काठमाडौँ, २३ वैशाख ।
गोरखाका भूकम्पपीडितका लागि भारतले पठाएको दुई बस राहत सामग्री एकीकृत नेकपा माओवादीका अध्यक्ष छविलाल दाहाल प्रचण्डको छोरी रेणु दाहालको इशारामा लुटिएको खुलासा भएको छ । आइतबार सप्तरीको भारदहमा एमाओवादीले भारतबाट आएको राहत गोरखा नलगी सिधा काठमाडौँ ल्याएको भन्दै राहत पठाउनेहरु खोजीका लागि काठमाडौँ आइपुगेका छन् ।
दाँत माझ्ने मञ्जनदेखि एउटा परिवारलाई आवश्यक राहतको साम्रगी भएको २ सय ५० प्याकेट राहत भारतको केयर इन्डियाले गोरखाका लागि केयर नेपाललाई पठाएको हो । भारतको भारदहबाट पठाइएको सामग्री त्यहाँबाट ट्रकमा ल्याइएपछि नेपालमा बसमा लोड गरेर गोरखा पठाउँदा गोरखा जाने बसलाई सीधा काठमाडौँ ल्याएर बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छेउमा अनलोड गराइएको भन्दै पीडितहरु काठमाडौँ आइपुगेका हुन् ।
सामान खोज्न आएकामध्ये एकले हिन्दीमा भने, ‘हामीले सबै प्रक्रिया पूरा गरेर दुईसय ५० परिवारलाई १० लाख रुपैयाँको सामान पठाएका थियौँ, सप्तरीको भारदहबाट बस नियन्त्रणमा लिएर काठमाडौँमा सामान झार्ने काम भयो ।’ उनले भने, ‘त्यहाँ एमाओवादी कार्यकर्ता ज्योति झाले यो काम गरेको पाइयो र कसका लागि काम गरेको भन्दा अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालको इशारामा यो काम भएको भन्ने थाहा पाएपछि काठमाडौँ आएका हौँ ।’
आइतबार गोरखाका लागि हिँडेको बस गन्तव्यमा नपुगेपछि केयर इन्डियाले खोजी सुरु गरेको थियो । खोजी क्रममा सप्तरीको भारदहबाटै राहत बोकेको बस गोरखा नपुगी काठमाडौँ आएको पाइएपछि उनीहरुले खोजी बढाएका थिए । सप्तरीका एमाओवादी नेता ज्योति झाले नै यो घटनामा प्रचण्डपुत्री रेणु दाहालको हात रहेको भनेपछि टोली खोजीमा काठमाडौँ आएर राजनीतिक दलका नेतासँग छलफलमा जुटेको हो ।
राहत फिर्ताको पहलका लागि आएका टोलीका सदस्यलाई प्रचण्ड पुत्री रेणु दाहालले घटना सामसुम पार्दै पैसा लिएर जान दबाब दिएको बताइएको छ । टोलीका एक सदस्यले भने, ‘हामीलाई आजै १० बजे बोलाएका छन्, दुई घण्टा कुर्नुस् न डिटेलमा भन्छौँ ।’ उनीहरु १० बजे प्रचण्डपुत्री रेणुसँग भेटका लागि काठमाडौँमा बसिरहेका छन् ।
भारतबाट आएको राहत यसरी बाटोमै गायव पारिएको यो पहिलो घटना हो । एमाओवादीका दुई बलशाली नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको गृहजिल्लाका लागि एउटा सामाजिक संस्थाले पठाएको राहत पार्टी अध्यक्षकै परिवारका सदस्यबाट लुटिएको घटना राम्रो होइन । यसले एमाओवादीलाई विवादमा ल्याएको छ भने वास्तविक पीडितलाई राहत नपुग्ने पनि देखिएको छ ।
प्रचण्डले कसरी बाँड्छन् राहत ?
