११ जेठ, काठमाडौं । महिला उद्यमीहरुले काभ्रे कुशादेवी घट्टेडाँडाका भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरेका छन् । सौन्दर्य कला व्यवसायी संघ र नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी समितिको संयुक्त पहलमा राहत वितरण गरिएको हो ।
कुशादेवीका ४५ परिवारलाई खाद्यन्न तथा लुगाफाटा वितरण गरेको महिला उद्यमी समितिकी सभापती कमला श्रेष्ठले जानकारी दिइन् । पीडित परिवारलाई चामल, दाल, तेल, नुन, बिस्कुट, जुस, झुल, त्रिपाल, ब्लाङ्केट, साबुन, फिनेल, अस्थाई ट्वाइलेट, लुगाफाटा लगायत प्रदान गरेको उनको भनाई छ ।
‘राजधानीबाट नजिक भएपनि अहिलेसम्म उक्त गाविसमा ठूलो राहत सामाग्री पुग्न सकेको रहेन्छ’ सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष समेत रहेकी श्रेष्ठले भनिन्- ‘हामी पुगेर राहत प्रदान गरेपछि स्थानियहरु निकै हषिर्त देखिए ।’
महिला व्यवसायीलाई राहत सामाग्री संकलन तथा वितरण गर्नका लागि नेपालसाइटका सञ्चालक निश्चल श्रेष्ठले सहयोग गरेका थिए । उनी भूकम्प गएपछि पीडितलाई सहयोग गर्न अमेरिकाबाट नेपाल आएका हुन् । राहत वितरणमा काभ्रे उद्योग वाणिज्य संघले ठूलो सहयोग पुर्याएको सभापति श्रेष्ठले बताइन् ।
यसका अलवा नवलपरासी, स्याङ्जा, रुपन्देही, मोरङ, धनकुटा, बिर्तामोड, काठमाडौं, पाटन, ललितपुर, काभ्रे, जनकपुर, जलेश्वर र बेलायतमा रहेका सौन्दर्य कला व्यवसायी संघका च्याप्टरहरुले राहत संकलनमा सहयोग गरेको बताइएको छ ।
बुढानिलकण्ठ स्कुल पूर्वविद्यार्थी समाजले त्रिपाल, गुरुनानक सात्सङ नेपालले लुगा तथा खाद्यन्न, क्यारेवियन एजुकेशन फायन्डेसनले अस्थाई ट्वाइलेट उपलब्ध गराएको श्रेष्ठले बताइन ।
www.onlinekhabar.com
एजेन्सी ।
आइतबार राति इण्डियन प्रिमियर लिग आइपिएलमा भारतीय कप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नाइ सुपरकिङ्ग्स मुम्बइसँग पराजित भयो । यो सँगै मुम्बइले चेन्नाइलाई फाइनलमा हराएको दोश्रो पटक हो ।
आइतबार आइपिएल फाइनल हेर्न धोनीकी पत्निसहित उनकी नावालिका छोरी र आमा समेत रंगशालामा पुगेका थिए । तर धोनीको टिम हार्दा उनीहरु निराश हुन पुगे ।
रंगशालामा रहेकी धोनीकी पत्नि त झण्डै आँशु झार्ने अवस्थामा पुगेका तस्विर यतिबेला भाइरल बनेका छन् ।

