि ठूला–ठूला बस्तीहरू बसेका छन् । बारपाक र पाल्पाको तानसेन पनि हजारौं वर्षअघि भूकम्पले बनाएका समथर भूभाग हुन् ।
पहिरो र भूकम्पबीच कस्तो सम्बन्ध हुन्छ ?
पहिरो र भूकम्प दाजु भाइजस्तै हुन् । भूकम्प जान्छ अनि पहिरो जान्छ । सुरुमा भूकम्पले पीडा दिएको हुन्छ, जुन अहिले हामीलाई दिएको छ । विगतमा हिमालय क्षेत्रमा गएका ठूला भूकम्पले हामीलाई धेरै स्थानमा बस्ने ठाउँ दिएको थियो । कतिपय स्थानमा समथर भाग बनाएको छ । हामीलाई बस्ने आधार खडा पनि गरेको छ । ती ठाउँ कमजोर छन् भन्न मिल्दैन । भूकम्पले भूस्वरूप नै बदलिदिन्छ । भूकम्पछि भूबनोट नै बदलिन पनि सक्छ । अहिले पनि गोरखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका स्थानको भूबनोट नै बदलिन सक्छ । ती जिल्लामा ट्रोपोग्राफिक नक्सा काम नलाग्न सक्छ । भूकम्पले जमिन नै उथल पुथल ल्याइदिने भएकाले भूकम्प र पहिरोबीचको सम्बन्ध अन्योन्याश्रित हुन्छ ।
भूकम्पीय जोखिमचाहिँ कसरी न्यून गर्न सकिन्छ ?
भूकम्पले समथर भागमा बस्ने हो भने मार्दैन । तर संरचनाले त मार्छ । घर बनाउँदा कत्तिको इमान्दार हुने भन्ने ठूलो कुरा हो । अर्को, कोको इमान्दार हुने ? सबैभन्दा पहिला आफैं इमान्दार हुनुपर्यो । आफैंले आफैंलाई मार्ने ठाउँ किन बनाउने ? घर बनाउँदा लापरबाही हुने गरेको छ । त्यो त्याग्नुपर्यो । ठेकेदारले जे भन्यो त्यही मान्दै गएकाले यस्तो भएको हो । अब त्यस्तो गल्ती दोहोरिन दिनु भएन । आजैबाट नेपाल सरकारले सम्पूर्ण नक्सा पासको काम बन्द गर्नुपर्छ । विशेषज्ञहरूलाई राखेर ‘उच्चस्तरीय विशेषज्ञहरूको समूह’ बनाउनुपर्यो । समूह बनाएर मात्रै काम छैन, अधिकार पनि दिनुपर्यो । भवन निर्माण आचारसंहिता बनाउँदा भूगर्भलाई वास्ता गरिएको छैन । जमिनको जाँच गर्ने भनिएको छ, तर कसरी र कसले गर्ने भन्ने स्पष्ट छैन ।
माटो परीक्षणै नगरी घर बनाइएकाले पाँचतले घर दुई तले भएका छन्, तीन तले घर एक तलेमा झरेका छन् । जमिन तरलीकरण भएर काठमाडौंमा धेरै घर भासिएका छन् । आचारसंहिता परिवर्तन गर्नेतिर सरकारले ध्यान दिनुपर्छ । भौगर्भिक जाँचलाई सम्बन्धित विशेषज्ञहरूबाटै अनिवार्यरूपमा गराएर मात्रै घर बनाउन अनुमति दिनुपर्छ । इन्जिनियरिङ भूगर्भलाई नबुझेसम्म समस्या समाधान हुनै सक्दैन । भूगर्भलाई मात्रै बुझेर हुँदैन । कस्तो ठाउँमा संरचना बनाउँदा ठीक हुन्छ भन्ने कुरा विशेषज्ञहरूबाटै पहिचान गराउनुपर्छ । यसमा सरकारले कन्जुस्याइँ गर्नु भएन ।
पहाडमा चाहिँ कस्ता घर बनाए जोगिन सकिन्छ ?
पहाडमा कुनै गरिब परिवारले एक लाख रुपैयाँमा घर बनाउन खोजेको छ भने नेपाल सरकारले यो लागतमा यस्तो घर बनाउनुपर्छ भनेर ढाँचा दिन सक्नुपर्छ । जथाभावी घर बनाउन रोक्नुपर्यो । गाविसस्तरसम्मै इन्जिनियरिङ प्रविधिमा घर बनाउन प्रोत्साहन गर्नुपर्यो ।
पहाडमा एउटै डिजाइनमा घर निर्माण कत्तिको सम्भव छ ?
इच्छाशक्तिको कुरा हो । गर्न नसकिने होइन । यसो गर्न हुन्न भन्छौं, भोलिपल्ट हामी आफैं दोहोर्याउँछौं । पहिरोको मुखमा घर बनाउने त हामी नै हौं नि । सरकारले प्रकोप/जोखिम न्यूनीनकरणसम्बन्धी ऐन जुन बनाइरहेको छ । त्यसलाई जतिसक्दो छिटो संसदबाट पास गर्नुपर्यो । नीति नियम बनाउनुपर्यो, योजना तर्जुमा गर्नुपर्यो । गरिबले पनि ५० हजार वा एक लाखमा प्रतिरोधी घर बनाउन पाउनुपर्यो । ‘इन्जिनियर्ड हाउस’ यो हो भनेर सरकारले नमुना दिन सक्नुपर्यो । नमुना घर बनाएर ज्यान जोगाउन सकिन्छ भने किन नबनाउने ?
काठमाडौंका बाँकी संरचनाचाहिँ भूकम्पीय जोखिमका हिसाबले कस्तो अवस्थामा छन् ?
