नवराज पथिक
२४ साउन, रामेछाप । रामेछाप नगरपालिका ४ डुमि्रबोटकी २९ वर्षीया इन्द्रा खत्री विकको हत्या गरेको अवस्थामा शनिबार दिउँसो शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार दिउँसो मन्थली नगरपालिका १ स्थित सुकाजोर खोला नजिकै जंगलमा हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो ।
उनकी १४ महिनाको छोरीको भने जिवितै उद्दार गरिएको छ । शनिबार दिउँसो बस्तु चराउन गएका गोठालाहरुले जंगलमा बच्चा रोएको सुनेपछि हेर्न जाँदा बालिकालाई जिवितै फेला पारेका थिए ।
त्यसपछि उनीहरुले प्रहरीमा खबर गरेकोमा प्रहरी टोली जंगलमा पुगी खोजी गार्दा बालिका रहेको स्थानभन्दा १५ मिटरमाथि महिलाको शव फेला पारेको थियो । उनको अनुहार र टाउकोमा ढुंगाले हिर्काएको चोटहरु छन् भने घाँटिमा सल बाँधिएको थियो ।
शव बाटो छेउमा नै घोप्टो पारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । १४ महिने बालिका रोजिना विकको पनि दाहिने आँखा माथि हिर्काएको चोट छ । चोटको कारण उनको आँखामा रगत जमेको छ ।
बालिकालाई उद्धार गरी मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचारको लागि राखिएको छ ।
घटना शंकास्पद
सुर्खेतको छिन्चु १ सुर्खेत माइती भएकी गहरसिंह खत्रीकी छोरी इन्द्राले रामेछापको रामेछाप नगरपालीका ४ डुमि्रबोटका २६ वर्षीय रमेश विकसँग २०७० असार १३ गते बिबाह गरेकी थिइन् । नेपाली सेनामा कार्यरत उनले सुर्खेतमा जागिरमा गएको बेला बिबाह गरेको खुलेको छ । परिवारका सदस्यहरुलाई जानकारी नदिइ उनले खत्रीसँग दोस्रो बिबाह गरेका थिए । उनीबाट २०७१ जेठ ११ गते छोरी समेत जन्मिएकी थिइन् ।
उनको विबाह र जन्मदर्ता २०७२ साउन १४ गते रामेछाप नगरपालीमा भएको फेला परेको छ । बुधबार छिन्चुबाट रामेछाप आएकी ती महिला सो रात मन्थलीको भैसेसुरस्थित खड्ककुमारी श्रेष्ठको होटलमा बास बसेकी थिइन् । रामेछापस्थित सेनामा रहेका पतिलाई भेट्न भनि उनी विहीबार विहान होटलबाट रामेछाप बजार पुगेकी थिइन् ।
शुक्रबार दिउँसो पुनः होटलमा फर्किएकी इन्द्रा अपरान्ह ४ बजेतिर पतिले फोन गरेर बोलाएको भन्दै होटलबाट निस्किएको होटल मालिक खड्गकुमारी श्रेष्ठले बताइन् । ‘छोरीलाई सातु घोलेर खुवाएर श्रीमान्को फोन आयो भनि निस्किएकी थिइन् । श्रीमानको सरुवा छिन्चु तिरै मिल्ने भयो । सामान लिन आउनु भनि बोलाएका छन् । म गएँ भनेर निस्किएकी थिन् । आजत लाश पो भेटिएछ । यो के अचम्म,’ उनले भनिन् ।
घटनाको प्रकृति हेर्दा उनको शुक्रबार रातिल नै हत्या भएको अनुमान गरिएको छ । मृतकको शव प्रहरीले शनिबार अपरान्ह मन्थली ल्याएको छ । हत्या कसले गर्यो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
www.onlinekhabar.com

बसन्तपुर एसिड काण्डका अभियुक्त जीवनलाई सार्वजनिक गरेयताका तीन दिनदेखि पाको, न्युरोडमा सानो चियापसल चलाएर बसेको विश्वकर्मा परिवार विषादले घेरिएको छ।
जति ठूलो चोट परे पनि उनीहरू आइतबार आफ्नो पसलमा चिया पकाइरहेका भेटिए। तिनले चिया पकाइरहेको भन्नु मात्र हो, भित्रभित्रै आफैँ पाकिरहेका थिए। मन भने चिसो थियो।
‘एसिड हान्ने जीवन भन्ने मान्छे समातियो रे,’ चिया पसलमै काम गरिरहेका बेला उनीहरूले सुने। सहरमा यस्ता जीवन कति छन् कति? उनीहरूलाई आफ्नै भाइ र छोरो जीवनले यस्तो गर्यो होला भन्ने कहिल्यै लागेन।
दिनभरि चियापसलमा काम गरेपछि उनीहरूले राति मात्र टेलिभिजनमा जीवनलाई प्रहरीको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको देखे। उनीहरूका आँखालाई विश्वास भएन। ‘त्यस्तो ज्ञानी छोरा कसरी त्यस्तो भयो, कसले त्यस्तो बनायो उसलाई?’