आफ्नो सम्बन्धमा टकराव आउन नदिन तथा आफ्नो जीवनसाथीलाई रिस नउठोस् भन्नका लागि महिला तथा पुरूषले बेला-बेलामा झुठो बोल्ने गर्छ । सकेसम्म आफ्नो जीवनसाथीलाई पिडा नदिन तथा कुनै विषेश अवस्थामा हुने अनर्थबाट बचाउन सामान्य खालका झुठहरू बोल्ने गर्छन् ।
उनीहरूको झुटको पछाडि हुने उदेश्य भनेको कसैलाई हानी नगर्ने र खराब अवस्था भए त्यसलाई सामान्य अवस्थामा ल्याउने नै हुन्छ । उनीहरू आफू असुरक्षित हुने अवस्थामा समेत झुठो बोल्ने गर्छन् ताकी उक्त असुरक्षित अवस्थाबाट उनीहरूले आफूलाई बचाउन सकुन् ।
झुठ बोल्न पुरूष होस् या महिला कसैलाई पनि सिकाइरहनु पर्दैन । आवश्यकता र अवस्था हेरेर दुवै झुठ बोल्न सिपालु हुन्छन् । पुरूष र महिलाबीच बोलिने झुठ विषेश गरी एक-अर्कालाई ठेस नपुर्याउनका लागि बढी प्रयोग गरिन्छ । अरूलाई ठेस नपुगोस् भनेर सानो झुठ बोल्न पुरूष तथा महिला दुवै सिपालु हुन्छन् ।
यसक्रममा यहाँ पुरूषहरुले महिलाको भावनामा ठेस नपुर्याउन र उनलाई आफूप्रति आकर्षित गर्न पुरूषले झुठ बोल्ने गर्छन् । पुरूषहरूले कस्ता कस्ता झुठ बोल्छन् भनेर केही समयअघि एक अध्ययन गरिएको थियो । बेलातमा गरिएको उक्त अध्ययनका क्रममा पुरूषहरू यदी विवाह अगाडि कुनै महिलासँग प्रेमसम्बन्धमा थिए भने उनीहरूले निकै धेरै झुठ बोल्ने गर्छन् । यी सबै झुठ पुरूषहरू महिलालाई आकर्षित गर्नका लागि गर्ने गर्छन् ।
थाहा पाऔ उनीहरूले बोल्ने झुठका बारेमा…
- मैले चुरोट छाडेः जब पुरूषहरूलाई कुनै महिलाले धुम्रपान गर्छौ भनेर सोधिन् भने पुरूषले दिने उत्तर सधै गर्दिन भन्ने नै हुन्छ । पुरूषलाई धुम्रपान गर्दै गरेको अवस्थामा महिलाले भेटिन् भने महिलाले यसलाई कहिल्यै स्विकार गर्न सक्दिनन् । यस्तै, पुरूषले अर्को जवाफ पनि दिने गर्छन पहिले धुम्रपान गर्ने गर्थे तर तिमीलाई भेटेपछि छाडिदिए ।
- तिमी मोटी देखिन्नौः कुनै पुरूषले आफ्नो पत्नी या प्रेमीकाले म यो कपडामा मोटी त देखिएकी छैन् भन्ने प्रश्न गर्दा पुरूषहरू पहिले त चुप नै बस्छन् तर, महिलालाई खुसी गर्नका लागि पुरूषहरुले महिलालाई उक्त कपडामा मोटी नदेखिएको र निकै सुन्दर देखिएको समेत बताउँने गर्छन् ।
- मलाई तिम्रो हातको खाना मन पर्छः केहि महिलाले निकै नमिठो खाना बनाउने गर्छन् । तर उनका प्रेमी या श्रीमानले सकेसम्म उनीहरूलाई खुसी राख्नका लागि उनीहरुले बनाएको खाना निकै मिठो भएको बताउने गर्छन् ।
- तिमीलाई नै हेरिरहेको छुः आफ्नो जीवनसाथी या प्रेमीकासँग कतै घुम्न जाँदा या सपीङ गर्न जाँदा कहिलेकाही कुनै अन्य महिलालाई हेरिरहेका हुन्छन् । तर, जब यो थाहा पाएर आफ्नी प्रेमीका या जीवनसाथीले के हेरिरहेको भनेर सोध्छिन् तब पुरूषहरूले मैले अन्य कसैलाई होइन तिमीलाई नै हेरिरहेको हो भन्ने जवाफ दिन्छन् ।
- मैले तिमीभन्दा सुन्दर देखेको छैन्ः पुरुषलहरूले बोल्ने अर्को झुठ हो, आफ्नी प्रेमिका या जीवनसाथीलाई सबैभन्दा राम्रो या सुन्दर भन्नु । पुरूषहरू आफ्नो प्रेमीका या जीवनसाथीलाई खुसी राख्नका लागि सकेसम्म उनलाई अन्य भन्दा धेरै सुन्दर देख्ने गर्छन्

काठमाण्डौ । पोर्नस्टार तथा बलिउड हिरोइन सन्नी लियोनले आफुलाई घरनिकाला गरिएको समाचार गलत भएकोबताएकी छिन ।
उनले घर मालिक सेलिना जेट्लीले फ्ल्याटमा बस्न नदिई घर निकाला गरेको खबरलाई अफवाह भएको बताएकी छन् ।
उनले आफुहरु विगत १ बर्षदेखि नै जुहुस्थित एक फ्ल्याटमा बस्दै आइरहेको र मिडियामा फैलिएको हल्ला गलत भएको उनले बताइन ।
केहि दिनअघि सन्नी र उनका पति डेनियर वेबर बस्दै आएको सेलिना जेट्लीको घरमा फोहर गरेको भन्दै घर निकाला गरिएको समाचारले निकै चर्चा पाएको थियो ।

सिन्धुपाल्चोक, जेठ ११ । एउटै पालमुनि दाजुभाइ, बुबाआमा र हजुरबुबासँगै सिन्धुपाल्चोक साँगाचोककी सीता तामाङ रात बिताउँछिन् ।
अरुबेला ठीकै भए पनि महिनावारी हुँदा उनलाई समस्या परेको बताइन् । तामाङले भनिन्, ‘‘कपडा कसरी फेर्ने, कसरी धुने, अनि कहाँ सुकाउने भन्ने नै ठूलो समस्या छ ।’ महिनावारी हुँदा लगाएको कपडा विमलाले पहिले घरभित्रै सुकाउँथिन् जुन काम उनलाई निकै अप्ठ्यारो लाग्थ्यो ।
तर उनले गाउँमा किशोरी तालिम लिएपछि बाहिर सुकाउन थालेको बताइन् । सामान्य अवस्थामा घरमा बस्दा उनलाई कुनै समस्या थिएन । तर, भूकम्पले घरबार नै बाँकी नराखी लगेपछि महिनावारी हुँदा तनाव बेहोर्नुपरेको उनले गुनासो गरेकी छिन् ।
तामाङको भन्दा फरक अनुभूति छैन ६ जनाको परिवारमा पालमुनि सँगै बस्दै आएकी १८ वर्षकी निर्मला गिरीको । ‘पाल छाडेर अन्त जान पनि सक्ने अवस्था छैन्, निकै समस्या परेको छ,’ उनले भनिन्, ‘समस्यै समस्या छ । कसरलाई सुनाउने कसलाई भन्ने निक्कै तनाव हुन्छ ।’
भूकम्पका कारण घर गुमाएकाहरु सामूहिक रुपमा पालमा बस्दै आएका छन् । अन्य विषयको व्यवस्थापन सामान्य रुपमा भएपनि महिनामारी भएको समयमा भने किशोरीलाई धेरै समस्या हुने गरेको
नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