हामीले बनाएको डिजाइन राम्रो छ, इन्जिनियरिङ हिसाबले हामी फेल भएनौं, आचारसंहिता राम्रैसँग लागु भएको रहेछ, सबै घर भत्किएनन् भनेर सरकारले जस लिन सक्छ, त्यो सही होइन । अहिले आएको भूकम्प लामो समयको थिएन । बलियो (स्ट्रङ) झट्का त ३० सेकेन्डजति मात्रै हो । एक मिनेटको बलियो झट्का आएको भए कल्पना नगरेको क्षति हुन्थ्यो । कुनै पनि राम्रा घर छैनन् । भूकम्पीय हिसाबले हेर्ने हो भने सबै कमजोर छन् । मेरो घर जोगियो भनेर मख्ख नहुनुस् । सुरक्षित भयो भन्ने होइन । कम समयको हल्लाइमा परेकाले धेरै मान्छेको घर जोगिएको हो । डिजाइन सुुरक्षित छैन भन्नेमा तपाईंहरू ढुक्क हुनुस् । अनावश्यक रूपमा अग्ला घर घटाउनेतिर जानु राम्रो हुन्छ । इन्जिनियरिङ भूगर्भ, स्ट्रक्चरल इन्जिनियर, आर्किटेक्ट इन्जिनियरलगातका विशेषज्ञहरूको समूह बनाएर आचारसंहितामा के गर्न सकिन्छ अध्ययन गर्नुपर्छ । काठमाडौं र बाहिर अलग–अलग आचारसंहिता बनाउनुपर्छ ।
अलिअलि क्षति भएका, सामान्य चर्किएका घर भएकाहरूलाई तपाईंको सुझाव के ?
पिल्लर सिस्टमको घर छ, पिल्लर दबिएको, हात्तीपाइलो पिल्लर नै दबिएको, जमिन कमजोर छ भने त्यस्तो घरमा बस्दै नबस्नुस् । ज्वाइन टुटेको, क्र्याक भएको, ढल्किएको, डन्डी देखिएको भए खतरनाक हुन्छ । जतिबेला जे पनि हुन सक्ने सम्भावना हुन्छ । पर्खाल मात्र अलिअलि चर्किएको छ भने खाना पकाउन र शौचालय जान सकिन्छ । तर, नसुत्न म सल्लाह दिन्छु । साधारण (एक/दुई मिमि चर्किएको) मा कुनै खतरा हुँदैन । इँटा नै बाहिर देखिएको घर छ भने त्यस्तो घरमा बस्नु भएन । ढुंगामाटोले बनेका घर पनि वारपार नै चर्किएको, तलमाथि चर्किएको छ भने त्यस्ता घरमा नबस्नु राम्रो हुन्छ । दुई–तीन वटा घर जोडिएका छन्, बीचको कुनै भत्किएको छ भने भत्किएको र खतरनाक घर भत्काउनु राम्रो हुन्छ । पक्की घरको हकमा पनि ड्यामेज भएका जति प्राविधिकहरूलाई देखाएर भत्काउँदा राम्रो हुन्छ ।www.ekantipur.com

धादिङ, वैशाख २० । भूकम्प गएको एक सातासम्म कुनै पनि राहत प्राप्त गर्न नसकेका मध्यधादिङका बासिन्दा अहिले आकाशमा उडेका हेलिकोप्टरमा आँखा लगाएर बसिरहेका छन् ।
‘हेलिकोप्टर बस्नको लागि ठूलो ठाउँ चाहिँदैन रे । हाम्रो बारीमा पनि बस्न सक्छ भन्छन् । हामीलाई पाल मात्र दिएर गए हुन्थ्यो नी,’ नलाङ गाविसका विष्णुबहादुर श्रेष्ठले भने ।
विनाशकारी भूकम्प गएको दोस्रो दिन पाल पाउने आशामा चार घन्टाको पैदल यात्रा गरेर सदरमुकाम धादिङवेसी गएका श्रेष्ठको हातमा अहिलेसम्म राहतको नाममा रात कटाउने पालसम्म परेको छैन् ।
‘दुईतले घर पूर्ण क्षति भयो । भाग्यले परिवारका सबै जना बाच्न त सफल भयौं ।
दिनभरको चर्को घाम र रातभरको झरीमा बच्चालाई जोगाउन साह्रै मुस्किल परिरहेको छ,’ श्रेष्ठ भन्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

लन्डन, वैशाख २० । महाभूकम्पको विध्वंसले मन छियाछिया भए पनि शोकलाई शत्तिःमा बदलेर नायिका प्रियंका कार्की तीन दिन भोकप्यास नभनि उद्धारमा खटिइन् ।
दुई दिन वीर अस्पताल र टिचिङ अस्पतालमा बिरामीको रोदन र चिच्याहटमा उनी पनि समोल भइन्, सकेसम्म घाइतेको रेखदेख गरिन् । तेस्रो दिन पाटन, सुन्धारा, खोकनाको भग्नावशेषमा निसास्सिएर सकेसम्म पीडितहरुको उद्धार गरिन् ।
यही बेला बेलायतमा पूर्वनिर्धारित चारवटा सोमा आउनुपर्ने बाध्यता थियो उनलाई । सुरुमा प्रियंकालाई यता आउने चाहनै भएन । फ्लाइट रद्द पनि गरिन् । तर, पछि आयोजककै आग्रहमा कार्यक्रम गर्ने तर मनोरन्जन च्यारिटीमा केन्द्रीत हुने निश्कर्षसँगै प्रियंका शुक्रबारसाँझ लन्डन पुगेकी छिन् ।
‘बेलायतमा हुने चारवटा शो म आफैं सञ्चालन गर्छु,’ उनले भनिन्, ‘कार्यक्रम भूकम्प पीडितहरुको लागि सहयोगका लागि विशुद्व च्यारिटेबल बनाउनेछु ।’
