काठमाडौं । भनिन्छ प्रेम अन्धो हुन्छ । तर, यो घटना हेर्दा ठ्याक्कै शब्दमा भनिएका अक्षरको भाव मिल्छ ।
मिररका अनुसार, अमेरिकाको जर्जियाकी लीसा क्लार्क (३५) को जीवन दुःखमा थियो । उनको १५ वर्षको छोरा पनि छ । उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी महिला हुन् ।
त्यही बेला उनको आफ्नो छोराको साथीसँग भेट भयो । छोराको साथीसँग लीसाको विस्तारै विस्तारै प्रेम बस्न थाल्यो नजिक हुन थाले । ती युवकले लीसालाई आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए । तर पछि लीसालाई थाहा भयो की अहिले पनि ती युवकको उमेर १४ वर्ष मात्रै रहेछ ।
लीसाका अनुसार जुन बेला दुबै प्रेममा परेका थिए त्यो बेला पुरै अन्धा थिए । भावनात्मक रुपमा एकदमै नजिक भए । र दुबैले शारीरिक सम्बन्ध पनि बनाए । त्यही क्रममा लीसा गर्भवती भइन् ।
जर्जियाको कानून अनुसार १५ वर्ष मुनिका बालबालिकासँग सम्बन्ध राख्न गैरकानुनी मानिन्छ । लीसा ती युवकसँग १५ वर्षमै विवाह गर्नै तयार थिईन् । युवकका परिवार पनि सहमत थिए । तर यो कुरा प्रहरीले थाहा पाएपछि १४ वर्षीय नाबालकसँग सम्बन्ध राखेको भन्दै लीसालाई पक्राउ गर्यो । एजेन्सी

काठमाडौं । पुर्व युवराज पारस शाहले भुकम्पलाई महान् भनेपछि क्षमा माग्नुपरेको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा महा भुकम्प लेख्न खोजेकोमा महान भुकम्प लेखेपछि त्यसका बारेमा टिका टिप्पणी भएको थियो ।
पारस स्वयंले उक्त गल्ती भुलवस भएको उल्लेख गर्दै अर्को स्टाटस लेखेका थिए ।
पारसले नेपाली भाषा साहित्यलाई मायाँ गर्ने सबै प्रति धन्यबाद दिँदै नेपालमा हुने कतिपय क्रान्ति पनि महान् क्रान्ति नभै महा क्रान्ति भएको बताएका छन् ।
www.nepalsandesh.com

काठमाडौं । बैशाख १२ मा गएको महाभुकम्पपछि पनि लगातार आइरहेको पराकम्पनले गर्दा यतीबेला आम नेपाली त्रासमा बाँचीरहेका छन् ।
अब के हुन्छ भन्ने विषयमा सबै अन्यौलग्रस्त त छन् नै । यस बीचमा जेष्ठ ५ गते प्रलय हुने भन्ने हल्ला चलेपछि यतीबेला थप अन्यौलता श्रृजना भएको छ ।
ज्योतिषहरुले नै नेपालमा थप प्रलय हुनसक्ने भन्ने प्रचारबाजी गर्न थालेपछि आम मानिसहरु थप त्रासमा बाँच्न बाध्य भएका छन् । यस्तोमा जेष्ठ पाचमा प्रलय हुने भन्ने हल्लाका बारेमा ज्योतियाहरु पनि मुछिएका छन् ।
सर्बसाधारणमा देखिएको त्रासका बारेमा नेपाल सन्देशसँग टेलिफोनमा कुरा गर्दै ज्योतिष पण्डित विहंगमराज तिमिलसेनाले भने प्रलयको कुनै सम्भावना नरहेको दाबी गरे ।
उनले गुरु बृहस्पती दाहीना रहेको र राशि स्वामि मंगल रहेकाले शनिको सामना गर्नसक्ने शक्ति रहेको बताए ।
उनले ग्रह र राशिको संयोजन हेर्दा मंगलले नराम्रो समयलाई पनि नियन्त्रण गर्नसक्ने देखिएकाले नआत्तिकन बस्न आम नेपालीलाई आग्रह समेत गरे ।
अब शान्ति र स्थायीत्वतर्फ मुलुक अघि बढ्ने भन्दै तिमिलसेनाले निकट भविष्यमा मुलुकका केही भुभागमा भने जल प्रकोप हुनसक्ने बताए ।
ज्योतिष तिमिलसेनाले तरलतामा गुम्सिएको पोइजनहरु कम्पन भैसकेकाले अब कुनै समस्या नहुने बताए । उनले १९९० साल देखि अहिलेसम्मको भुगर्भको अध्ययन र ज्योतिषशास्त्रीय अध्ययनले अर्को प्रलयको सम्भावना नरहेको बताए ।
तिमिलसेनाले राष्ट्रहितकालागि तान्त्रीक पुजा आवश्यक रहेको भन्दै दश महाविद्याको साधना गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं : नेपालमा सोमबार बिहान फेरि अर्को भूकम्पको धक्का महसुस भएको छ।बिहान ९.११ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
झन्डै १२ घन्टापछि भूकम्पको अर्को धक्का महसुस भएको हो। यसअघि आइतबार साँझ ८.४० मा बजे
दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प गएको थियो।आइतबार मात्रै नेपालमा तीन पटक भूकम्पको धक्का गएका थिए।शनिबार मात्रै नेपालमा नौ पटक भूकम्पको धक्का महसुस भएको छ।

विदेशको सहायता थापेर हाम्रो स्वाभिमान नघट्ला, तर बढ्ने छैन
मूलत: वैशाख १२ को प्रलयकारी भूकम्पपछि यसको क्षतिको वास्तविक लेखाजोखा अझै यकिन छैन। त्यसो त अझै पनि ५-६ रेक्टर स्केलवरिपरिका भूकम्प जाने क्रम जारी छ र सिंगो नेपाल भूकम्पको त्रासबाट अझै मुक्त भएको छैन।
यो त्रासले छोडेका घाउहरू नेपालमा एेतिहासिक तथ्यका रूपमा रहने छन् नै, यसले हाम्रो समाजमा एउटा दुश्चक्र नै पैदा गरेको छ।
स्वाभाविक छ, प्राकृतिक नियमअनुसार हामी ढिलो-चाँडो यो अप्ठ्यारो परिस्थितिको सामना गर्दै, थुप्रै पीडा र मनमा अथाह बेथाका साथ भए पनि अगाडि नबढी सुखै छैन।
अझ भनौं, शोक र क्षतिलाई शक्तिमा नबदलेसम्म हामीले यो दुश्चक्रबाट पार पाउने छैनौं। हामीले यो दुश्चक्रलाई पार गर्न सकेनौं भने हाम्रो र मातृभूमि दुवैको अस्तित्व संकटमा पर्न सक्छ।
त्यसैले हामी हाम्रो समाजलाई जतिसक्दो छिटो खरानीबाट ब्यँताउन सक्छौं, त्यति छिटो समृद्धिका बाटो हाम्राअगाडि चौडा बन्दै जानेछन्।
तर यो कार्य अवश्य अप्ठ्यारो छ। यसै पनि हाम्रा पूर्वाधार कमजोर र सीमित थिए, अहिले झन् कमजोर भएका छन्। हाम्रा हिजोकै शैली र गतिमा हिँड्यौं भने अहिलेको क्षति पूर्ति गर्न असभ्भवजस्तै हुनेछ।
देशको आवश्यकताले शैली र कामको गतिमा गुणात्मक परिवर्तनको अपेक्षा गरेका छन्। राजनीतिक र सामाजिक नेतृत्वले यो कुरा बुझ्नु आवश्यक छ।
त्यसैले पुनर्निर्माणको नेतृत्वका सन्दर्भमा कतिपयले सरकारको भूमिकालाई नस्वीकार्ने वा कमजोर पार्ने मनसाय व्यक्त गरेका छन्। यो प्रवृत्ति बढ्दो रूपमा देखिँदैछ।
के सरकारको विकल्प छ?
यस्तो बेला स्वाभाविक छ कि नेतृत्व त्यागी र स्वच्छ हुनैपर्छ। तर यतिले मात्र पुग्दैन। ऊ समग्र कामको नेतृत्व गर्न सक्ने हुनुपर्छ। अरूसँगै आफू पनि खट्न सक्ने हुनुपर्छ।
विपत्का बेलामा यो सबैको अपेक्षा हुँदो रहेछ। यो अपेक्षा अहिलेको राजनीतिक नेतृत्वबाट पूरा भएको छ वा छैन, त्यो अर्कै पक्ष हो। तर देशको राजनीतिक नेतृत्वलाई तिरस्कार गरेर हामी अगाडि पुग्न सक्दैनौं।
हो, सरकारका काममा ढिलाइ हुन्छ, केही बदमासी गर्नेले सरकारप्रतिको आलोचनालाई बल दिएका छन् तर पनि सरकारजतिको पारदर्शी निजी क्षेत्र हुनै सक्दैन। यसका विभिन्न कारण छन्।
निजी क्षेत्रको कारोबारको लेखा परीक्षण उनीहरूले इच्छाएको लेखा परीक्षण प्रमाणपत्र भएको कुनै व्यक्ति वा उसको कम्पनीले गर्दछ र मिलेमतो सम्भावना बढी नै रहन्छ।
जबकि सरकारको खर्च विवरणको लेखा परीक्षण महालेखा नियन्त्रकको कार्यालयले व्यवस्था गरेबमोजिम हुन्छ र मिलेमतोको सम्भावना कमै हुन्छ।
त्यस्तै, अबको निर्माणमा आवश्यक पर्ने प्राविधिक र अन्य आवश्यक समूह पनि जुटाउन गाह्रो देखिन्छ। सरकारभन्दा निजी क्षेत्र र गैरसरकारी संस्था पारदर्शी हुने कुनै आधार देखिँदैन, मात्र ढिलासुस्ती नै सरकारी नेतृत्वका समस्या हुन्।
तिनको निराकरण राजनीतिक रूपमै गरिनुपर्छ।अर्कोतर्फ सरकारलाई उचित जिम्मेवारी नदिँदा गुणस्तर र निर्माणमा एकरूपता पनि नहुन सक्छ।
त्यसैले राम्रोसँग अनुगमन गरेर निजी, सामुदायिक र सरकारका सीमा र क्षेत्र तोकेर सरकारकै मूल नेतृत्वमा होस्टेमा हैंसे गर्नु नै उत्तम विकल्प हो।
सरकार कमजोर भएर देश र निजी क्षेत्र बलियो हुँदैन, बरु सरकारमा रहेका व्यक्तिमा केही कमजोरी भए त्यसको निराकरण आवश्यक हुन्छ। त्यसैले सरकारलाई बाइपास गरेर राष्ट्र र राष्ट्रियता बलियो होइन, कमजोर हुन्छ भन्ने कुरा सबैले बुझौं।