एस पी रिमाल
स्वर्गीय डा. रञ्जना
प्रिय बहिनीहरु,
यी शब्द रञ्जनाले देखेका हरेक सपनालाई साकार पार्ने अठोटका लागि आँशुका थोपाले लेख्दैछौं हामी ।
समय र प्रकृति साह्रै निर्दयी भएको यस कठोर घडीमा तिमीहरुका कोमल मनमा कति ठूलो बज्रपात प¥यो होला, आंकलन गर्ने शक्ति हामीहरुसँग छैन ।
मानसिक रुपमा ठूलो आघात पुगेर मन बिचलित होला । हृदय भक्कानो छाडेर रोइरहेको होला । आँखाबाट आँशु निरन्तर खसिरहेको होला ।
पानीरुपी आँशु सकिए होलान् । ‘एेया’ गर्दा सम्झिे बाबा तथा ममतामयी आमा गुमाएके अनुभव भइरहेको होला । पढाइ लेखाई र पालन पोषण गर्ने अभिभावक गुमाएको महशुस भइरहेको होला । लाग्छ त्यस्तै, हुन्छ पनि त्यस्तै । किनकि तिमीहरुले आधारस्तम्भ ढलेको छ । हाम्रो पनि प्रिय साथी गुमेको छ । हाम्रा आँखामा आँशु थामिएका छैनन् भने तिमीहरुको के हालत होला ।
शोकको यो घडीमा हामी झन् बढी संयमित हुनुपर्छ । कर्तव्य तथा लक्ष्यलाई उच्च आत्मबलका साथ अगाडि बढाउनु पर्दछ । चुनौतिको सामना तथा कर्तव्यको परीक्षा यस्तै घडीमा हुन्छ मानव जातिको ।
बहिनीहरु, प्रकृतिले कयौं पटक क्रुर र निर्दयी निर्णय सुनाउँछ, तानाशाहले भन्दा चर्काे । त्यससलाई स्वीकार्नु बाहेकको विकल्प नै दिँदैन । आत्मसात गर्नु सिवाय अन्य केही रहँदैन ।
जाने मान्छे गएपछि फर्केर आएको छैन र कठोर मनले स्विाकार्नुपर्छ, तिमीहरुकी ममतामयी दिदि र हाम्री प्रिय साथी पनि फर्केर आउँदिनन् । तर, मानव जातिले युगौँदेखि त्यस्ता व्यक्तिहरुलाई भावनात्मक रुपमा सदैव जिवित राख्ने अनेकन प्रयास गरेको छ । त्यसैले त हामी मानव अरु प्राणी भन्दा भिन्न छौं ।

तिमीहरु तिनै जना बहिनीहरुलाई तिम्रा लक्ष्यमा पुग्नका लागि रन्जना हरेक पल संघर्षरत रहिन् जुन जग जाहेर छ । हरेक क्षण आफ्ना कैयन इच्छा तथा आकांक्षालाई हाँसीखुशी तिलान्जली दिदैं तिम्रा सपनाहरुको रक्षा गरिन्, जगेर्नाे गरिन् । इच्छाएको बिषयमा स्नातकोत्तर गर्ने एक चिकित्सकको ठूलो सपना र कठोर तपस्या हुन्छ । तर, तिम्रा सपनामा क्लेश भरको अङ्कुश नलागोस ।तिमीहरुलाई निःसन्देह, बिना रोकटोक आफ्नो सपनाको बाटोमा लम्किन मिलोस् भन्ने अभिप्रायले बिना संकोच इच्छाएको विषय नपढेर परिवर्तन गरिन् होला उनले ।
आज उनको भौतिक शरीर छैन , तर उनको सपना पूरा गर्नुपर्ने कर्तव्य यही बज्रपातको बिचमा ठिङ्ग उभिएको छ ।
हामी तिम्री मामातामयी र कर्तव्यनिष्ठ दिदीलाई फर्काउन त सक्दैनौं तर उनका हरेक आशा, इच्छा तथा आकांक्षालाई तिमीहरुको माध्यमबाट पूर्ण गराउन तिमीहरुसँग हरेक पाइलामा सदैव साथ छौं र रहनेछौँ । उनको सपना पूरा गर्न र गराउन हामी कुनै कसर बाँकी राख्ने छैनौ ।

तिमीहरु पनि त्यो उचार्इमा पुग्नु जुन उचार्इ उनको सपना थियो । जुन उचार्इमा पुर्याउन उनले अहोरात्र मेहनत गरेकी थिइन् । र, तिमीहरुलाई जुन उचार्इमा पुर्याउन उनले आफ्ना कैयन सपना हाँसी हाँसी तिलान्जली दिएकी थिइन् ।
समयसँगै बहँदै जाँदा दृढताका साथ कर्तव्यनिष्ठ हुँदै जब तिमीहरु उनले कल्पेको उचार्इको बिन्दुमा पुग्नेछौ, यो समाज र देशका लागि केही गर्नेछौ । अनि मात्र सही अर्थमा उनीप्रति श्रध्दा सुमन हुनेछ। उनको अभिभावकत्वको उच्च सम्मान हुनेछ । उनको आत्माले शान्ति पाउनेछ । यस कठिन घडीमा निरुत्तर रहेको प्रश्नको उत्तर निस्कनेछ ।यतिबेला उनी छैनन् तर उनको आत्माले हामीमाथि ठूलो जिम्मेवारीको आशा गरेको छ ।
स्तब्ध तर कर्तब्यबोध सम्पूर्ण जुनियर रेजिडेन्ट दाजु तथा दिदीहरु
विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
एस पी रिमालको फेसबुकबाट
swasthyakhabar.com