जीवनका ५२ वर्षीय पिता मानबहादुरले सेतोपाटीसँग भने, ‘मलाई तीन दिनदेखि भोक पनि लागेको छैन, निद्रा पनि लागेको छैन।’
एसएलसीको तयारीमा रहेका तीन छात्रामाथि एसिड प्रहार गरेको घटनाको अभियुक्तका रूपमा जीवनलाई सार्वजनिक गरिएयता उनीहरूको भविष्य पनि एसिडको दागजस्तै अँध्यारो भएको छ। जीवनले बसन्तपुरमा ट्युसन पढ्न गएकी संगीता पुलामीमगरमाथि एसिड छ्यापे। उनीसँगै रहेका अरु दुईजना सीमा बस्नेत र हिमु मुखर्जी पनि यसबाट घाइते भए।
घरपरिवार, छिमेक र नातागोता सबैतिर राम्रो मान्छे भनेर चिनिएका जीवन कसरी कलिला छात्रामाथि एसिड छ्याप्न पुगे? कसरी त्यस्तो अपराध गर्न पुगे?
जुन परिस्थितिले त्यो अपराधको गर्भधारण गरायो, त्यो हाम्रो सामाजिक चेतलाई हल्लाउने प्रकृतिको छ।
रामेछापबाट विश्वकर्मा परिवार १३ वर्षअघि राजधानी आएको हो।
उनीहरूका निम्ति काठमाडौँ एउटा सपनाको सहर थियो। मुक्तिको सहर थियो। गरिबीबाट छुटकारा पाइन्छ, छोराछोरी पढाउन सकिन्छ भन्ने मानबहादुर र नुनुमायालाई लागेको थियो।
राजधानीमा उनीहरू अर्को मुक्ति पनि चाहन्थे- गाउँमा भोगेको छुवाछुतको उत्पीडनबाट। त्यसैले यो परिवारले आफूलाई खड्का भनेर चिनाउन थाल्यो।
तीन छोरा र दुई छोरीसहित सात जनाको परिवार लिएर आएका मानबहादुरले ज्यामी काम गरेर परिवार पाल्न थाले। उनलाई साथ दिन्थिन् पत्नीले। सबैभन्दा जेठी सन्तान मञ्जुले पनि अरुको पसलमा काम गरेर परिवारलाई भरथेग गर्न सघाइन्।
जेनतेन जिन्दगी चल्न थाल्यो। परिवारको पेटमा माड पस्ने भयो। साना नानीहरू स्कुल जान थाले।
‘म त लाटो मान्छे हजुर,’ मानबहादुरले आफ्नो नाम पनि जेठी छोरी मञ्जुसँग सोधे, ‘के नागरिकताकै नाम भन्ने?