अहिले यस्तो विपद्का बेलामा पनि सहयोग घोषणा गर्ने तर सरकारी कोषमा जम्मा नगर्नुले भविष्यमा अराजकता निम्त्याउने प्रस्ट छ र दाताहरूको नेतृत्व लिने व्यक्तिले पनि भविष्यमा अहिले सरकारजसरी आलोचित हुनुपर्ने बेला आउन सक्छ।
पुनर्निर्माणको समग्र नेतृत्व
पुनर्निर्माणको नेतृत्व सरकारले त गर्ने तर कसरी? हामीलाई थाहा छ, वर्षायाममा सडक हिलाम्य हुने कारणमध्ये मुख्य कारण सडक बनाएको एक सातामा नै खानेपानीले आफ्नो पाइपलाइनको कामका लागि सडक खनिदिँदा हो, यद्यपि यसका अन्य कारण पनि केही जिम्मेवार होलान्।
यसले के देखाउँछ भने हाम्रा पूर्वाधार विकासका निकायबीच समन्वय हुन सकेको छैन। धेरैलाई क्याबिनेट मन्त्रीको भाग पु:याउन एउटै मन्त्रालयलाई अलग-अलग बनाइएको छ।
हामीले सकेसम्म विदेश र दातृसंस्थाको मुख ताक्नुभन्दा आफ्नो साधन र स्रोत परिचालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ। वैदेशिक सहायता जति नै आए पनि त्यससँगै भित्रिने सर्त, अतिक्रमण र अन्य विकृति हाम्रो समाजले पचाउन सकेको छैन। हामीले जान्नैपर्ने कुरा के हो भने विदेशको सहायता थापेर हाम्रो स्वाभिमान नघट्ला, तर बढ्दैन।
यसो गर्नुको साटो एउटा बलियो पूर्वाधार विकास मन्त्रालय बनाएर र अहिलेका छुट्टाछुट्टै मन्त्रालयलाई प्रभावकारी विभागमा रूपान्तरण गर्ने हो भने यस्ता कामको प्रभावकारी समन्वय हुन सक्छ।
सेना र प्रहरीमा विकास निर्माण सेल वा छुट्टै संरचना बनाएर, युवा र निश्चित उमेर-समूहका मानिसलाई निर्माणसम्बन्धी विशेष तालिम दिएर निर्माण कार्य सुरु गर्न सके यसले हाम्रो अहिलेको खर्च दीर्घकालीन लगानीका रूपमा समेत परिवर्तन हुन सक्छ।
मन्त्रालयलाई यस ढंगले परिभाषित गर्न नसक्ने हो भने पुनर्निर्माण आयोग वा यस्तै नामको संयन्त्र बनाएर अगाडि बढ्नु आवश्यक छ।
यसो गर्न सकेमा निर्माणमा एकरूपता र पारदर्शिता रहने, पूर्वाधार विकासको समग्र कामको प्रभावकारी नेतृत्व बन्न सक्ने, सरकार, दातृ निकाय, दाता र निजी क्षेत्रबीच आवश्यक समन्वय सरल हुनेछ।
उचित भूउपयोगको नीति
परम्परागत रूपमा हाम्रा जग्गालाई अब्बल, दोयम, सीम र चाहार भनेर वर्गीकृत गरिएको छ। यो विभाजन त्यो बेलाको प्रविधिमा आधारित रहेर गरिएको थियो।
लामो समयसम्म त्यसको परिमार्जन र सुधार गर्न सकिएको छैन। हामीले अहिलेका प्रविधि अपनाएर नयाँ विश्लेषणका आधारमा जग्गाको वर्गीकरण गरेर यथोचित भूउपयोग नीति बनाउन ढिलाइ गर्नु हुँदैन।
हामीसँग निश्चित बस्तीलाई आगामी हजार वर्ष परिमार्जन गर्नुनपर्ने गरी व्यवस्थित गर्न आवश्यक छ। सामान्यत: उब्जाउ, आवासीय, व्यापारिक प्रवद्र्धन, औद्योगिक भूमि, जंगल, चट्टान र सम्भावित खानी र खनिजजन्य पदार्थको सम्भावनायुक्त भूमि वा यस्तै आधार खोजेर भूउपयोग नीति यथासक्य छिटो तयार गरेर हाम्रो भूउपयोग थप बिग्रनबाट यथासक्य छिटो जोगाउनुपर्छ।
अत: उचित भूउपयोगको नीतिसहित समग्र नेपाल पुनर्निर्माणको योजना बनाउनुपर्छ। ऐतिहासिक धरोहर, घर र भवनहरूको निर्माण र मर्मत पनि।
अहिले हामी भूकम्पका कारण त्रसित छौं, वर्षायाम सुरु हुँदैछ। बाढी, पहिरो र आगलागी जस्ता विपत्तिसमेत थपिन सक्छन्। अबको पुनर्निर्माण गर्दा सम्भावित विपद्का कुरालाई समेत सोचेर गरिनुपर्छ।
सरकारले भत्किएका ऐतिहासिक धरोहर पुनर्निर्माण गर्दा चीरकाल रहने गरी, तर यी वस्तुको वास्तविक पहिचान र पुरानो छाप एवं पुरातात्त्विक महत्त्व नगुम्ने गरी पुनर्निर्माण गरिनुपर्छ।
विगत सय वर्षमा हामीले पुरानो पुस्ताबाट राम्रा र ऐतिहासिक धरोहर प्राप्त गर्यौं, तर हामीले भविष्यको पुस्तालाई दिने कुनै धरोहरको विकास गर्न सकेनौं। त्यसैले पनि पुराना धरोहरलाई त्यही रूपमा निर्माण गर्नु आवश्यक छ।