उनले बेलायती समस्त नेपालीलाई कार्यक्रममा आइदिएर पीडितहरुलाई सहयोग गर्न पनि आग्रह गरेकी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हिजो भूकम्पबाट पीडित भएका ललितपुर हरिसिद्धि क्षेत्रमा राहत वितरण गर्नुभएको छ ।
उहाँले सय बोरा चामल, ९० थान सिल्पिङ व्याग, पाँच लिटर खाने तेल तथा अन्य राहत सामग्री वितरण गर्नुभएको थियो । स्थानीयबासीलाई उहाँले आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र त्यसका लागि निरन्तर प्रयास गरिरहेको जानकारी गराउनुभएको थियो ।
राहत तथा उद्धारका लागि आफ्नो पार्टीको भातृ तथा जनवर्गीय सङ्गठनहरु सक्रियताका साथ परिचालित भइरहेको अध्यक्ष दाहालले बताउनु भयो ।
प्राकृतिक विपत्तिको समयमा सबै राजनीतिक दलहरु मिलेर जनतालाई राहत दिनुपर्नेमा सरकारको भूमिका प्रभावकारी नभएको भन्दै उहाँले आफ्नो पार्टीले ध्यानाकर्षण गराएपछि केही न केही रुपमा सरकार क्रियाशील हुन थालेको उल्लेख गर्नु भयो ।
सङ्कटको घडीमा सहयोग गर्न एमाओावादी तयार रहेको भन्दै धैर्यताकासाथ रहनसमेत उहाँले आग्रह गर्नुभएको थियो । स्थानीयले भने सरकारले हालसम्म त्रिपालको समेत व्यवस्था गर्न नसकेको गुनासो गरेका थिए ।

कतिपय अट्टालिकाको जगैमुनि ढल
काठमाडौं : मान्छेको जीवनको अभिन्न अंग मानिन्छ घर। एउटा घर बनाउन मान्छेले जीवनभर मेहनत गरेको हुन्छ। त्यस्तो मेहनतले बनाएका घर इन्जिनियरिङका सामान्य सिद्धान्त पालना नगर्दा भूकम्पले गल्र्यामगुर्लुम ढले। घर निर्माणमा घरमालिक, इन्जिनियर र ठेकेदारले गरेका गल्तीले यसपटकको भूकम्पमा ठूलो जनधनको क्षति भयो।
भूगर्भ इन्जिनियर डा. रञ्जनकुमार दाहाल शनिबार बिहान भक्त पुरको गुन्डु बसपार्कनजिक अनिरु द्र थापाको घर जाँच्न गए। महाभूकम्पले आफ्नो घर धरापमा परेको जानकारी दिएपछि तीनजना इन्जिनियरसहित गुन्डु पुगेका दाहाल घरको इन्जिनियरिङ देखेर छक्क परे। तीनतले घरको भ:याङ छोप्न बनाइएको ढलानको स्ल्याब उछिट्टिएको छ।
घर जाँच्दा थाहा पाए, बिम नै नबाँधी होचाअग्ला पिलरमाथि रड ओछ्याएर भ:याङ छोपिएको रहेछ। 'यस्ता घर कति बनाइयो-बनाइयो। बिमसिम चाहिँदैन', ठेकेदारको भनाइ उद्धित गर्दै थापाले दाहाललाई सुनाए। स्ल्याब झरेर छिमेकीको घर भत्काउने खतरा भएपछि नेपाली सेनाको टोली घर हटाउन गुन्डु पुगेको छ।
क्षति पुगेका घरको अनुगमनमा खटिएका इन्जिनियरहरूका अनुसार ठाउँअनुसारका डिजाइन नै छैनन्। एक ठाउँका लागि बनाएको डिजाइन अर्को ठाउँमा जस्ताको तस्तै उतारिएको छ। निर्माणस्थल हेरेर तथा भूबनोटअनुसार कता फर्किएका कस्ता घर बनाउने भन्नेमा कसैले ध्यान दिएको छैन। दुवैतिर खोंच भएको डाँडामा बनाइएका घरका पिलर र बिम भत्किएका छन्।
वसुन्धराको पाँचतले घर, कपनको साततले, आकासेधाराको पाँचतलेलगायतका घरमुनि ढल बगिरहेको भेटियो। स्ट्रकचरल इन्जिनियर प्रमोद न्यौपानेका अनुसार माटो परीक्षण नै नगरी ढलमाथि कमजोर जग उठाउँदा अग्ला घर भत्किएका छन्। 'घरमुनि ढल बगिरहेको पाइयो। माटो परीक्षण नै नगरी बनाइएको रहेछ, न्यौपानेले भने।
त्यस्तै बिम र पिलरको जोड हुनुपर्नेमा धेरै घरमा त्यस्तो पनि पाइएन। 'डन्डी देखिने गरी त्यो पनि एक फिटको फरकमा रिङ बाँधेको पनि भेटियो, जुन खतरनाक हुन्छ', न्यौपानेले भने। सीतापाइलामा जोडिएर बनेका दुई घर एकआपसमा ठोक्किँदा एउटा घर ६ फिटसम्म सरेको छ। वाल जोडेर बनाइएका घरहरू धेरै भत्किएका छन्। ललितपुरको लुभु लामाटारमा पुरेको जमिनमाथि बनाएको अग्लो घर थचक्क बसेको छ। त्यहाँको जमिन र माटो सुहाउँदो घरको डिजाइन नगर्दा घर भासिएको हो।
इन्जिनियर डा. कृष्ण भेटवालका अनुसार उपत्यकामा भत्किएका अधिकांश घर मापदण्डविपरीत छन्। घर बनाउँदा दक्ष कामदार प्रयोग नहुनु पनि अर्को कारण हो। काठमाडौंको पुरानो नैकापमा माटोको एउटा पुरानो घर र पिलर भएको नयाँ घर जोडिएको छ। नयाँ घरको पिलर र ढलान पुरानो घरको काँचो इँटको गारोमा टेकाएका कारण माटोको घर धराप बनेको छ।