एमाओवादी नेता डा. भट्टराई गोरखामा राहत नपुगेको विषयमा लबिङ गरिरहेका छन् । उनी यो मुलुकमा शक्तिशाली पद प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । आफ्नो गृहजिल्लाका लागि उनले गरेको लबिङ अन्यथा होइन तर सामाजिक सञ्जालमा उनको आलोचना उस्तै भइरहेको छ । यद्यपि उनी आफ्ना नागरिकका लागि अहोरात्र खटिएका छन् ।
यस्तै, अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश संविधानसभाको निर्वाचनमा उम्मेदवार भएको मकवानपुरको क्षेत्र नम्बर २ पुगेर गाउँमा राहत बाँड्दैछन् । पार्टी अध्यक्ष छविलाल दाहाल प्रचण्ड पनि हरिसिद्धि, सिन्धुपाल्चोक पुगेर राहत बाँडेर फर्किए । तर उनले बाँडेको राहतको स्रोत के हो ? भारतबाट आएको राहत सामग्री लुटिएपछि नागरिकले प्रश्न सोध्ने नै भए । कतै यस्तै लुटिएको राहत बाँडेर पो उनी लोकप्रिय हुन खोज्दैछन् कि ?
उसो त उनका व्यापारिक साझेदार अजेयराज सुमार्गी पराजुलीले घोषणा गरेको पाँचकरोड रुपैयाँको राहत प्याकेजकै राहत बाँडिरहेको आरोप पनि लागेको छ । ‘प्रचण्डले जहाँ राहत बाँडेका छन्, त्यहाँ सुमार्गी समूहले राहत बाँड्ने घोषणा गरेको थियो,’ सुमार्गी समूहका एक पूर्व कर्मचारीले भने, ‘प्रचण्डले बाँडेको राहत विवादास्पद छ, उनले सुमार्गीले घोषणा गरेको प्याकेजको राहत बाँडेको हो होइन भन्नुपर्छ ।’
यता, उनकै छोरीको इशारामा भारतबाट आएको राहत समेत लुटिएको र यसलाई नउचाली पैसा लिएर जान भन्दै छलफलका लागि बोलाइएको घटनाले पनि प्रचण्डले बाँडेको राहत थप विवादमा आएको छ ।
–शोभित थपलिया
नेपालीज.org बाट
(www.nepalese.org

सिन्धुपाल्चोक,वैशाख २३ । अनुहारभरि पसिनै पसिना र काखमा नानी च्यापेकी ४० वर्षीया पदमकुमारी अधिकारी हर्षित देखिन्थिन् । उनी आफ्ना कुरा सुनाउन आतुर थिइन् ।
उनीसँग सुनाउनुपर्ने खास कुरो पनि थियो । एघार दिनअघि गएको भूकम्पमा १४ वर्षीय छोरो महादेव हरायो भनेर माया मारेकी उनले छोरो जिवितै रहेको सूचना पाएकी थिइन् । ‘छोरो पल्लो गाउँमा जिवितै रहेछ, अघि बिहान मात्रै थाहा पाएको’, उसको बुबालाई लिन पठाएकी छु ।’
चार छोरा–छोरीमध्ये कान्छी काखमा थिइन् । ५ वर्षकी उनी पनि भुइचाँलो गएको दिन ८ घन्टा घरभित्र पुरिएकी थिइन् । खेती किसानी गर्ने उनका छोरा पदम खलासी काम गर्थे । उनी वैशाख १२ गते मात्रै लिदी भन्ने गाउँमा पुगेका थिए ।
खाना खानै लाग्दा भूकम्प आयो । त्यससँगै उनी सम्पर्कविहीन भए । ‘केही दिन खोज्दा पनि नभेटिएपछि माया नै मारेका थियौं,’ उनले भनिन्,‘भेटियो भनेपछि खुसीको सीमा छैन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