छोरीले ‘होइन’ भनिसक्दा नसक्दै यी सोझा मानबहादुरले फुस्काइहाले- ‘काले।’
तीन वर्षअघि यो परिवारले न्युरोड पाकोमा आफ्नै चिया दोकान खोल्यो। अनि न्युरोडनजिकै झोछेँमा डेरा लिएर बस्न थाल्यो। अर्काको कपडा पसलमा काम गरेर परिवार र भाइबहिनीलाई सहयोग गर्दै आएकी मञ्जु अब आफ्नै चियापसलमा काम गर्न थालिन्।
जीवन कलेज पढ्न थाले। सबैको आशाको किरण जीवनले सरकारी जागिर खाएपछि दुःखका दिन सकिने प्रतिक्षामा बाच्न थाल्यो विश्वकर्मा परिवार।
संयोग कस्तो पर्यो भने पुलामीमगर परिवार पनि त्यही घरमा बस्थ्यो। सुरुमा दुई परिवारबीच हिमचिम राम्रै थियो। जीवनको पढाइ राम्रो भएका कारण संगीता र उनका भाइ सन्तोष उनीसँग सिकाइमाग्न आउँथे। जीवनले प्रहरीसमक्ष दिएको बयानमा संगीता र जीवन एकअर्का प्रति आकर्षित भएको र त्यो आकर्षण बिस्तारै प्रेममा बदलिएको बताएका छन्। यसको पुष्टि संगीताबाट भएको छैन।
जीवनकै डेरामा संगीताले एकपटक उनको परिचयपत्र देखिन्, त्यसमा उनको थर बिक लेखिएको थियो।
प्रहरीका अनुसार सन्तोष जीवनसँग पैसा माग्थे, पैसा नदिए दिदीसँगको सम्बन्ध बा-आमालाई भनिदिन्छु भन्थे। जीवनले सधैँ पैसा दिन सक्ने कुरा थिएन। साँच्चै नै एकदिन सन्तोषले बा-आमासामु ‘राज’ खोलिदिए। जीवन दलित भएको थाहा पाएपछि पुलामीमगर परिवार राँकियो। संगीता पनि परिवारतिरै लागिन्।
दुई परिवारबीच हिजोसम्मको सौहार्दता तुरुन्तै सत्रुतामा बदलियो। जीवनको परिवारले छुवाछुतबाट पाएको मुक्ति खोसियो। राजधानी पनि अब मुक्तिको सहर रहेन!
‘तँ यस्तो जात, उस्तो जात भन्न थाले,’ मञ्जुले भनिन्, ‘हाम्रो ढोकामा ड्यांग हान्न थाले। हामीलाई देख्नै नहुने मनपरी बोल्न थाले।’
एकदिन समस्या यति उत्कर्षमा पुग्यो, चोकमा जीवनमाथि आक्रमण भयो। उनको सर्ट च्यातियो। कराँते सिकेकी संगीताले स्वयंले बाबु मानबहादुरमाथि पनि प्रहार गरिन्।
‘एउटा पढे-लेखेको त्यस्तो मानिसलाई जातकै आधारमा चोकमा कुटपिट गरे,’ मञ्जुले उनीहरूलाई उद्धृत गर्दै भनिन्, ‘तँ सानो जातको मान्छे, आफ्नो ठाउँमा बस्।’
कुटपिटको उजुरी प्रहरीमा पनि पुग्यो। ‘भाइ र बुवालाई पिटेपछि मैले केही गर्न सकिनँ, जिउ थर्रर काम्यो,’ मञ्जुले भनिन्, ‘बहिनीले प्रहरीलाई खबर गरेपछि उनीहरूलाई समातेर जनसेवा प्रहरीमा लगे।’
प्रहरीले पुलामीमगर परिवारलाई एकदिन थुनामा राखेपछि फेरि मिलौं भन्ने प्रस्ताव आयो। ‘४०/५० जना मानिस आएका थिए,’ मञ्जु सम्झिन्छिन्, ‘मिलेर बसौं भनेका थिए। मिलेपछि फेरि हामीलाई छि:छि: गर्ने, चोकमा पानी भर्न नदिने गर्न थाले।’
मञ्जुका अनुसार पुलामीमगर परिवारले जातकै आधारमा आफू र बाबुमाथि कुटपिट गरेपछि जीवनभित्र बदलाको भावना आउन थाल्यो। कुटपिटपछि उसलाई डिप्रेसन हुन थाल्यो।
त्यो घटनाअघिसम्म जीवनमा जीवनप्रति प्रचुर उत्साह थियो।
कुपण्डोलको प्रगति शिक्षा सदनमा पढेका उनले एसएलसीमा ७०.७८ प्रतिशत ल्याएका थिए। सानैदेखि उनले अर्काको घरमा भाँडा माझेर पढेका थिए। ९ कक्षामा पुगेपछि मात्र उनी परिवारमा बस्न आए र आफ्नो शिक्षालाई निरन्तरता दिए।
परिवारलाई जीवनले जहिल्यै आशा देखाउँथे। दाइको बिहे गर्ने बेलामा पनि उनैले सबै व्यवहार मिलाएका थिए। ‘ऊ मेरो भाइ भए पनि दाइजस्तो थियो,’ जीवनका दाइ सचिनले भने, ‘मेरो बिहेका लागि उसैले सबै काम गर्यो।’.
