पूर्वप्रधानमन्त्री भट्टराई र नितिशकुमारबीच टेलिफोन वार्ता
काठमाडौं, कार्तिक २३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारलाई टेलिफोन गरी बिहार विधानसभा निर्वाचनमा उनी, उनको पार्टी र गठबन्धनले पाएको सफलताप्रति बधाइ दिएका छन् ।डा. भट्टराईले आइतबार साँझ नितिशकुमारलाई टेलिफोन गर्दैै आगामी कार्यकालको पूर्ण सफलताको अग्रिम शुभ–कामनासमेत दिएको भट्टराईको नीजि सचिवालयले जनाएको छ ।
नितिशकुमारलाई बधाई र शुभ–कामनाका साथै पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपाल–भारत (मूख्यतः बिहार) सीमामा भारतीय पक्षका कारण सिर्जित समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरेको जनाइएको छ ।
जवाफमा नितिशकुमारले यतिञ्जेल आफू निर्वाचनमा केन्द्रित हुँदा नेपाल–भारत सीमानामा देखिएको समस्याप्रति ध्यान दिन नपाएको भन्दै अब सीमामा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताएको पनि डा. भट्टराईको सचिवालयले जनाएको छ ।
imagekhabar
0 comments
Write Down Your Responses