त्यसैले भग्नावशेषमा परिणत भएका ऐतिहासिक धरोहरलाई कसरी व्यवस्थित गर्ने, यस्ता धरोहरका वरपर कस्ता खालका बस्ती विकास गर्ने भन्नेतर्फ ध्यान दिन निकै ढिला भइसकेको छ।
त्यस्तै आवासीय घर र व्यावसायीक भवन निर्माणतर्फ पनि हामीले सोच्नैपर्ने भएको छ। भावी विकासका दृष्टिकोणले मात्र होइन, अब त प्राकृतिक विपद्बाट बच्न र यस्ता विपद्बाट भएको क्षति न्यूनीकरण गर्नका लागि पनि घर र भवनको व्यवस्थापन अपरिहार्य छ।
कस्ता गुण भएका जग्गामा बढीमा कत्रो साइज र कस्तो आकारको घर, कति तलासम्म बनाउन दिने, कस्तो प्रकारको निर्माण गर्ने भन्ने कुराको व्यवस्थित योजना जवाफदेही ढंगले ल्याउनुपर्छ।
व्यावसायिक र सामाजिक भवन पनि कति तलासम्म बनाउन पाउने, भवन र जग्गाको अनुपात कति हुने, पार्किङको व्यवस्था कस्तो हुनुपर्ने, खानेपानी, विद्युत्जस्ता पूर्वाधार कस्ता हुनुपर्ने, यस्ता भवन आवासीय बस्तीबाट कति दूरीमा हुनुपर्ने जस्ता विषयमा गम्भीर र व्यावहारिक निर्णयका साथ मापदण्ड बनाउनुपर्छ। अहिले पुनर्निर्माणको सुरुबाटै यसो गर्न सकिए भोलि सम्भावित दुर्घटनाबाट बच्न सकिनेछ।
नेपाल निर्माण बैंकको स्थापना
भन्ने गरिन्छ- आयआर्जन गर्नुभन्दा भएको आयलाई ठीक तरिकाले खर्च गर्न नसक्नु आजको वित्तीय व्यवस्थापनको प्रमुख चुनौती हो। हामीले सकेसम्म विदेश र दातृसंस्थाको मुख ताक्नुभन्दा आफ्नो साधन र स्रोत परिचालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ।
वैदेशिक सहायता जति नै आए पनि त्यससँगै भित्रिने सर्त, अतिक्रमण र अन्य विकृति हाम्रो समाजले पचाउन सकेको छैन। हामीले जान्नैपर्ने कुरा के हो भने विदेशको सहायता थापेर हाम्रो स्वाभिमान नघट्ला, तर बढ्दैन।
अत: आजको २० वर्षपछि नै किन नहोस्, नेपालले यस्ता विपत्तिको समयमा पनि पुनर्निर्माणका लागि कुनै वैदेशिक सहायताको आशा नगर्ने अवस्था सिर्जना गर्नुपर्छ, र यो सम्भव छ।
अहिले सहयोगका रूपमा आएको रकमको केही हिस्सा, वैदेशिक रोजगारमा गएकाहरूबाट अनिवार्य लगानी, कतिपय अन्य विकसित देशमा बसोवास गर्ने गैरआवासीय नागरिकबाट विभिन्न ढंगबाट यो स्रोत लगानीका रूपमा सजिलै जुटाउन सकिन्छ।
आवश्यक पर्दा आन्तरिक ऋण र अन्य बचत परिचालनका कार्यक्रमबाट रकम जम्मा गरी विशुद्ध निर्माण र पुनर्निर्माणका क्षेत्रमा लगानी गर्ने, आवश्यक बिमाका प्रक्रियासमेत सुरु गर्ने गरी नेपाल निर्माण बैंक स्थापना गर्नु बुद्धिमानी हुनेछ।
annapurnapost.com

काठमाडौं । भुकम्प सम्बन्धि विभिन्न वहस चलिरहेको समयमा अब कहिले सम्म घर छोडेर बाहिर बस्ने अन्यौल जनमानसमा देखिएको छ। वैज्ञानिक युगमा भुकम्पविद हरुबाट आशा लाग्दो कुनै कुरा आउन नसकेको बेला ज्योतिष विज्ञान का प्रखर पण्डितहरुले भने ग्रहहरुको स्थितिको बारे स्पष्ट पारेका छन्।
यो वर्ष ग्रह राजा शनि र ग्रह मन्त्रि मंगल भएको ले यी दुई ग्रहको टकरावले प्राकृतिक विपत्ति आएको बताइएको छ। यस वर्ष यी दुई ग्रहको शक्तिले पृथ्वीलाई बढी प्रभाव पार्छ। जसरि टेबुल माथि फलामको धुलो राखेर मुनिबाट चुम्बकको डल्लो सार्ने हो भने ति फलामका कणहरु चल्छन त्यसरी नै शनि ग्रह र मंगल ग्रहको चुम्बकीय शक्तिले पृथ्वीको चुम्बकीय शक्तिलाई आकर्षित गर्दा यस्तो भुकम्प भएको बताइएको छ।
वैशाख १२ मा शनि को बढी प्रभाव र २९ गते मंगलको बढी प्रभाव परेको देखिन्छ र अब जेठ ५ पछि बिस्तारै नेपालबाट यो प्रभाव हटेर छिमेकी राष्ट्र भारत तर्फ जाँदै छ।त्यसैले अब यो प्रभाव सक्रिय रहने अन्तिम शनिवार जेठ २ र अन्तिम मंगलवार जेठ ५ मा हामी अलि बढी सचेत रहनु पर्ने ज्योतिष विद्वानहरुले बताउनु भएको छ।त्यस पछि असार ३ गते सम्म बाढी पहिरोको प्रकोप खेप्नु पर्ने पनि बताइएको छ।