२३ वैशाख, काठमाडौ । भारतीय उपमहाद्वीप र तिब्बती बाहृय पटल (प्लेट)बीचको जुधाइले सिर्जित विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सोही कारणले यसपटक घटेको बताइएको छ ।
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले एकातिर सगरमाथाको उचाइ कम गरेको छ भने काठमाडौ उपत्यकाको उचाई बढाएको गोरखापत्रमा खबर छ ।
युरोपको सेन्टिनियल-१ ए भूउपग्रहले बुधवार भूकम्प प्रभावित क्षेत्रमाथिबाट जाँदै लिएको तथ्यांकको प्रारम्भिक विश्लेषणले सगरमाथाको उचाइ २.८ सेन्टिमिटर कम भएको देखाइएको छ ।
डिस्कभरी र लाइभ साइन्स जर्नलको अनलाइन संस्करणले यससम्बन्धी जानकारी दिएको छ ।
यससँगै भूकम्पले गर्दा काठमाडौ वरिपरि १२० किलोमिटर लामो र ५० किलोमिटर चौडा क्षेत्रफलको सतह करिब एक मिटरमाथि उठेको छ । यसैकारण नै काठमाडौमा ठूलो क्षति भएको अनुमान गरिएको छ ।
भूउपग्रहले भूकम्प पहिले र पछि उपलब्ध गराएको तथ्यांकको तुलनात्मक अध्ययन वैज्ञानिकहरुले गरेका थिए ।
इन्टरफेरोग्रम भनिने तस्वीरको आधारमा सगरमाथा र काठमाडौको धरातलीय अवस्था विश्लेषण गरिएको डिस्कभरीले जनाएको छ ।
बेलायतको लिड्स विश्वविद्यालयका जियोफिजिसिस्ट टिम राइटले काठमाडौदेखि १७ किलोमिटर उत्तरमा सबैभन्दा बढी जमिनको सतह माथि उठेको जानकारी दिएका छन् ।
www.onlinekhabar.com

कल्पना दर्जी ( सिखा) - घर परिवारले मेरो बिहे १८ वर्षको उमेरमा गरिदिए, त्यो पनि नचिनेको मान्छेसँग । २०७० साल वैशाखमा आमाको आफन्त सानिमाको भान्जाले मलाई मागी बिहे गराइदिएका हुन् । मागी बिहे गरेका हामी एकअर्कालाई चिन्ने प्रयास मै थियौ । नयाँ ठाउँ, नयाँ मान्छे अनि नयाँ परिवेश हामी घुलमिल हुँदै थियौं । खुसी साथ बित्दै थियो हाम्रो दिन । तर अहिले त्यो सबै बदलिएको छ । अहिले घरका सदस्यको कहाँ छन् केही थाहा छैन । मेरो बिहेपछि म श्रीमान, सासु, ससुरा, एक जना देवर र एक जना नन्दसँगै बस्न थाले ।
मेरो श्रीमान पनि रोगजारीको लागि मलेसिया जानुभएको छ । पहिले बहराइन जानुभएका उहाँ बिहेको दुई महिनापछि मलेसिया जानुभयो । श्रीमान विदेश जाने भएपछि घरपरिवारकै सल्लाहमा म माइत गए । श्रीमानले नै मलाई माइतीसम्म पुराइदिएको हो । त्यसपछि समय समयमा फोन गर्ने घरका सदस्य अहिले कहाँ के गर्दैछन्, केही थाहा छैन । मलाई बिहे गर्दा मोरङ वरगाछीमा भाडामा वसेका उनीहरुको जग्गाजमिन भएपनि कता कति छ भन्ने थाहा छैन । उनीहरु किन हराए के भयो यो बीचमा केही थाहा छैन ।