इन्जिनियरहरूको निष्कर्ष छ, उपत्यकाका अधिकांश घर माटोको अवस्था र प्रकृतिअनुसारका छैनन्। जस्तो मन लाग्यो, त्यस्तै बनाइएको छ। 'कहाँ, कस्तो, कति तले घर कसरी बनाउने भन्ने सामान्य नियमसमेत पालना गरिएको छैन। सबैतिर एउटै फरमुला प्रयोग गरिएको छ', दाहालले अन्नपूर्णसँग भने। इन्जिनियरिङको ज्ञान नै नभएका घरमालिकले डिजाइन गरेको ललितपुर लामाटारको एउटा नयाँ घरका बिम उछिट्टिएका छन्। त्यो घरमा पिलरमाथि बिम खप्ट्याएर बनाएको पाइयो।
अहिले राजधानीमा इन्जिनियरहरूका विभिन्न समूहले गरेको अध्ययनले भत्किएका धेरै घर बस्नै नमिल्ने प्रकारका रहेको देखाएका छन्। दाहाल समूहले दुई दिनमा हेरेका २७ घरमध्ये सात घरमात्रै बस्न मिल्ने छन्। कतिपय ठाउँका घरको गारो नै तीन सेन्टिमिटरसम्म सरेको इन्जिनियर सौरव र गोविन्द रेग्मीले भेटेका छन्।
भूकम्पले क्षति पु:याएका घरको अवस्था थाहा पाउन भुइँ भासिएको छ कि छैन, पर्खाल चर्किएको छ कि छैन भन्नेमा बढी ध्यान दिनुपर्ने इन्जिनियरहरूको सुझाव छ। चर्किएको गारोमा ह्यामरले हान्दा आएको आवाजका आधारमा गारो तथा पिलरको अवस्था थाहा पाउन सकिन्छ। बिम र पिलर नफुटेको वा नचर्किएको भए गारो भत्काएर पुन: लगाउन सकिन्छ।
'गारो मात्रै अलिअलि चर्किंदा डराउनै पर्दैन, घर गएर बसे हुन्छ', न्यौपानेले भने। इन्जिनियरहरूका अनुसार पर्खालमा एक मिलिमिटरभन्दा सानो चर्किएको रेखा भए केही पनि हुँदैन। त्योभन्दा ठूलो भए पर्खाल फुटाएर हेर्नुपर्छ। इँट सरेनसरेको आधारमा थप मर्मत वा पुनर्निर्माणको निर्णय गरिन्छ।
बलियो आरसीसी घर बनाउने तरिका
माटोको परीक्षण गर्नुपर्छ। माटोको अवस्था र प्रकृतिका आधारमा घरको डिजाइन।
घरले कति लोड थाम्छ, घरको कुन भागले कति लोड लिन्छ, सबै आँकलन गरेर मात्रै बनाउने। यसका आधारमा बिम तथा पिलरको आकार र स्ल्याब निकाल्ने।
. झ्यालमा लिन्टेल र सिल्ड राख्ने।
. गारोमा बिमको लोड दिनु हुदैन।
. बार्दलीवरिपरिको पाराफिट वाललाई ढलानले बाँध्ने।
. फाउन्डेसन नै बलियो बनाउने।
annapurnapost.com

धादिङ, वैशाख १९ - शनिवार अपरान्हको भुकम्पले धादिङको तिप्लिङ–८,जिम्मीडाँडा भत्केपछि आँखुखोला थुनिएको छ ।
पहिरोले छिमेकी गाविस सेर्तुङको जंगलसम्म पुरिएपछि खोला थुनिएर ताल बनेको हो । खोला थुनिएपछि दार्खाको किंगताङ फेदी, दार्खा फेदी, रिङने, टारीवेंसी चैनपुरको तल्लो रामपुरखोला समेतका बजार र बस्तीलाई स्थानीय सञ्चारमाध्यमहरु र प्रहरीमार्फत सतर्क गराइएको छ ।
खोला थुनिएपछि १२ मेगावाटको आँखुखोला जलविद्युत आयोजना समेत प्रभावित भएको छ ।

पोखराः कास्कीमा शनिबार अपरान्ह् भीषण् असिना पानी परेको छ। भूकम्पले घर भत्केर उठिवास भएकाहरुलाई असिनापानीले थप पीडा दिएको छ।
घर भत्केर पालमुनि ओत लागेका उनीहरुलाई घनघोर बर्षासँगै ठुलो असिनाले बिचल्ली वनाएको हो । पोखरा, लेखनाथ र विभिन्न गाउँमा असिनाले चर्किएका घर, पुरिएका सामान र तरकारी खेतिमा समेत नोक्सानी पुर्याएको छ।
नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति वामदेव ढुंगानाले असिनापानीले भूकम्प पीडितलाई थप समस्यामा पारेको बताए।‘घरहरु भत्किएर बस्नै नसक्ने भएका छन, कतिपय चिरिएका घरहरु पनि असिनाले गर्दा अव भत्कने अवस्थामा पुगे,’उनले भने ‘पोलेको ठाउँमा खटिरा आएजस्तै भयो।’
भूकम्पले कास्कीमा २ हजार भन्दा वढि घरहरुमा क्षति पुगेको रेडक्रसले जनाएको छ । कास्कीका गाउँमा धेरै नै घरहरु चर्केर वस्न नमिल्ने भएको जनाउँदै उनले पालको अपुग भएको उनले जानकारी दिए ।

-दीपेन्द्र भण्डारी