जीवनलाई सरकारी सेवा गर्ने ठूलो रहर थियो। त्यही भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको असइको लिखित जाँच पनि दिएका छन्। दौड, अब्स्ट्याकल सबै पास भइसकेका उनी लिखितमा पनि पास हुन्छु भन्नेमा दृढ थिए।
‘भाइ लोकसेवा आयोग र नेपाली सेनासम्बन्धी ठुल्ठूला किताब पढिरहेको हुन्थ्यो,’ मञ्जुले भनिन्, ‘उसले एक जोर राम्रो चप्पल पनि लगाएन, राम्रो मोबाइल पनि थिएन। मैले जागिर खाएपछि तिमीहरू सबैलाई राम्रो गर्छु भन्थ्यो।’
दाइ बिहे भएर लाजिम्पाटमा बस्न थालिसकेका थिए। जीवनले दिदीलाई सधैं भन्ने गरेका थिए- पख, दिदी म जागिर खाएपछि तेरो बिहे गराइदिन्छु। मञ्जुले गहभरि आँसु पार्दै भनिन्, ‘परिवार राम्रो बनाउँछु भन्थ्यो। बालाई टिबी थियो, उसैले उपचार गरायो। आमाका खुट्टा मिचिदिन्थ्यो, हामीलाई टाउको दुख्दा उसैले सुम्सुम्याउथ्यो। बरु हामीलाई घिन लाग्थ्यो, तर उसैले बाको सेवा गर्थ्यो।’
टिभीमा आफ्नो भाइ देखेदेखि मञ्जुका सपनामा तुषारापात भएको छ। ‘मैले विष खानु पर्यो भन्ने पनि सोचेँ,’ उनले भनिन्, ‘फेरि बाआमाको बिजोग हुन्छ भनेर रोकिएँ।’ योबीच दुईपटक आत्महत्या गर्ने सोच बनाएकोसमेत मञ्जुले बताइन्।
दलित परिवारमै जन्मिएका कारण आफूमाथि छुवाछुत र उत्पीडन भएपछि जीवन डिप्रेसनको सिकार भए। उनले शिक्षण अस्पतालका चिकित्सकलाई समेत भेटे। पढाइमा ध्यान जान छाड्यो। उनले परिवार र टोल छाडे र टोखामा बस्न थाले।
उनीले देशै छोड्न पनि प्रयास गरे। भारतीय सेनामा जागिर लगाइदिन्छु भनी राजेश प्रधान नामका व्यक्तिले सिक्किम बोलाएर ५० हजार रुपैयाँ पनि ठगी गरेपछि उनलाई झनै चोट पर्यो।
गत वर्षदेखि टोखामा बस्न थालेका उनी दसैँ मान्न बुबाआमाकहाँ आएका थिए। तिहार मानेर फेरि उनी फर्के। विश्वकर्मा परिवारले जीवनलाई त्यसयता नभेटेको बतायो। उनीहरूलाई जीवन सिक्किमतिरै छ भन्ने थियो।
जीवनले परिवार छोडे, टोल छोडे, देशै छोड्ने सोच बनाए। तर, उनलाई झोँछेको आफ्नो डेरामा घटेको घटनाको घाउले छोडेन। त्यो घटनाप्रति प्रतिशोधको भावनाले उसलाई छोडेन।
दलित भनेर हेप्न थालेपछि सुरुमै डेरा सर्न पाएको भए त्यो घटना हुँदैनथ्यो भन्ने अहिले यो परिवारलाई लाग्न थालेको छ।
‘हामीले डेरा सर्न खोजेका थियौं,’ मञ्जुले भनिन्, ‘कोठा खोज्दा पाइएन। हामीलाई आफ्नै कामले फुर्सद पनि भएन। नबोली बसौं भनेका थियौं। तर, भाइलाई रातोदिनको हेपाइले यस्तो अवस्थामा पुर्याएछ।’