यस्तो बेलामा सबैले मिलेर स्वस्ति शान्ति गरेको खण्डमा प्रभाव कम हुने सुझाव पनि दिएको छ। आतंकित हैन सचेत बनौ। सबैले ज्ञानको प्रचार गरौँ।npnewsline.blogspot.com

खाँदा तितो हुने करेला अधिकांश मानिसका लागि मन नपर्न सक्छ । तर यसमा हाम्रो शरीरलाई चाहिने यति धेरै तत्वहरु पाहिन्छन् । जानेर तपाई अचम्मीत हुनुहुनेछ । तितो स्वाद भएको करेलामा मानिसको जीवनको रहस्य लुकेको छ भन्दा पनि फरक नपर्ला ।
यसको तरकारी तथा जुस पिनाले कहियाँै रोगहरुबाट मुक्त बनाउँछ । स्वास सम्बन्धि रोगलाई टाढा राख्छः तितेकरेलाको नियमित सेवनले स्वास सम्बन्धि विभिन्न किसिमका रोगबाट टाढा राख्ने काम गर्छ । यसको सेवनले अस्थमा, सर्दी, प्रत्येक दिन विहान करेला र तुलसीका पातलाई पिसेर महसँग खानाले स्वास तथा दमसम्बन्धि रोगमा फाइदा पुर्याउँछ ।
लिभरको लागि उपयुक्त हुन्छः खानामा हुने गडबडीका कारण शरीरमा हुने समस्याको सिधा प्रभाव कलेजोमा पर्छ । कलेजोको समस्या भयो भने मानिसको स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना हुन्छ । तर शरीरको महत्वपूर्ण अंग मानिने कलेजोलाई स्वस्थ राख्नका लागि करेलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कलेजोलाई स्वस्थ राख्नका लागि दैनिक एक गिलास करेलाको जुस पिनु उपयुक्त हुन्छ ।
कलेजोको समस्याबाट मुक्ति पाउन एक सातासम्म नियमित करेलाको जुस पिउनु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । प्रतिरक्षा प्रणालीलाई नियमित बनाउँछः तितेकरेलाको सेवने मानव शरीरमा प्रतिरक्षा प्रणालीलाई बढाउँछ् ।
करेलालाई पामा उमालेर पिनाले निकै फाइदा हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई त नियमित बनाउँछ नै साथै कहियाँै किसिमका इन्फेक्सनहरुलाई समेत टाढा भगाउँछ् । मुटुको रोग लाग्नबाट बचाउँछ्ः मुटुका रोगिका लागि करेला निकै नै फाइदा जनक हुन्छ ।
यति मात्र होइन यसले मुटुको रोग लाग्नबाट समेत बचाउँछ । यसको सेवनले ब्लड प्रेसर, सुगर लगाएतका रोगलाई पनि नियन्त्रण गर्छ ।
त्यस्तै करेलाको सेवनले मोटोपन कम गराउँछ् ।
कब्जियतमा राहत पुर्याउँछ, क्यान्सरबाट बचाउँछ, रक्त अल्पत्ता हुनबाट बताउँछ, साथै अनुहारमा आउने रोगहरु तथा चायाँ हटाउनका लागि समेत सहयोगी हुने चिकित्सकहरु बताउँछन् । www.ratopati.com

काठमाडौँ, जेठ ३ । महाभुकम्पमा परेका दोलखावासीका लागि राहत कार्यक्रममा जाँदा दुर्घटना भएका ६ अमेरिकी २ नेपाली नागरिकको शव काठमाडौं ल्याइएको छ ।
सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी मरिन कर्पस्को हेलिकप्टरमा सवार आठै जनाको शव राजधानी ल्याएर सनाखत थालिएको हो । पहिचानपछि नेपाली सैनिकको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यपरीक्षण गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा राखिने भएको छ ।
अमेरिकी सैनिकको शव लैनचौरस्थित अमेरिकी मनोरञ्जन केन्द्रमा राखिने नेपाली सेनाले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका दैलेखको नारायण नगरपालिका -८ का सह–सेनानी तपेन्द्र रावल र दार्चुलाको शिखर गाविस– ३ निवासी जमदार वसन्त तितराको भोली नेपाली सेनाको एक टुकडीले सम्मानका दाहसंस्कारको लागि मृतकको गृह जिल्ला पठाइने छ ।
प्रधानसेनापति गौरव शम्शेर जबराले कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाका अधिकारी र अमेरिकी सेनाका वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको सेनाले जनाएको छ ।