यदि तपाई पुरै रात निदाउनु हुन्न भने यस्तो खाना खानुस जसले तपाई आनन्दको निन्द्रा लाग्दछ।
अक्सफोड यूनिभर्सिटिमा गरिएको खोजका आधारमा ओमेगा ३ फ्याटी एसिड युक्त खाना खानाले निन्द्र नलाग्ने समस्या हराउँदै जान्छ। ओमेगा ३ फ्याटि एसिड युक्त खाना जस्तै काउली,भटमास, ओखर, तोफु ,पालुङगो, ब्रोकाउली,स्ट्रबेरी आदि खानु पर्दछ ।
खोजमा बच्चाहरुमा गरिएको परिक्षणका आधारमा ३ फ्याटि एसिड युक्त खाना खुँवाउदा ब च्चाहरु भुसुक्कै निदाएका थिए । यसको आधारमा खोजले के पत्ता लगायो
भने ओमेगा ३ फ्याटि एसिड युक्त खाना र निन्द्रमा गहिरो सम्बन्ध छ । खोजका अनुसार यहि फ्याटि एसिड युक्त खाना खानाले निन्द्र सम्बन्धी हुने समस्या तुरुन्तै सुल्झिने छ।

पछिल्लो समयमा अधिकाँश मानिस कपाल झर्ने समस्याबाट पीडित छन् । मौषमको बदलीसँगै कपाल झर्ने समस्या बढ्छ ।
जाडो मौषममा कपाल झर्ने समस्या विकराल नै हुन्छ । यहाँ कपाल झर्नबाट रोक्ने उपायको चर्चा गरिएको छ ।
तातो पानीले नधुनुस्
कपाल नुहाँउँदा तातो पानी प्रयोग नगर्नुस् । तातो पानीले कपाललाई रुखो तुल्याउँछ र झर्ने समस्या बढाउँछ । चिसो मौषममा तातो पानी प्रयोग गर्नै परेपनि मनतातो मात्र प्रयोग गर्नुस् कपालका लागि राम्रो हुन्छ ।
तेल लगाउनुस्
कपाल झर्छ भने नियमित तेल लगाउने बानी गर्नुस् । तेल लगाइसकेपछि कपाल नुहाउने समयमा राम्रो कण्डिसनर पनि प्रयोग गर्नु राम्रो मानिन्छ । यसले कपालको नमीलाई कायमै राख्छ ।
कपाल कोर्दा पनि तेल प्रयोग गर्नुस्
तपाइँले कपाल कोर्दा विभिन्न तेलहरुको प्रयोग गर्नु भो भने यसले कपाल झर्न दिँदैन ।
भिटामिन खानुस्
कपालका लागि भिटामिन डी महत्वपूर्ण हुन्छ । यसका लागि विभिन्न ओमेगा 3-6, केराटिन, बायोटिन युक्त खाना खानु पर्छ । दूध, अण्डा, माछा सिमी, ब्रोकलीस रेड मीट आदिको सेवन राम्रो मानिन्छ ।
केरा सेवन गर्नुस्
स्वस्थ कपालका लागि केराको सेवन राम्रो मानिन्छ । केरामा मह, नीम वा जैतुनको तेल मिलाएर कपालमा लगाउने र ३० मिनेटपछि सफा गर्ने गर्दा फाइदा हुन्छ । यसले चायाँ पनि हटाउन मद्दत गर्छ ।

बैबाहिक जीवनको शुरुवातमा जोडीहरुमा जुन यौनिक उत्साह देखिन्छ । त्यो विस्तारै कम हुँदै जान्छ । र यही यौन उदासिनताका कारण कतिपय जोडीमा असन्तुष्टी बढ्दै जाने र सम्बन्ध नै विग्रने समेत हुन्छ ।
खासमा यौन चाहाना कम हुँदै जानुमा शरीरमा विशेष हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरु बताउँछन् ।
यदि खानामा निम्न कुराहरुलाई नियमित समावेश गर्नु भो भने तपाइँको यौन क्षमता सधै सन्तुलित रहन्छ । जानिराखौं यौन इच्छा बढाउने खानाहरुः
खुर्सानीः
हरियो, रातो वा कालो खुर्सानी नियमित सेवन गर्नाले सेक्स ड्राइभलाई सँधै ताजा राख्छ । खुर्सानको सेवनले शरीरमा एण्डोर्फिन नामक रसायन बढ्छ र यौन चाहाना पनि सँधै ताजा रहन्छ । यौनिक क्षमता बढाउन खुर्सानी उपयोगी हुने चिकित्सकहरुको भनाइ छ ।
बटर पपकर्नः
नौनी हालेको पपकर्नको सेवनले पनि यौन क्षमतालाई कायम राख्ने अध्यनले देखाएको छ । यसले यौन क्षमता बढाउन सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् । स्मेल एण्ड टेष्ट ट्रीटमेन्ट एण्ड रिसर्च फाउण्डेसनको सोधले एक प्याक बटर पपकर्न सेवनबाट पुरुषको शरीरको तल्लोभागमा ९ प्रतिशतले रक्त सञ्चार वृद्धी हुन्छ ।
केराः
सरीरमा सेक्स हर्मोन कायम राख्नका लागि केरा निक्कै उपयोगी मानिन्छ । यसले शरीरमा स्ट्रेस घटाउन र हर्मोन बढाउन अहम भूमिका खेल्न चिकित्सकहरु बताउँछन् । त्यसै गरी केरा सेवन गर्दा यसमा हुने ब्रोमेलाइन नामक इन्जाइमले पुरुषमा कामेच्छा बढाउने बताइन्छ ।
अनारः
अनार पनि यौन सन्तुलन कायम राख्न उपयोगी फल हो । पुरुषमा हुने उत्तेजनाहिनको समस्या इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बँच्न अनार निक्कै उपयोगी मानिएको छ । अनारको सेवनले शरीरमा रक्त सञ्चार बढाउँछ भने एन्टीअक्सीडेन्ट्स कोशिकालाई सुरक्षित राख्छ ।
खरभुजाः
खरभुजा यति उपयोगी हुन्छ भन्दा तपाइँलाई अचम्म लाग्ला । तर यसले भियाग्राले भन्दा कम प्रभावकारी काम गर्दैन । खरभुजामा सिट्रयूलाइन नामक तत्व हुन्छ जसले शरीरमा रक्तसञ्चार बढाउँछ र कामेच्छा पनि वृद्धी गर्छ ।
लसुनः
लसुन पनि यौन क्षमता वृद्धीका लागि निक्कै राम्रो खाना हो । यसमा सेक्स ड्राइभ बढाउन तत्व एसिलिन हुन्छ र यसले यौन क्षमतामा सन्तुलन राख्न सहयोग गर्छ ।
रेड वाइनः
शोधकर्ताहरुका अनुसार रेडवाइन पनि यौन क्षमता वृद्धीका लागि उपयोगी छ । यसले महिलामा कामेच्छा बढाउँछ भने मांसपेसीमा हुने तनाव कम गर्छ । यसले मुड फ्रेस राख्ने र रक्त सञ्चार बढाउने हुँदा सेक्स ड्राइभका लागि अत्यन्तै उपयोगी छ ।