मञ्जुका अनुसार त्यही घरमा बस्दा मात्र जातपातको समस्या आएको हो। अन्यत्र त जातको त्यत्रो ठूलो समस्या थिएन। चिया पसल गरेका ठाउँमा पनि सबैले माया गर्छन्। ‘उसैले यसो गरायो भन्ने हामीलाई विश्वास हुँदैन,’ मञ्जुले भाइका बारेमा अगाडि भनिन्, ‘त्यो बिग्रेको मानिस होइन। मिहिनेती र बुद्धिमान मान्छे थियो। बूढापाकालाई समेत यसो गर्नू उसो गर्नू भनेर सम्झाउँथ्यो।’
जीवनले आफूलाई असह्य भएपछि बाध्य भएर यो बाटो लिनु परेको पनि प्रहरीलाई बताएका छन्। पहिले लट्ठीले मात्रै हान्ने सोचे पनि हात कामेको र पछि भारतीय टेलिभिजन हेरेर एसिड हान्ने तरिका सिकेकोसमेत उनले प्रहरीलाई बताएका छन्।
असईका निम्ति जाँच दिएका जीवनलाई प्रहरीहरूले सोधे- के तिमीले दौड, अब्स्ट्याकल पनि पास गरेका थियौं?
‘सर, म अरु मान्छेभन्दा कुन अर्थमा कम छु र?’ उनको जवाफ थियो, ‘खेलकुदमा राम्रो छु। राम्रो पढे-लेखेको छु। जातका आधारमा हेय दृष्टिले हेरेपछि मात्रै मैले बदला लिन यसो गरेको हुँ।’
उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘मलाई पश्चाताप छैन, सर।’
उनलाई उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरीले सेतोपाटीसँग भने, ‘मलाई पीडा दिनेलाई पीडा दिन पाएँ, यसैमा आनन्द लाग्छ।’
यति भन्दाभन्दै पनि उनले आफ्नो भविष्यप्रति निराश हुँदै एक प्रहरी अधिकृतलाई भने, ‘मेरो भविष्य अब यत्तिकै सकिने भयो, सर!’

राजनीतिक दलहरुले शनिबार मध्यराती नेपाललाई ६ प्रदेश बनाउने सहमती गरेपछि अहिले विभिन्न क्षेत्रबाट आफ्नै खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि संघियताको बिषयमा आफ्नो धारणा राखिरहेका छन् ।
चर्चित हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले संघियता घोषणा भएपछि मधेसवादी दलहरुलाई विशेष वधाई दिएका छन् । उनले पुराना ५ विकास क्षेत्रमा मधेस क्षेत्र जोडेर ६ प्रदेश बनाइएको फेसबुकमा लेखेका छन् ।
फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दिपकले मेची र कोशी टास्सिएको भन्दै बाग्लुङ भने भास्सिएको लेखेका छन् । उनले लेखेका छन्-‘मधेसवादले यस्को पाए कि पाएनन् पत्तो, अझै कुर्लिने हुन् कि बीर राजेन्द्र महत्तो ।’
५ विकास क्षेत्रलाई ६ बनाउन र मधेसीहरुलाई मनाउनु अझै गाह्रो भएको भन्दै दिपकले अब जनताले धेरै नेता पाल्नुपर्ने दाबी गरेका छन् । ‘महत्तोजीहरुले भन्न सक्छन्, पुगेन तराइमा आगो बाल्नु पर्छ, छुटेका दुई तिन जिल्ला पनि यतै हाल्नु पर्छ ।’, दिपकले फेसबुकमा लेखेका छन् ।
उनले सबैले इमान्दार बनेर देश विकासको बाटोमा जाओस् भन्दै आफूलाई ६ अंक फापेको जनाएका छन् । उनले यो अंक देशलाई पनि फापोस् भन्दै मधेसी दललाई विशेष बधाई दिएका छन् ।