छानबिन टोली गठन
उक्त हेलिकप्टर दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाले चालक सहायक रथी सुधीर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले छानबिन प्रारम्भ गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । -न्यूज अभियान बाट

काठमाडौं । संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिका पछिल्ला दिनहरुम चीनको शक्तिका कारण हैरानीमा परेको छ ।
अझ पछिल्लो समयमा भारत र चीनबीचको सम्बन्धको कारणले अमेरिका झनै चिन्तित बनेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । पछिल्लो समयमा चीन बनाइरहेका ब्यालेस्टिक क्षेप्यास्त्र अमेरिकाको टाउको दुखाईको कारण बनेका छन् ।
चीनले दक्षिण चीन सागरको टापुमा विवाद उत्पन्न भएपछि राष्ट्रपति शि जिनपिङले मिसाईलका साथै टापुमा फौजी गतिविधि गरेको भन्दै बेलाबेलामा विवाद हुने गरेको छ ।
चीनले केही वर्षदेखि आफ्नो आणविक कार्यक्रमहरुलाई स्थगित गरेपनि पछिल्लो समयमा अमेरिकी समाचार माध्यमहरुले चीनले फेरि यस्ता क्रियाकलाप गरिरहेको आरोप लगाएका छन् ।
अमेरिकी मिडिया रिपोर्ट अनुसार अरब खाडीबाट पहिलो पटक चिनियाँ पनडुब्बी पठाइरहेको र शक्तिशाली साइबर हतियार तयार गरिरहेको छ । चीनको यो गतिविधिले अमेरिका चिन्तित रहेको उनीहरुको दावी छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामामाथि एसिया प्रशान्त क्षेत्रमा मिसाईल डिफेन्स सिस्टम राख्न दबाब परेको हो ।
यद्धपि पछिल्लो अमेरिकी नीति आधिकारिक रुपमा यो प्रणाली उत्तर कोरियालाई जवाफ दिनका लागि भएको र चीनका लागि नभएको उनीहरुको भनाई छ ।
पछिल्लो समयमा चीनले पाँच दशक यताकै सबैभन्दा घातक हतियारका प्रविधिहरु विकास गरिरहेको र यसअघिका कुनैपनि चिनियाँ नेताहरुले हतियार विकासमा जोड नदिएको रिपोर्टमा उल्लेख छ ।
पछिल्लो समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणसँगै यस्ता भनाईहरु बाहिर आएका हुन् ।

मुम्बई, एजेन्सी । बिगबोस सीजन पाँचकी सहभागी एवं टेलिभिजन कलाकार पूजा मिश्रले आफुमाथी यौन शोषण भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
फतहसागरको किनारामा बनेको होटल र्याडीसन ब्लु मा बास बसेको बेला आफुमाथी यौन शोषण भएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छिन् ।
उनको भनाई अनुसार पेय पदार्थमा कसैले नशालु पदार्थ मिसाएर खुवाएपछि गडबडी भएको थियो । साथै आफ्नो केही सामान चोरि भएको समेत उल्लेख गरेकी छिन् ।
प्रहरी अधिकारीले भने पूजाको भनाई नै विवादास्पद भएको बताएको छ । होटलको सिसिटीभी फुटेजमा केही नदेखिएको बताइएको छ ।
एउटा क्यालेण्डरको सुटिङका लागि भारतको उदयपुर पुगेकी पूजा सोही क्रममा र्याडीसन ब्लुमा बसेकी थिईन् ।

३ जेठ, एजेन्सी ।
भारतको एक विवादास्पद नक्सा आफ्नो वलमा शेयर गरेका फेसबुकका मालिक मार्क जुकरवर्गले भारतीयहरुको तीव्र आलोचना पछि उक्त पोष्ट डिलिट गरेका छन् ।
मार्ग जुकर्वर्गले आफ्नो इन्स्टाग्राम र फेसबुक पेजमा एउटा इन्फोग्राफिक पोष्ट शेयर गरेका थिए जहाँ भारतीय नक्सामा कश्मिर गायव थियो ।
फेसबुकका मालिकले भारतविरुद्ध यस्तो पोष्ट गरेको भन्दै भारतीय प्रयोगकर्ताले हंगामा गरेपछि जुकरवर्गले उक्त पोष्ट डिलिट गरेका हुन् ।
जुकरवर्ग गत १३ मे मा अफ्रिकाको मलावीमा Internet.org को लन्च गर्न पुगेका थिए mark zuckerberg। त्यही समयमा उनले इन्फोग्राफिक प्रस्तुत गरेका थिए । उनले फेसबुकमा समेत पोष्ट गरेको इन्फोग्राफिकमा भारतको नक्सालाई गलत तरिकाले देखाइएको भन्दै भारतीय प्रयोगकर्ताले विरोध गरेका थिए ।