तर कहिलेकाहीँ मेरो परिवारले दाइजो नदिएको अनि म पनि जागिरे नभएको भन्ने गर्थें । सुन्छु ससुरा जेठी श्रमतीसँग गोरखामा बसेका छन् रे । अरु कता छन् केही थाहा छैन । ६ जनाको परिवारमा हुर्किएकी म, घरकी जेठी छोरी । बुबा, आमा, एकजना दाई, दुईजना बहिनी र म गरी ६ जनाको परिवार आर्थिक हिसावले कमजोर भएपनि हामी खुसी थियौं । दाई रोजगारीको लागि मलेसिया जानुभएको छ । बुबा पनि पहिला साउदी जानुभएको थियो । अहिले कपडा सिलाउने काम गर्नुहुन्छ । आमाले बुबालाई सघाउनुहुन्छ ।
दुइ जना बहिनी १० कक्षामा पढ्दैछन् । यो मेरो पारिवारिक पाटो भयो । हामी हिन्दु भएपनि मलाई बिहे गर्ने परिवार क्रिश्चियन रहेछ । यो कुरा बिवाहपछि मात्रै मलाई थाहा दिइयो । तैपनि नहुनु विवाह भइसक्यो भनेर मैंले चित्त बुझाएँ । खुशीसँगै जीवन बिताउँछु भनेर यसलाई स्वीकारेकी थिएँ । तर अहिले श्रीमानले पनि अब हामी दुई जनासँगै बस्न नसक्ने भन्न थाल्नुभएको छ । पहिले बुबासँग दाइजो बिहेपछि दिने कुरा भएको थियो रे । श्रीमानको घरपट्टिकाले हामी दुई अब छुट्टिएर बस्नुपर्छ भन्न थालेका थिए । मेरो माइती पक्षकाले नमानेपछि उनीहरु त्यसमा सफल भएनन् । अहिले म मेरो बुबा आमासँग बस्छु ।
मेरा श्रीमानले फोन पनि गर्न छोडेका छन् । हामीले गरेको फोन पनि उठ्दैन । अन्यौलमा रहेकी म, माईती नेपालको साथ पाएपछि बाटो पाएकी छु जीवन जीउँने । एकजना दिदीले माइती नेपालमा कटीङ्ग तालिम खुलेकाले सिप सिक्न सल्लाह दिनुभयो । त्यही सल्लाह अनुसार मैले माइती नेपालको इटहरी कार्यालयमा सिलाई तालिम लिइरहेकी छु । तालिम सकिएपछि टेलर खोलेर बुबाको काममा सहयोग गर्ने सोच बनाएकी छु । अझ डिजाइनिङ्ग पनि सिक्ने मेरो सपना छ । जीवनमा अन्यौल सिर्जना भएको बेला मलाई यो सीप सिकाइदिएकोमा माइती नेपाललाई धेरै धन्यवाद दिन्छु ।
अनि सबै दिदीबहिनीलाई राम्ररी चिनजान नभइकन, नबुझिकन जहाँ पायो त्यही विहे नगर्न सल्लाह दिन्छु । अन्जान व्यक्तिसँग विवाह गरेर मैले जुन दुःख भोगे, त्यो अरुले नभोगुन् । योसँगै जीवनमा दुख र सुख त भइहाल्छ । एउटा बाटो बन्द भएपनि अरु खुलै हुन्छन् हरेस नखाऔ भन्न चाहान्छु । संभावनाका बाटाहरु धेरै छन् त्यसलाई खोजौं र जीवनमा बाँच्न सिकौं ।-स्रोत/उज्यालो अनलाइन भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं: अमेरिकन सरकारले इ डिभी लोटरी २०१६ को रिजल्ट मंगलबार सार्वजनिक गरेको छ। डाभर्सिटी भिसा प्रोग्रामअन्तरगत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले सन् २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डिभी लोटरीको रिजल्ट मंगलबार सार्वजनिक भएको हो।
यसअघि नेपालस्थित अमेरिकन दूतावासले सोमबार ट्वीट गर्दै डिभी प्रोग्रामबाट सन् २०१६ मा अमेरिका जान चहानेले भरेको आवेदनको रिजल्ट मंगलबार सार्वजनिक गर्ने जानकारी गराएको थियो।
दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रह गरेको छ ।