काठमाडौ, श्रावण २४ - वैवाहिक खटपटपछि लामो समय बलिउडबाट ओझेल परेकी मनीषा कोइराला सम्बन्धविच्छेदसँगै पुन: फर्किइन्। उनका हितैषी निर्देशक रामगोपाल बर्माले मनीषालाई फिल्म ‘भूत रिटर्नस्’ बाट रिटर्न गराउन खोजेको प्रयास बक्सअफिसमा असफल सिद्ध भएको थियो। त्यसपछि मनीषा पुन: ओझेल परिन्। क्यान्सरका कारण पनि केही समय बलिउडबाट बेपत्ता भइन्। यति बेला केही दक्षिण भारतीय फिल्ममा काम थालेकी उनको शनिबार नयाँ फिल्म ‘चेहरे’ को ट्रिजर आएको छ।
ब्ल्याक एन्ड हाइट उक्त फिल्मलाई पनि यति बेला मनीषाको कमब्याकका रूपमा हेरिएको छ। जुन फिल्ममा मनीषा ज्याकी श्राफसँगै देखिनेछिन्। फिल्म ३०, ४० र ५० को दशकको समयलाई आधार मानि कथा वाचन गरिएको छ। जुन बेला फिल्ममा अहिलेको जस्तो स्टारडम वा अनुहार बिक्ने बेला थिएन र फिल्म पनि रंगीन भइसकेको थिएन। त्यसैले पनि मनीषाले हरेक मुहारको भूमिका गरेको बताइएको छ। रोहित कौशिकको निर्देशन रहेको फिल्ममा ज्याक्कीसहित उनका अर्का हितैषी मानिने गुलसन ग्रोबर, ऋषिता भट्ट, दिव्या दत्त पनि मनीषासँगै देखिनेछन्।
पुरानो दिनको याद गराउनका लागि फिल्मको अधिक भागलाई श्यामश्वेतमा खिचिएको बताइएको छ। केही महिनाअघि दक्षिण भारतीय फिल्म ‘गेम’ कै सुटिङ सकाएकी मनीषा यति बेला तामिल/कन्नड फिल्म ‘ओरु मेलिया कोडू’ को छायांकनमा पनि व्यस्त छिन्। महाभूकम्पका बेला नेपाल आएकी मनीषा अहिले भने काममा फर्किसकेकी छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२४ साउन, काठमाडौं ।
सुनको मूल्य विश्वमा हरेक सेकेन्डमा उतारचढाव भइरहेको हुन्छ । अहिले विश्व बजारमा सुनको मूल्य पाँच वर्षकै न्यून विन्दुमा आएको छ । सुनका मूल्यका विषयमा विश्वभर धेरै खालका अड्कलबाजी छन् । अमेरिकी डलरको बढ्दो मूल्य र चीनमा सुनको मागमा आएको कमी मूल्य घट्नुको मुख्य कारण हो ।
सुनको डलर र अमेरिकी मूल्यबीच जहिले पनि विपरीत सम्बन्ध हुन्छ अर्थात सुनको मूल्य बढ्दा डलरको मूल्य घटेको हुन्छ भने डलरको मूल्य बढ्दा सुन घटेको हुन्छ । अहिले अमेरिकाको केन्द्रीय बैंकले व्याजदर परिवर्तन गर्न लागेको सामाचार आएको छ ।
अमेरिकी केन्द्रीय बैंकले व्याजदर बढाएमा अमेरिकी ऋणपत्रबाट आउने व्याजदरबाट सुनको तुलनामा बढी आम्दानी हुन्छ । यसले लगानीकर्ता सुनमा कम आकर्षित छन् । सन् २००६ को पहिलो ६ महिनामा चीनको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ । सबैभन्दा बढी सुन खरिद गर्ने चीनमा २४ प्रतिशत माग घटेको छ ।
मौज्दातमा राख्ने व्यापारीले पनि सुन बिक्रीका लागि राखेको हुँदा मूल्य घट्न मद्दत पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।