सोशल नेटवर्किङ साइट फेसबुकले आफ्ना युजर्सको लागि अर्को एक नयाँ फिचरको घोषणा गरेको छ। नयाँ फिचरको माध्यमबाट फेसबुक युजर्सले नाम बिना पनि (एनोनिमस लग इन) को प्रयोग गर्न सक्नेछन।
फेसबुकमा व्यक्तिगत सूचना बिना नै यो एप्लिकेशन प्रयोग गर्न सकिनेछ । कुनै पनि एप्लिकेशनमा फेसबुकको माध्यमबाट बिना कुनै जानकारी लग ईन गरी चलाउन सकिनेछ।
बितेका केही वर्षदेखि फेसबुकले एपलिकेशन बनाउने तेस्रो पक्षलाई प्रोत्साहित गर्दै आइरहेको छ जसले आफ्नो परिचय बिना नै एप्लिकेशनलाई एक्सेस गर्ने अनुमती दिने गर्छ।
फेसबुकले दिएको जानकारी अनुसार फेसबुक युजर्स ‘लग इन विद फेसबुक’ बटनबाट अहिले पनि कयौं एप्स प्रयोग गर्न सक्छन तर यी एप्सलाई फेसबुक युजर्सको परिचय र जानकारी दिनु पर्ने हुन्छ।
यसरी बिना जानकारी लग इन गर्दा युजर्सको जानकारी फेसबुकसँग त रहन्छ तर प्रयोग गरिएको एप्ससँग चाहि हुने छैन।

काटमाडौं । बैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदिहरु पक्रिन थालेका छन् । भूकम्प आएको समयमा चौका ठानेकाहरु समातिने क्रममा डन सगुन श्रेष्ठ एक महिनापछि पक्राउ परेका हुन् । अपहरण मुद्दामा थुनामा रहेका उनी जेल भत्किएपछि भागेका थिए ।
इमाडोलबाट महानगरीय अपराध महाशाखाले उनलाई आइतबार पक्राउ गरेको छ । सिन्धुपाल्चोकका व्यवसायी जीवन श्रेष्ठको अपहरण मुद्दामा उनी पक्राउ परेका छन् ।
अपराध महाशाखाले नै ८ महिनाअघि उनलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई आर्थिक प्रभावमा पारी उनी अदालतमा आफुविरुद्धको मुद्दा कमजोर बनाई छुट्ने योजनामा बनाएका थिए ।
उनीसँगै जेलबाट भागेका अर्का कैदी पुष्पराम श्रेष्ठ पनि पक्राउ परेका छन् । भूकम्पबाट जेल भत्किएपछि सिन्धुपाल्चोकका २ सय १६ जना कैदी भागेका थिए ।
केही सम्पर्कमा आएकाछन् । त्यसै गरि जेल भत्किएपछि भागेका भारतीय नागरिकलाई दिल्ली प्रहरीले भारतमै पक्राउ गरीसकेको छ । - See more at: http://www.newsabhiyan.com