म मोर्गन ईन्टरनेशनल कलेजको प्रिन्सिपल हुँ । बसुन्धरामा रहेको यो कलेजमा लगानी पनि हाम्रो आफ्नै छ । यो कलेजमा चार हजारभन्दा माथि विधार्थी छन् । हामीले लामो प्रयत्न र मेहनेतले कलेज राम्रैसँग चलाईराखेका थियौं । तीन वर्ष अगाडी बाट हामीले धापासीमा एउटा आठ तले घर भाडामा लिएर ईन्जिनियरिङको कक्षा चलाउँदै आएका थियौं ।
धापासीमा रहेको भवनमा बी ई सिभिल, हाइड्रो पावरसम्बन्धी बीई इलेब्ट्रिकल, होटल व्यवस्थापन र बीबीएको पढाइ हुन्थ्यो । होटल व्यवस्थापनको ल्याबहरु धेरै हुन्छ । महत्वपूर्ण भनेको किचेन ल्याब हुन्छ । त्यसबाहेक १०–१५ वटा कुकिङ स्टेसन हुन्छ । २० वटा जति ग्यास सिलिण्डर स्टेशन हुन्छ । एउटा रेष्टुरेण्ट, एउटा बेकरी, एउटा हाउस किपिङ हुन्छ । जहाँ हामीले पाँच तारे होटलमा उपलब्ध हुने स्ट्याण्डर्डड अपनाएका छौं ।
होटल म्यानेजमेण्टका लागि मात्र दुई करोड बराबरको सामग्री थियो । बीबीएका प्रत्येक कक्षामा सिसिटिभी र एसी फिट गरिएको थियो । मल्टीमिडिया फिक्स कक्षा कोठाहरु थिए । बीबीएका विद्यार्थीहरुले बैकिंग क्षेत्रमा क्यारियर बनाउनुपर्ने भएकाले उनीहरु त्यसमा फेमेलिएर हुने गरी सबै व्यवस्थापन गरिएको थियो । त्यसमा पनि महंगो सेटअप हुनेभएकाले धेरै खर्च गरिएको थियो ।
पुस्तकालय पनि त्यस्तै स्टान्डर्डको थियो । पुस्तकहरु प्राय विदेशी लेखकका हुने भएकाले महंगा थिए । धेरैजसो क्याम्ब्रीज विश्वविधालय र केहि चाहिँ भारतीय प्रकाशनका पुस्तकहरु थिए । यी विषयका नेपाली पुस्तक नै पाईदैन ।
ईन्जिनियरिङको ल्यावका सामान एलसी खोलेर मात्र ल्याउन पाईन्छ । जापान र सिंगापुरबाट मात्र उपलब्ध हुने ल्यावहरु हुन्छ । यो ल्यावको संरचना महंगो किसिमको हुन्छ । जस्तै विधुत उत्पादन गर्ने हाईड्राृेपावर टरवाईन मेशिनहरु पनि हुन्छ । ती सबै सामान हामीले जापान र सिंगापुर बाट ल्याएका थियौं । यसको ल्याउने माध्यम एलसी खोलेर नै हो । बैंक मार्फत एलसी खोलेर ल्याएका हौं । अहिले एलसी खोल्यो भने ती सामान ल्याउन सात आठ महिना लाग्छ । यो प्रकृयाबाट हामीले सामानहरु ल्याएका थियौं ।
हामीसँग फरमाडाईनामिक्स ल्याब, सिभिल सर्वे ल्याव, मेकानिकल वक्र्ससप ल्याव, कंक्रिट टेक्नोलोजी ल्याव, हाईड्रो पावर मेसिन सम्वन्धी ल्याव, ईन्जिनियरिङ फिजिक्स ल्याव, डार्करुम ल्याव, केमेस्ट्री ल्याव, डिजिटलोजी ल्याव लगायतका धेरै २० वटा जति ल्यावहरु थिए । यी सबै ल्यावहरु महंगा छन् र सबै बाहिरबाटै ल्याईएका थिए । नेपालको कुनै पनि चीजहरु हामीलाई काम लाग्दैन । यो सबै गर्दा हाम्रो १२ करोडभन्दा बढी खर्च भएको थियो ।
तर, वैशाख १२ गते आएको महाभुकम्पमा परेर हामी बसेको आठ तले घर गल्र्यामगुंलुम्म ढले पछि हाम्रो सबै संरचना ध्वस्त भएको छ । कलेजको लेटरहेड र छाप समेत अहिले हामीसँग छैन । विश्वविधालयले दिएको आवद्धतताको प्रमाणपत्र समेत हामीसँग छैन ।
खासमा यो घर घरवेटीले भाडाखाने उद्देश्यले मात्र बनाएका रहेछन् । भवन आठ तलाको भएपनि महानगरमा चार तलाको मात्र नक्सा पास गरिएको रहेछ । त्यसको फाउन्डेसन नै एकदमै कमजोर रहेछ । रड पनि किचेनको स्ल्यावमा प्रयोग गरिनेजस्तो सानो प्रयोग गरिएको रहेछ । बाहिर बाट हेर्दा घर चिटिक्क, आकर्षक थियो । आठ तले घर, हामीलाई पनि धेरै कोठा चाहिने भएकाले मासिक चार लाख रुपैयाँ भाडा बुझाउने गरि लिएका थियौं । तर, यो क्षेत्रमा अरु कसैका घर लडेका छैनन् । तर बनाएको चार वर्ष मात्र भएको यहि भवन चाहि जरै लगाएर ढल्यो । आठ तले घर, अहिले माटोको एउटा ढिस्को जस्तै भएको छ ।
त्यस बाहेक पनि १५ वटा ल्यापटप, ५० वटा जति डेस्कटप कम्प्युटर पनि थिए । ती पनि सबै ध्वस्त भएका छन् । अब हामीले ती सामान पाउने कुनै आश नै छैन ।
ती मध्ये केहि मेशिनको भने हामीले बीमा गरेका थियौं । जतिको एलसी खोलेका थियौ, त्यत्तिको मात्र बीमा हुन्छ । त्यो भनेको ती करोड जतिको बीमा थियो । अरु संरचनाको बीमा हुने कुरै थिएन । भएको त्यत्ति रकमको बीमा पनि कसरी दिन्छ, थाहा छैन ।