यो घटनापछि जुकरवर्गले उक्त पोष्ट हटाएका छन् भने भारतमा फेसबुकमाथि प्रतिबन्ध लगाउन समेत माग गरिएको छ www.nepaliheadlines.com

३ जेठ, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रश्न सोध्न खोज्दा खुलामञ्चमा एक प्रश्नकर्ता कुटिएका छन् ।
भूकम्प पछि आफूले गरेको कामबारे जानकारी दिन विप्लवले खुलामञ्चमा पत्रकार सम्मेलन गरेका थिए । जहाँ सन्चारकर्मीका साथै सर्बसाधारण समेत जम्मा भएका थिए ।
पत्रकार सम्मेलनका क्रममा एक व्यक्तिले प्रश्न सोध्न खोज्नासाथ नजिकै रहेका विप्लवका कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेका छन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याएको छ । उनी पत्रकार हुन् वा सर्बसाधारण भन्ने खुलेको छैन ।
www.onlinekhabar.com

अमेरिकाको एक खाद्यान्न कारखानाका कर्मचारीलाई माछाको मासुसँग जिउँदै पकाइएको छ । लस एन्जल्सस्थित बम्बल बी फुड्सका एक ६२ वर्षीय कामदार जेस मेलेना ५ टन टुना माछा सहित कारखानाको चुल्होमा जिउँदै पकाइए ।
कारखानाको माछा पकाउने ३५ फुट लामो ओभन मर्मत गर्न मेलेना भित्र छिरेका थिए । तर उनी भित्र छिरेको अन्य कर्मचारीलाई थाहा भएन । उनी बाथरुममा गएका होलान् भन्ने ठम्याई अन्य कर्मचारीको थियो । त्यसैले उनीहरुले ओभनमा ५ टन टुना माछा कोचे अनि त्यसलाई पकाउन बिजुलीको स्विच अन गरे ।उक्त इलेक्ट्रिक ओभनभित्र माछासँगै थुनिएका उनी ऐया पनि भन्न नपाइकन १ सय ३२ डिग्री सेल्सियस तापक्रममा माछासँगै पाके ।
जब माछा पाकेपछि दुइ घण्टापछि बिजुली बन्द गरेर ओभन खोलियो तब सबै कर्मचारी झसँग भए । किनकी ओभनभित्र पाकेका माछासँगै आफ्ना साथी कर्मचारी मेलेनाको शव पनि थियो ।उक्त घटनापछि प्रहरीले कम्पनीका अपरेसन निर्देशक तथा सुरक्षा व्यवस्थापकलाई पक्राउ गरेको छ । उनीहरुमाथि ३ वर्षको जेल सजाय तथा १ लाख ६३ हजार पाउण्ड जरिवाना हुनसक्ने एक्सप्रेस डट को डट युकेले जनाएको छ ।

अनुज थापा
मिडियाको प्रभाव कति छ, यो संसारमा भनेर बताइरहनै पर्दैन । मिडियाकर्मीहरुले समाचारलाई सन्तुलन गरेर प्रस्तुत गर्यो भने मात्रै मिडियाकर्मीले आफ्नो धर्म निभाएको ठहरिन्छ । तर मिडियाकर्मीले आफ्नो धर्म निभाउन छोड्यो भने समाजमा के असर पर्छ भन्ने हेक्का राखिएन भने त्यसले भयावह रुप लिन सक्छ । त्यही भइरहेको छ अहिले नेपालका कतिपय मिडियाहरुमा ।
अधिकांश ज्योतिषीहरुको कामै हो डरको व्यापार गर्ने । जति व्यक्ति डरायो, त्यति ज्योतिषीले पैसा कमायो । उ त चाहन्छ नै “भविष्यको खतरा” भन्दै व्यक्तिबाट जति सकिन्छ त्यति पैसा कुम्ल्याउने
यस मामिलामा यो पंक्तिकारले कुनै संस्था विशेषलाई लक्षित गरेको छैन र समग्रमा सबै मिडियालाई दोष दिइरहेको पनि छैन । तर, केही मूलधारकै सञ्चारमाध्यमले आफ्नो धर्म ननिभाएपछि आज यो लेख लेख्न कर लाग्यो ।
प्रसंग हो, जारी भूकम्पको धक्का, ज्योतिषीको भविष्यवाणी र मिडिया आतंकको । भूकम्पको विषयमा कार्यक्रम उत्पादनकै क्रममा धेरै व्यक्तिहरुसंग भेट भइरहेका छन् । निरक्षर व्यक्तिदेखि पीएचडी गरेकासम्म, गाडीमा सवार गर्ने सहचालकदेखि डाक्टरसम्म सबैसँग भेट भइरहेका छन् । अचम्मको कुरा, यी अधिकांश व्यक्तिहरुको मुखमा यति बजे भूकम्प आउँछ, यति दिनसम्म भूकम्प आउँछ भनेको सुन्दा अचम्म लाग्यो । निरक्षर व्यक्तिहरुले भन्दाखेरि त त्यो पाच्य हुन्छ । तर, डाक्टर, पढेलेखेका व्यक्तिहरुले पनि यस्तो कुरा देख्दा निकै नै उदेक लाग्यो । पढेलेखेका व्यक्तिको दिमागमा पनि यस्तो कुराले कसरी डेरा जमाएको होला ? अच्चम नै लागिरहेको छ । अझ पढलेखेकाहरुले नै यस्ता कुराको पछि दौडेपछि अरुमा के असर होला ?