२०७२ जेठ १० गते
काठमाडौं, १० जेठ । म्याग्दीको उत्तर बैसरीमा पहाड खस्दा आज विहान १ः४५ बजेदेखि थुनिएको कालिगण्डकी नदी साँझ करिव ५ बाट बग्न शुरु गरेको छ ।
चट्टानी पहिरोले थुनिएको कालिगण्डकी अकास्मात फुटेर बग्न शुरु गरेको हो । उक्त नदी अहिले बेनी बजार पार गरिसकेको छ । कालीगण्डकी फुटेर आएपछि बेनी बजार लगाएको ठाउँमा भागदौड मच्चीउको थियो ।
कालीगण्डकी नदी वर्खामा आउँने नदी भन्दा पनि तीन गुणा ठूलो भएको पत्रकार प्रताप वानियाले बताए । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
स्रोत - दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । चाडपर्व होस् वा उत्सव, विदेश भ्रमण नेपाली कलाकारको लागि अवसर मात्र नभएर आर्थिक स्रोतको माध्यम हुँदै आएको छ।
त्यस्तै अवसर पाएर गायिका अन्जु पन्त, नायिका प्रियंका कार्की र गायक शिव परियारको समूह वेलायतको विभिन्न सहरमा कार्यक्रम गरी फर्किएको छ। नयाँ वर्षको अवसर पारी बि.जे.जी. ग्रुपले आयोजना गरेको सो कार्यक्रममा दर्शकको उपस्थिति भने न्यून रह्यो।
नेपालमा गएको महाभूकम्पको असर कार्यक्रममा प्रत्यक्ष पर्यो। कार्यक्रमको पूर्व तयारी भइसकेकाले कार्यक्रमलाई स्थगित नगरी भूकम्प पीडितको सहयोगार्थ कार्यक्रम गरिएको थियो। वेलायतको विभिन्न शहरमा आयोजित ५ ठाउँबाट संकलित ५ लाख रुपैयाँ भूकम्प पिडितलाई सहयोग गरिने भएको छ।
साथै गायिका अन्जु पन्तले कार्यक्रमबाट आएको सम्पूर्ण पारिश्रमीक पीडितहरुलाई दिने बताएकी छिन् र गायक शिव परियार तथा नायिका प्रियंका कार्कीले पनि नेपाल फर्किए लगतै राहत तथा उद्धामा खटिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
वेलायत बसाईको क्रममा नायिका प्रियंका कार्कीले डिजाइनर अन्जली केसीको आउटफीटमा फोटो शुट गर्न भ्याइन् भने अन्जु पन्तले पनि आफ्नै स्वर रहेको निप्रेश उप्रेतीको खुसी एल्बममा समावेश एक गीतको भिडियोमा अभिनय गरेकी छिन्।बि.जे.जी. ग्रुपले यसअघि मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा गरेको कार्यक्रम अत्यधिक सफल भएको थियो।
स्रोत : कला सेतोपाटी

कावासोती : पहिरोले म्याग्दीमा कालीगण्डकी थुनेपछि गण्डक नहरका सबै ढोका खुला गरिएको छ ।
जुनसुकै बेला थुनिएको स्थान फुट्न सक्ने हुँदा गण्डकका ढोका खुला राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । म्याग्दी राम्चेको काफलडाँडामा गएको पहिरोले कालीगण्डकी थुनेको छ ।
कालीगण्डकी नदी फुट्दा पहाडी गाविस रकुवा, डेढगाउँ, मिथुकरम, भारतीपुर, बुलिङ्टार ,डाँडाझेरी, कोटथर र रतनपुरका तटीय बस्ती जोखिममा परेको भन्दै सुरक्षित हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताए।
कालीगण्डकी नदी देवघाटमा मिसिँदा नारायणी नदी उर्लन सक्ने भएकाले गैँडाकोटदेखि त्रिवेणी सुस्तासम्मका २० गाविसका बासिन्दालाई सर्तक हुन आग्रह गरिएको छ ।
नारायणी नदी आसपासका बासिन्दाका साथै भारतको विहार र उत्तर प्रदेशमा पनि यसको असर पर्नसक्ने भएकाले भारतलाई समेत जानकारी गराइएको उहाँले उल्लेख गरे ।
गण्डक नहरका ढोका बन्दहुँदा ताल बन्नसक्ने र त्यसले पक्लिहवा, त्रिवेणीसुस्ता, कोल्हुवा, नारायणी, पिठौलीमा असर पार्ने भएको ३६ वटै ढोका खुला गरिएको छ ।
अहिले नदी किनारका बासिन्दालाई सर्तक रहन आग्रह गर्दै नदी किनारमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार अहिले विभिन्न टोली नदी किनारमा पुगेर स्थानीयलाई सर्तक रहन आग्रहसहित माइकिङ गरिएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानीय सञ्चारमाध्यममार्फत सूचनासमेत जारी गरेर सर्तक रहन आग्रह गरेको छ । रासस
annapurnapost.com

काठमाडौं : आइतबार पनि भूकम्प जाने क्रम जारी छ। आइतबार बिहानदेखि दिउँसो १ बजेसम्म चारपटक भूकम्पको धक्का महुसुस महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो १२.५५ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प गएको छ। यसअघि सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु भएर
११.४६ बजे ४.२ म्याग्निच्यूट, १०.३८ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूट र बिहान ७.०६ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।
वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यी धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। शनिबार नेपालमा दुईपटक भूकम्पको धक्का महसुस भएको थियो।
शुक्रबार मात्रै नेपालमा ६ पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ७.१९ बजे हुम्ला केन्द्र भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो।
बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ।
वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४.० म्याग्निच्यूडभन्दा माथिका २ सय वटा परकम्प गएका छन् ।
४.० म्याग्निच्यूडभन्दा मुनिका परकम्पलाई केन्द्रले आफ्नो रेकर्डमा राख्ने गरेको छैन। त्यस्ता साना परकम्प त हजारौंपटक गएको केन्द्रले जनाएको छ।