यो भवनमा मात्र पाँचसय विधार्थी अध्ययनरत् थिए । अव उनीहरुको पढाई का लागि तत्काल केहि गर्न सक्ने स्थिति पनि छैन । केहि समय पछि बैकल्पिक व्यवस्था गर्नै पर्छ । जिन्दगीभरमा त तिरिएला भनेर ऋण लिएर यसैमा लगानी गरेको थिएँ । तर त्यो सबै गयो । जिन्दगीभर यो ऋण तिर्न नसकिने भयो ।
हुनत यो महाभुकम्पमा परेर कयौको ज्यान नै गएको छ । मानवीय क्षतीलाई भौतिक क्षतिसँग कुनैपनि अवस्थामा तुलना गर्न सकिदैन । हाम्रो मानवीय क्षती केहि भएन । त्यो अर्थमा भाग्यमानी पनि आफूलाई ठान्नै पर्छ । तर, मलाई आफू बाँचे पनि मरे सरह बनाएर गएको छ यो भूकम्प । कहिले काँहि त यो भूकम्प मेरै लागि आएको जस्तो लाग्छ ।
दिनमा एकपल्ट आएर यो खण्डहरमा उभिन्छ र हेर्छु –आठ तले घर आँखै अगाडी एउटा ढिस्को जस्तो बनेको छ तर पनि अझै पत्यार लाग्दैन । नहुनु भै गयो । मेरा सबै सपना एक निमेषको भूकम्पले उडाएर लग्यो । नहुनु भै गयो । जति भयो ,त्यो भएको चाहिँ घरधनीकै लापरवाहीले हो ।
(उज्जल पहाडीसँगको कुराकानीमा आधारित)
kathmandutoday.com

चारवटा शव पहिरोबाट निकालियो
काठमाडौं : शनिबार बिहान गएको भूकम्पका कारण गोरखाको लाप्राकमा २५ जना पुरिएका छन् । लम्जुङको खुदीलार्इ केन्द्र बनाएर गएको ५ म्याग्निच्यूटको भूकम्पपछि झरेको पहिरोले २५ जनालार्इ पुरेको हो ।
पहिरोले पुरिएको स्थानबाट ४ जनाको शव निकालिएको छ । बिहान ११ बजेर २७ मिनेटमा गएको सो भूकम्पछि लाप्राकको सडकमा पहिरो झरेको थियो । सोही पहिरोले उनीहरुलार्इ पुरेको हो ।

विगत २५ वर्षदेखि आफ्नी श्रीमती थमकुमारी राना मगरसँग बोलचालसमेत नगरी छुट्टै बस्नुभएका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पका कारण बस्दै आएको घर भत्किएपछि खुला आकाशमुनि आइपुग्नुभयो।
बुङ्कोट ९गोरखा०, १९ वैशाख - विगत २५ वर्षदेखि आफ्नी श्रीमती थमकुमारी राना मगरसँग बोलचालसमेत नगरी छुट्टै बस्नुभएका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पका कारण बस्दै आएको घर भत्किएपछि खुला आकाशमुनि आइपुग्नुभयो ।
श्रीमतीको पनि उस्तै हालत गरायो गत शनिबारको प्राकृतिक विपत्तिले । आफ्नै कारणले छुट्टाछुट्टै बस्दै आउनुभएका थापा दम्पतीलाई भूकम्पले खुला आकाशमुनि नै भए पनि एकैठाउँमा बस्ने वातावरण मिलाइदिएको छ । अढाइ दशकदेखि छुट्टिएका बूढाबूढी अहिले भत्किएको घर अगाडि बसेर दुःख सुखको बात गर्न थालेका छन् ।
भूकम्पले घरबास खोसिदिएपछि भग्नावशेष अगाडि २५ वर्षपछि सँगै भेटिनुभएका राना मगर दम्पतीले एकै स्वरमा भन्नुभयो, “विपत्तिले धेरैको ज्यान लगे पनि हाम्रो भने मिलन गराइदिएको छ । दुःखले खुसी ल्याए पनि घर छैन, खानेबस्ने चिन्तामा छौँ ।” भूकम्पको केन्द्रबिन्दुका रुपमा रहेको गोरखा जिल्लाका अधिकांश घर, गोेठ भत्किएका छन् । बस्नेखाने ठाउँ छैन । अन्नपात, धन सम्पत्ति भत्किएको घरको भग्नावशेषमा पुरिएको छ । मर्ने त मरिगए बाँच्नेहरुका लागि श्वास धान्न यतिखेर मुस्किल परेको छ ।
बुङ्कोटका ५०० घरमध्ये एकाध घरमात्रै बचेका छन् । बस्नका लागि पाल छैन । दिनभरि घाम लाग्दा रुखमुनि बस्न सकिन्छ तर राति पानी पर्दा बासको ठेगान छैन बुङ्कोटवासीको । सरकारी निकायले राहत सामग्रीका नाममा चारोमात्रै छरेको उनीहरुको आरोप छ ।
पहुँच भएकाहरुले सहज रुपमा राहत सामग्री पाए पनि निमुखाहरुले केही पाएका छैनन् । गाउँका अधिकांश युवा विदेश गएका छन् । भत्केका घर र तिनको संरचना पन्छाउने र पुनःनिर्माण गर्ने जनशक्तिको अभाव छ । राहतस्वरुप प्राप्त पाल दर्के पानी झेल्न नसक्ने खालका छन् भने एउटा वडालाई तीन वटा पाल दिइएको जानकारी दिँदै स्थानीय मधुकरराज वन्त मागअनुसारको पाल नआएका कारण वितरणमा समस्या भएको बताउनुहुन्छ ।
