संसदको कार्यसूची, दवाव दिने कांग्रेस र मधेशी मोर्चाको तयारी
२२ कात्तिक, काठमाडौं ।व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । आजको बैठकमा महिला बालबालिका समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचि छ ।
भुकम्पपछिको पुर्ननिर्माण विधयेक पनि संसदमा पेश गर्ने तयारी छ । पुनर्निर्माण प्राधिकरण सम्वन्धी विधेयकलाई अन्तिम रुप दिन विधायन समितिको वैठक बसिरहेको छ । भूकम्प गएको ७ महिनापछि पनि विधेयक संसदमा पेश हुन नसक्दा पीडितलाई राहत तथा पुनर्निर्माण कार्य अघि वढ्न सकेको छैन ।
यसअघि सरकारले अध्यादेश मार्फत योजना आयोगका निवर्तमान उपाध्यक्ष गोविन्दराज पोख्रेलको संयोजकत्वमा प्राधिकरण गठन गरेपनि राजनीतिक सहमति हुन नसक्दा विधेयक संसदमा पेश हुन सकेको थिएन ।
व्यवस्थापिका संसदको आज बस्ने वैठकमा सरकारले पुर्ननिर्माण सम्वन्धी विधेयक पेस गर्ने कार्यसुची छ । यद्यपी दलीय सहमति जुटिनसकेकाले विधेयक पेश हुने निश्चित भने छैन । असोज १५ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा ८४ दिनदेखि तराईमा आन्दोलनरत मधेसी मोर्चा आबद्ध दलका सभासद पनि सहभागी हुने भएका छन् ।
मोर्चाले आफुले उठाएका माग संसदबाट पुरा गराउन संसदलाई उपयोग गर्ने रणनीति लिएको हो । गत आईतबार सरकारलाई ११ बुँदे माग बुझाएको मधेसी मोर्चाले ति माग पुरा गराउनका लागि लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन लागेको मोर्चा आवद्ध दलले जनाएका छन् ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेसका मुद्दा सम्बोधनका लागि संविधान संसोधन गर्न सरकारमाथि दबाब दिने भएको छ ।
तराई मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदले संविधान संसोधन प्रस्ताव अघि बढाउनका लागि संसद अबरुद्ध गर्नेसम्मको तयारी गरेको छ । त्यसबारे छलफल गर्न काग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।nepaliheadlines.com
0 comments
Write Down Your Responses