भूकम्पको भविष्यवाणिबारे अनर्गल हल्ला फैलिनुको दोष यही पढे लेखेकाहरुबाट हो । ज्योतिषीहरुलाई यसमा केही दोष दिन मिल्दैन । किनभने, अधिकांश ज्योतिषीहरुको कामै हो डरको व्यापार गर्ने । जति व्यक्ति डरायो, त्यति ज्योतिषीले पैसा कमायो । उ त चाहन्छ नै “भविष्यको खतरा” भन्दै व्यक्तिबाट जति सकिन्छ त्यति पैसा कुम्ल्याउने ।
भूकम्पको भविष्यवाणी कसैले गर्न सक्दैन । यदि साँच्चिकै सक्ने हो भने त ती ज्योतिषहरुले वैशाख १२ को भविष्यवाणी गर्ने थिए र धेरै जनधनको क्षति कम हुने थियो । एकपटक भूकम्प गएपछि त्यसको पराकम्प गइरहने सामान्य विज्ञानलाई थाहा पाएरै होला, ती ज्योतिषहरु ती भविष्यवाणी गरेर आतंकित बनाइरहेका छन् । र, यो आतंक फैलाउने कुरामा सबैभन्दा अगाडि आएको छ मिडिया ।
दुई दिनअघि फेसबुकमा एउटा लिंक देखें । जहाँ एक टेलिभिजन कार्यक्रम सञ्चालक मच्चीमच्ची एक नाम कहलिएका ज्योतिषको अन्तरवार्ता लिइरहेका थिए । सञ्चालकको प्रश्न सोधाइबाट लागिरहेको थियो कि उनी ती ज्योतिषलाई आफ्नो कार्यक्रममा ल्याएर जनतालाई सही सूचना सम्प्रेषण गरिरहेका छन् ।
तर, उक्त अन्तरवार्ताले ठीक उल्टो काम गरिरहेको थियो । ती ज्योतिषी त हाकाहाकी जेठ ५ सम्म ठूलो खड्गो छ भनी फलाकिरहेका थिए । उक्त सन्देशले जनतामा त्रास उत्पन्न गरिरहेको थियो, जुन कुरा बुझ्न गाहृ्रो पर्दैनथ्यो ।
यस पंक्तिकारले उक्त अर्न्तवार्ता हेरेपछि त्यही संस्थामा काम गर्ने एक मित्रलाई फोन गरेर यसबारे जिज्ञासा राख्दा उनी भन्दै थिए – के गर्नु यार , किन त्यस्तो अन्तरवार्ता लिइयो भन्नेबारेमा हामी पनि अन्योलमा छौं । पत्रकारिताको आचारसंहिता कुन चराको नाम हो, मैले पनि बुझ्न सकिँन यहाँ ।
उक्त अन्तरवार्ता इन्टरनेटमा हालेपछि त्यो भाइरल भयो र धेरैले त्यसलाई सेयर पनि गरेका छन् । तीे सेयर गर्ने पनि पढेलेखेका नै हुन् । त्यसले झन् ती ज्योतिषको कुराको प्रचार भयो र भयको वातावरण बन्दै गयो । अहिले हरेकको घर-घरमा त्यस्तै भविष्यवाणीको चर्चा छ । र, डरले होला मानिसहरु सुत्न पनि सकेका छैनन् ।
डरको व्यापार गर्नेविरुद्ध कलम चलाउनु त परै जाओस् उसको व्यापारलाई प्रवर्द्धन गर्ने ब्रान्ड एम्बेसडर बन्दैछौं हामी पत्रकार
पत्रकारिताको धर्म भनेको स्थितिलाई सामान्यीकरण गर्न मद्दत पुर्याउने हो, न कि झन् भड्काउने । टेलिभिजन जस्तो सशक्त माध्यममा यस्तो प्रवृत्तिलाई बढावा दिएपछि समाजको मनोविज्ञानमा त्रास छाउनु स्वभाविककै हो । यस्ता विपत्तिको भविष्यवाणी गर्न सकिन्न भन्ने जान्दाजान्दै पनि पत्रकार जस्तो सामाजिक उत्तरदायित्व बढी भएको प्राणीले पनि यस्ता केटाकेटी पारा देखाउने हो भने सामान्य मानिस र पत्रकारमा के भिन्नता ?
डरको व्यापार गर्नेविरुद्ध कलम चलाउनु त परै जाओस् उसको व्यापारलाई प्रवर्द्धन गर्ने ब्रान्ड एम्बेसडर बन्दैछौं हामी पत्रकार ।
हामी पढेलेखेका मानिस त्यस्ता समाचार त खोजीखोजी सेयर गर्छाैं । हातहातमा स्मार्ट फोन भएका व्यक्तिहरुले त्यसमा समाचार फैलाउँदा आफुले इडियट अर्थात मूर्ख बनेको हेक्का नै राखेनन् । यस्ता हावा कुरालाई डढेलो जसरी सल्काइदियौं । विचरा अनि नबुझ्नेहरु पनि यस्ता कुराको पछि लाग्न करै लाग्यो ।
यस्ता हावा कुरालाई फैलाउनका कारण अहिले अधिकांश भूकम्पपीडितको मनमा डरले बास गरेको छ । आज ५ बजे , भोलि राति १२ बजे, शनिबार दिउँसो २ बजे ठूलो भूकम्प जान्छ रे भन्दै अहिले मानिसहरु आतंकित छन् ।
(अधिकांश ) ज्योतिष बाहरु प्रति त केही गुनासो छैन, डर उत्पन्न गराउन सक्नुभएकोमा धेरै धेरै बधाइ छ । तर, मिडियाकर्मीप्रति ठूलो गुनासो छ, हामीले हाम्रो धर्म किन छाडिरहेको ? फगत टीआरपी र अनलाइन हिट्सकै लागि पत्रकारिता गरेको हो ? हो भने त यो पंक्तिकारको भन्नु केही छैन । होइन भने सामाजिक उत्तरदायित्व निभाउन कञ्जुस्याइँ नगरौं । डरको व्यापार गर्नेको मतियार नबनौं । धेरै गर्नैपर्दैन, कलमबाट नागरिकको डर हटाउने सामाग्री लेखौं । टाइसुट लगाएर टेलिभिजनमा भविष्यवाणी गर्ने ज्योतिष भनाउँदाको होइन, पीडितको मल्हम बन्ने समाचार प्रस्तुत गरौं । बस्, यति मात्र गर्न सक्याैं भने पनि धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ समाजमा ।