राहतको नाममा विभिन्न सङ्घसंस्थाले केही चाउचाउ र बिस्कुट ल्याएर तमासा गरिरहेको आरोप स्थानीयवासीको छ । “चाउचाउ र बिस्कुटले पेट भरिँदैन, पहिले बस्नका लागि त्रिपालको व्यवस्था गरियोस्, त्यसपछि खाद्यान्नको व्यवस्था होस् । राहतको नाममा प्रचार गराउनेहरु बुङ्कोट नआए हुन्छ ।” स्थानीय शुक्र श्रेष्ठले आक्रोश पोख्दै भन्नुभयो । पीडितले पैसा तिरेर पनि २० किलोभन्दा बढी चामल पाएका छैनन् ।
पिउने पानीको समस्या छ, पोल ढलेका र प्रसारण लाइनमा समस्या आएकाले मोबाइल चार्ज गर्न नसक्दा उद्धारका लागि आफन्तलाई बोलाउन नपाएको गुनासो गर्नुुहुन्छ अर्का पीडित लीला खनाल । गाउँघरमा विकासको लहर फैलिइसकेको थियो भूकम्पले त्यसलाई २०वर्ष पछाडि धकेलिदिएको छ । पुनःनिर्माण गर्न कम्तीमा पनि १० वर्ष बढी लाग्ने स्थानीयवासीको भनाइ छ ।
राहत सामग्री लिएर जानेहरु गाउँमा कुटिने समस्या बढेको छ भने मरेका चौपायाका कारण गाउँमा दुर्गन्ध फैलिएको छ । घर भत्किए पनि शौचालय भने बाँकी रहेकाले सरसफाइमा भने खासै समस्या छैन बुङ्कोटमा ।प्रहरी प्रशासनको भवन पनि भूकम्पले भत्काइदिएको छ । प्रहरीको भवन नहुँदा सरकारले प्रदान गरेको राहत सामग्री वितरणमा थप समस्या भएको छ ।
बुङ्कोट प्रहरी चौकीका प्रमुख होमनाथ अधिकारी स्थानीय जनतासँगै समस्यामा परेको गुनासो गर्नुहुन्छ । सरकारी निकायका रुपमा गाउँमा उपस्थित प्रहरी चौकी भत्किएपछि प्रहरीको नै उद्धार कसले गरिदिने हो प्रश्न खडा भएको छ । काठमाडौँमा महामारी फैलिन्छ भन्दै गाउँ पुगेकालाई स्थानीयले ‘पर्यटक गाउँ आए’ भन्दै व्यङ्ग्यसमेत गर्ने गरेका छन् ।
सदरमुकामबाट १० किलोमिटरको दूरीमा मात्रै रहेको बुङ्कोटमा दलित तथा अशिक्षितलाई भने राहत तथा उद्धारमा भेदभाव गरिएको साने नेपाली गुनासो गर्नुहुन्छ । दलित भएकै कारण आफूले राहत सामग्री नपाएको उहाँ बताउनुहुन्छ । राहत सामग्रीका लागि दिनभरि प्रहरी चौकीमा धाउँदा पनि राहत नपाएको बताउँदै नेत्रमाया थापा मगरले भन्नुभयो, “घरमा बूढाबूढीमात्रै छन् ।
श्रीमान् विदेशमा हुनुहुन्छ । विपद् सबैलाई परेको छ, तर महिला र कोही पनि घरमा नहुनेहरुका लागि भने समस्या परेको छ ।” जिल्लाको नामजुङ, घैरुङ, ताप्ले, आश्राङ, बोर्लाङ, ताप्लेका ९० प्रतिशत घर भत्किएका छन् । बारपाकलाई केन्द्रबिन्दु बनाएको भूकम्पका कारण महामारी फैलने जोखिम पनि बढेको छ । मरेका चौपाया जथाभावी फालिएका कारण गाउँ दुर्गन्धित भएको छ ।
मरेका चौपायाको व्यवस्थापन समस्या बनेकै छ त्योभन्दा बढी बाँचेकालाई बचाउन मुस्किल परेको स्थानीयको भनाइ छ । बूढीगण्डकीमा मरेका पशु चौपाया फालिएका कारण उक्त नदीको पानी पिउन अयोेग्य भएको छ ।
भूकम्पपछि कतिपय पुराना पानीका मूल सुकेका छन् भने कतै नयाँ मूल फुटेका छन् । भग्नावशेष उत्खनन गर्न र नयाँ घर बनाउनका लागि पनि श्रमिक नपाइँदा थप समस्या भएको तथा गाउँमा सामाजिक भावना हराएको छ । खुला आकाशमुनि बसिरहेकाको एउटै माग छ– बस्नका लागि पाल र खानका लागि चामल ।

काठमाडौं (अन्नपूर्ण) : भूकम्पपछिको संकटबाट 'प्रभुले उद्धार गर्छन् भन्दै धर्मप्रचारकहरूले घाइतेहरूलाई जबरजस्ती बाइबल बाँड्न थालेपछि पाटन अस्पतालका डाक्टरहरूले शुक्रबार कडा प्रतिरोध गरेका छन्।
'अहिले घाइतेहरूको आवश्यकता औषधि र उपचार हो, त्यसमा व्यवधान नपुर्याउनुहोला', पाटन अस्पतालका डाक्टरहरुले यस्तो चेतावनी दिएपछि धर्मप्रचारकहरू त्यहाँबाट निस्केका थिए।
पश्चिमी मुलुकहरूबाट राहत सामग्रीका रूपमा बाइबलसमेत आएको घटनालगत्तै प्रभावित क्षेत्र र अस्पतालहरूमा ठूलो संख्यामा बाइबल वितरण हुन थालेको छ।

पशुपतिनगर (इलाम) : इलामको पशुपतिनगर ८ रुङसुङका हरिप्रसाद खतिवडा १९९० माघ २ को महा भूकम्प जाँदा ११ वर्षका थिए। ८२ वर्षअघि भूकम्प जाँदा आफू गोठमा काम गर्दै गरेको सम्झन्छन् उनी, 'एक्कासि पहाड हल्लिन थाले।