१० जेठ, काठमाडौं । जर्मनी प्रोफेसर तथा विश्वका चर्चित भूगोलविद एवं हिमनदी सम्बन्धी ज्ञाता डा.माल्थियस कुहले अब संसारमा रहेनन् । आफ्नो ६७ औं जन्म दिन मनाउन ६ दिनमात्रै बाँकी रहँदा बैशाख १२ गतेको भूकम्पमा परी कुहलेको निधन भएको छ ।
हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनबारे अध्ययन गर्न कुहले जर्मनबाट विद्यार्थीहरु लिएर नेपाल आएका थिए । भूकम्पका बेला उनी गोरखामा थिए, जहाँ उनको निधन भयो । उनीसँगै उनका केही विद्यार्थीहरुको पनि निधन भयो ।
प्रोफेसर कुहलेले नेपाल लगायत तिब्बत र मध्य एशियाको हिमालय क्षेत्रमा लगातार ३० वर्षसम्म अध्ययन गरेका थिए । उनले नेपालको मर्स्याङ्दी। सेतीलगायतका नदी र त्यसक्षेत्रको वातावरणीय प्रभावबारे लामो अनुसन्धान गरेका थिए ।
एशियाको हिमाली क्षेत्र र यहाँका हिमनदीको आयुबारे लामो अनुसन्धानमा लागे कुहलेको जीवन अन्ततः नेपालकै भूमिमा हुन पुग्यो ।
उनले गरेको अध्ययन र अनुसन्धानले नेपालको हिमाली क्षत्रेमा आइपर्ने विपत्तिबारे अध्ययन गर्न हामीलाई महत्वपूर्ण सन्दर्भ सामाग्री दिएको प्राध्यापक कुलप्रसाद लिम्बु बताउँछन् ।
‘मैले गत साल जर्मनीमा आयोजित एक कार्यक्रममा कुहलेसँग भेटेको थिएँ, लिम्बुले अनलाइखबरसँग भने- ‘त्यहाँ उनले नेपालको हिमाली क्षेत्रमा कसरी वातावरणीय परिवर्तन भइरहेको छ भन्नेबारे व्यास्था गरेका थिए । वास्तवमा उनी हिमनदीको भू-आकृति सम्बन्धी वैज्ञानिक हुन् ।’

शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक– यी सबैको समस्वर स्थितिलाई स्वास्थ्य भनिएको हो । आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्नु स्वास्थ्य हो । जब यो स्थितिको सन्तुलन बिग्रिन्छ, प्रथमतः हाम्रो शरीरमा यसको असर देखिन्छ र विस्तारै यो असन्तुलनले मन अनि भावनामा पनि प्रतिकूल असर गर्न थाल्छ । यसबाट तनावको अवस्था सिर्जना हुन थाल्छ ।
मानव सामाजिक प्राणी भएकाले यो तनावले हाम्रो मनोवैज्ञानिक स्थितिलाई पनि भित्रभित्रै हल्लाउन थाल्छ, मक्काउन थाल्छ । यसले हाम्रो सोच्ने तरिकामा पनि प्रतिकूल असर गर्ने हुनाले वरिपरिको वातावरण र अन्य मानिससँगको हाम्रो सम्बन्ध वस्तुगत र तार्किक नभई एक अज्ञात डर र भयद्वारा निर्देशित हुन थाल्छ ।
प्रकृतिमा अनेक किसिमका घटना हुन सक्छन् । त्यसका बारेमा हामीलाई पूर्वज्ञान हँुदैन । जस्तो ः बाटोमा हिँड्दा हिँड्दै एक्कासी सर्प अगाडि देखियो भने पछाडि हुत्तिइन्छ । कुनै हिंस्रक जनवारले आक्रमण गर्न खोज्दा ज्यान जोगाउन जोडले भागिन्छ । त्यस बेला सामान्य स्थितिमा नाघ्न नसकिने खाल्डो नाघ्न सकिन्छ । प्रकृतिले यस्तो घटनाबाट जोगिन हामीभित्र भिड्ने वा भाग्ने आन्तरिक क्षमता दिएको छ । ज्यानै खतरामा परेको यस्तो संकटकालमा मुटुको धड्कन आफैं बढ्छ, मुटुले बढी रगत पम्प गर्छ । पेटका धमनीहरु खुम्चिन्छन्, आँखाको नानी ठूलो हुन्छ, श्वास बढ्छ । मांसपेशी शक्तिशाली हुन्छन् । कलेजोबाट रगतमा ग्लुकोज छोडिन्छ । मस्तिष्क र शरिरको क्रियाकलाप बढ्छ ।
ध्यान विधि
ढाडलाई सीधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औंला र चोर औंलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौंं । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकि नरहेपछि विस्तारै श्वास छोडौं । यो दुई मिनेटसम्म लगातार गरौँ ।
त्यसपछि सेकेन्डको गन्तीमा १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । ५ सम्मको गन्तीमा आइपुगेपछि श्वासलाई भित्रै राखौं अनि मनमनै १, २, ३, ४, ५ गन्दै भित्रै श्वास रोकौं । फेरि १, २, ३, ४, ५ गन्दै श्वासलाई बाहिर फालौँ । फेरि मनमनै १, २, ३, ४, ५ गन्दै श्वास बाहिर फालेकै स्थितिमा रहौँ । फेरि १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । फेरि माथि उल्लिखित रुपले यही तरिकाले करिब १५ चोटी यसको अभ्यास गरौं ।
त्यो अभ्यासपछि आइरहेको गइरहेको श्वासलाई महसुस गरी शान्त बसौँ । विचारको आउनेजाने क्रमलाई हस्तक्षेप नगरी निरपेक्ष स्थितिमा ध्यानमा बसौं । यस्तो तीन मिनेटसम्म गर्न सकिन्छ ।
ड्ड गुञ्जन ध्यान– ढाडलाई सिधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औँला र चोर औँलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौँ । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकी नरहेपछि विस्तारै श्वास छाडौं । यो दुई मिनेटसम्म गर्न सकिन्छ ।
जिब्रोको पूरै माथिको सतहलाई तालुमा हल्का रुपले जोडौँ । विस्तारै ओठहरु बन्द गरी ह… म…को आवाजलाई ४–५ मिटरको दूरीसम्म सुनिने गरी भित्रभित्रै गुञ्जन गरौंं । यस्तो पाँच मिनेट गर्न सकिन्छ ।
यसबाट उठ्ने कम्पनहरु दुई दिशामा प्रवाहित हुन थाल्छन् । ह…म…को तरंग जिब्रोद्वारा मस्तिष्कतिरको दिशामा बहन थाल्छ भने कण्ठबाट तल हृदयतिर पनि बहन थाल्छ । यो अभ्यासको दौरान माथि मस्तिष्कतिर प्रवाहित गुञ्जनका कम्पनहरुले मनलाई शान्त बनाउँछन् भने तल हृदयतिर फैलिने कम्पनले भावनाहरुलाई सन्तुलित बनाउन मद्दत गर्छन् । यो ध्यानको विधि जहाँसुकै जुनसुकै बेला पनि आफ्नो सुविधा अनुसार प्रयोग गर्न सकिन्छ । सुत्नुअघि यो अभ्यास गर्नाले अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
वास्तवमा यो आत्तिएको अवस्थामा शक्ति उत्पादन गर्ने र खर्चिने (श्वासप्रश्वासको दर बढाउने) हाम्रो मस्तिष्कको भाग सक्रिय भएर आउँछ । खतरामुक्त स्थितिको बोध भएपछि यो शारीरिक ज्वार र कम्पन विस्तारै कम हुन्छ । हामी फेरि पुरानै अवस्थामा फर्किन थाल्छौं । यो स्वाभाविक प्रक्रिया हो ।
कहिलेकाहीँ घटनाहरु मनोगत हुन थाल्छन् । अर्थात् वास्तविक खतरा नभए पनि मनले त्यो खतराको कल्पना गर्न थाल्छ । अक्सर कुनै आघातको असर मनमा गहिरिएमा यस्तो हुन थाल्छ । कल्पना र अज्ञात भयको पनि आफ्नै खालको शक्तिशाली जैविक, शारीरिक, मनोवैज्ञानिक र संवेगात्मक प्रतिक्रिया हुनसक्छ । प्रत्येक पटक मनमा त्यो कल्पना आउनासाथ ज्यानलाई खतरा हुने वास्तविक घटनाले जस्तै मुटुको गति बढ्नेदेखि लिएर अनेकौँ शारीरिक प्रतिक्रिया र संवेग उत्पन्न हुन्छन् । यस्तो स्थिति लामो समयसम्म जारी रहेमा यसले अनेकौँ शारीरिक र मानसिक खतरा निम्त्याउँछ । तनावबाट सबैभन्दा पहिले रक्तचाप बढ्न थाल्छ, जुन स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । निरन्तर तनावले हृदयघात, मधुमेह, अनेकौँ खालका एलर्जी, पाचन प्रणालीको सन्तुलन बिग्रिने, अकारण डर लाग्ने, निद्रा नलाग्ने जस्ता दैनिक जीवनलाई सीधै असर पार्ने रोग देखिन थाल्छन् ।
यस्ता कल्पनाजन्य खतरा र भयबाट उत्पन्न तनावलाई समयमै नियन्त्रणमा ल्याउने कोसिस गर्नुपर्छ । वास्तविक खतराभन्दा पनि भविष्यको खतराको भय भयावह हो । वास्तविक खतरा छोटो समयका लागि हुन्छन् । मनोवैज्ञानिक डर सिर्जना हुन नदिने केही सामान्य उपाय अवलम्बन गर्न सकिन्छ । ज्यानलाई खतरा भएका बेला सुरक्षित स्थानमा सर्नु र बस्नु जति जरुरी छ, मनलाई शान्त राख्नु, धैर्य नगुमाउनु र सहयोगी भावना राख्नु पनि उत्तिकै जरुरी छ । एक्लै कुरा खेलाउने र धूमिल भविष्यको कल्पनामा गर्नाले रोग देखा पर्छ । शरीरको रोगसँग लड्ने क्षमता ह्रास हुँदै जान्छ ।
मनलाई शान्त राख्न गरिने अभ्यासले संकट आएका बेला छालका रुपमा आउने संवेगहरुलाई समुद्ररुपी चेतनामा समायोजित गर्न आघात निरोधकको काम गर्छ । अन्यथा सचेतन रुपले जवाफ दिन पर्ने स्थितिमा हामी अचेतन प्रतिक्रिया गर्न सक्छौं । जुन घातक हुन सक्छन् । शान्त मनमा दौडिने सकारात्मक भावहरुले संकट व्यवस्थापन गर्न मद्दत गर्छ । विज्ञानले जतिसुकै प्रगति गरे पनि अनेकौं प्राकृतिक विपत्ति हाम्रो नियन्त्रणमा छैनन् । यस्ता क्षति हामीले खेप्नैपर्छ । यस्ता विषम परिस्थिति हामी आत्तिनु पनि स्वाभाविक हो । तर, यस्तो परिस्थिति नभएका बेला पनि आत्तिरहनु र अरुलाई पनि अत्याइरहनु अस्वाभाविक हो । यस्तो समयमा मनलाई शान्त राखेर सम्भावनालाई पहिल्याउनु जरुरी हुन्छ ।
मनमा उठेका खराब संवेगहरुलाई शारीरिक व्यायाम, योग, सहयोगी र सुरक्षाको भाव, ध्यानले कम गर्न सकिन्छ । त्यस्तै नकारात्मक प्रकृतिका कुराकानीबाट जोगिने, आफूलाई स्थिर राखी उत्साही बन्ने प्रयासको अभ्यास पनि धेरै महत्वपूर्ण हुन्छ । प्रकृतिको नियतिलाई नकार्न सकिँदैन । तर, यसैमा अल्झिएर ऊर्जा खेर फाल्नु हुँदैन । योग गरौं । ध्यान गरौं । जुन सहज जीवनका लागि लाभदायी हुन सक्छ ।
(लेखक ओशो तपोवनका आवसीय ध्यान प्रशिक्षक हुन्)