मानिसहरू भूकम्प भन्दै कराउन थाले। आफू केटाकेटी भएकाले धेरै डर लागेको थियो। त्यो भूकम्पले हाम्रा गाउँका धेरै मानिसको घर भत्किए तर हाम्रो घर चर्कियो मात्र।'
९३ वर्षीय खतिवडाले भूकम्प गएको रात सम्झिए, 'त्यो रात हामी सबै परिवार र गाउँले घरबाहिर बस्यौं। बुबा घरमा हुनुहुन्थेन, आमामात्र हुनुहुन्थ्यो। गाउँमा पहिरो गयो। घरहरू लडे।'
'हाम्रो गाउँमा घर भत्के पनि मान्छे मरेका थिएनन्', खतिवडाले सुनाए, 'वरपरका गाउँमा धेरै मान्छे मरेको खबर आएको थियो।' त्यसबेला रेडियो थिएन। अहिलेजस्तो यति मरे उति मरे भन्ने हिसाब नै भएन। ऊ बेला ढुंगा र माटोका घर थिए। कति मान्छे पुरिएर मरे, कति भागदौडमा मरेको हल्ला आएको थियो।
८१ वर्षअघि महाभूकम्प जाँदा अहिलेजस्तो सञ्चारको सुविधा थिएन।
यहाँसम्म कि समय हेर्ने घडीसमेत थिएन। घाम हेरेर समय अनुमान गरिन्थ्यो। देशमा कसको शासन थियो, थाहा हुँदैन थियो। गाउँगाउँमा मुखियाले शासन गर्थे। मेरो घर बनाउनका लागि बुबाले एक मुरीको २५ पाथी पर्ने गरी ऋण लिनुभएको थियो।
'एकैपटक ठूलो भूकम्प गएकाले होला सबै कराएका थिए र फेरि आउँछ भन्ने हल्लाले कति दिन बाहिरै बितायौं। सानातिना भूकम्प आएका थिए तर तिनले कुनै असर गरेको थिएन। सानै भएकाले होला अरू खासै थाहा छैन', उनले भने।
सूर्योदय नगरपालिका ४ का ९२ वर्षीय जीवनाथ उपाध्याय पनि १९९० सालको महाभूकम्पका साक्षी हुन्। पहिलो ठूलो भूकम्प भोग्दा १० वर्षका रहेका उनले सम्झे, 'माघेसंक्रातिको दोस्रो दिन भएकाले बुबा मेलातिर जानुभएको थियो।
मेलाको भोलिपल्ट सस्तोमा सामान पाइन्थ्यो। घरमा हामी ठूल्दाइसँग थियौं। आँगनमा चोया काढ्न सिक्दै गर्दा सबैलाई निक्कै हल्लायो। हाम्रोमा केही भएन।'
पहाडमा ठूलो असर गरेको थिएन। 'नेपालको काठमाडौं र भारतको भागलपुरमा ठूलो हताहती भएको खबर आएको थियो। १९९७ सालमा काठमाडौं जाँदा त्यहाँ पुनर्निर्माणका काम हुँदै थिए', उनले भने, 'बाबाले सुनाएको, उहाँ मेलाबाट फर्किंदा हाम्रो छिमेकी गाउँ सुन्तलेको असलेमा भने आँखै अगाडि पहिरो गएको थियो।'
लक्ष्मीपुर २ सानो बर्दुका विष्णु भट्टराई १९९० को भूकम्प जाँदा ८ वर्षका थिए। उनको भने त्यसबेला हातगोडा लगलग काँपेका थिए। कहिल्यै चाल नपाएको भूकम्पको झट्काले उनको सातो नै गएजस्तो भएको थियो। 'गोठमा काम गर्दै थिएँ', उनले सुनाए, 'एक्कासि संसार नै हल्लिएको थियो।'
'कतै कोही मरेको चाल पाइनँ। सबै चिच्याएका थिए। उसबेला बाहिरका खबर पाउन गाह्रो थियो। केटाकेटी भएकाले वास्ता पनि गरिएन होला', उनले भने, 'अहिलेजस्तो डरलाग्दा हल्ला चलेका थिएनन्।
काठमाडौंमा निक्कै मान्छे मरे अरे भन्दै बाबा (रामलाल भट्टराई) ले कुरा गरेको सुनेको थिएँ। गाउँघरमा धेरै घर लडेका थिए। यसपटक भूकम्प आउँदा घरमै थिएँ।
केही भएन। पटकपटक आउँदा डर त लाग्यो नै तर भाग्यले बचायो। ४५ सालको भूकम्पले भने हाम्रो घर पूरै भत्काएको थियो। यो वर्ष केही भएन।'

काठमाडौं : गत शनिबारको विनाशकारी भूकम्पपछि वेपत्ता भएका पत्रकार सुमन बम्जनको शव भेटिएको छ । शनिबार बिहान ११ बजे महाबौद्धस्थित तीनवटा घरले पुरेको अवस्थामा उद्धारकर्मीले पत्रकार बम्जनको शव निकालेका हुन् ।
गोरखापत्र दैनिकका खेल पत्रकार बम्जनलार्इ प्युखास्थित डेरामा फर्कने क्रममा भूकम्पका क्रममा ढलेका घरले पुरेको थियो । बम्जन खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय समितिका अध्यक्षसमेत थिए ।
बम्जनले मकवानपुरबाट काठमाडौं आएर नेपाल एफएमबाट पत्रकारिता थालेका थिए । उनी चार वर्षअघिबाट गोरखा पत्र दैनिकमा ४ वर्षदेखि खेल पत्रकारका रुपमा कार्यरत थिए ।
भग्नावशेषबाट निकालिएको बम्जनको शव अन्तिम संस्कारका लागि शनिबारै उनको गृहजिल्ला मकवानपुर लाने तयारी गरिएको छ ।