एमालेका मन्त्री छान्दा भित्रभित्रै यसरी भयो भयानक खेल
काठमाडौं, २३ कात्तिक । नेकपा एमालेबाट आठ जना मन्त्रीका लागि करीव एक सय जना सांसदहरू प्रतिस्पर्धामा थिए । तीमध्ये पनि तीन मन्त्री सुरुमै नियुक्त भइसकेका थिए ।
बाँकी ५ जना मन्त्री छान्नु एमाले नेताहरूका लागि महाभारत नै थियो । स्थायी कमिटीमा लगातार छलफलपछि केही मापदण्ड बनाएर मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई दिइयो । ओली झन संकटमा परे ।
आठ जना मन्त्रीमध्ये गुटभन्दा पनि प्रादेशिक सन्तुलन, समावेशी र प्रत्यक्ष निर्वाचितलाई प्राथमिकता दिने नीति अनुरुप मन्त्री छान्ने महासचिव ईश्वर पोखरेलसहित आफू निकट नेताहरूसँग सल्लाह गरे । महासचिव पोखरेल आफ्नो तर्फको लिष्ट दिएर मधेसतिर लागेको साँघु साप्ताहिकले छापेको छ ।
त्यही दिन अर्थात् मन्त्रिपरिषद् बिस्तार हुने दिन २०७२ कात्तिक १९ गते बिहान माधव नेपाल बालुवाटारमा पुगे । उनले आफ्नोतर्फबाट मन्त्री बन्ने लिष्ट दिए जसमा एक नम्बरमा पशुपति चौलाईको नाम थियो ।
उनले भीम रावल, श्रीमाया थकाली, सत्रुघन महतोको नाम पनि राखेका थिए । तर, चौलागाईलाई मन्त्री नबनाउने हो भने बिस्तारित मन्त्रिपरिषदमा आफ्नो समर्थन नरहने प्रष्ट बताएको नेपाल निकट स्रोतले जनाएको छ ।
नेपालले यतिसम्म भनेका थिए कि पशुपति चौलागाईलाई मन्त्री नबनाएर आनन्द पोखरेललाई बनाइयो भने त्योभन्दा दुर्भाग्य केही हुने छैन ।
चौलागाईलाई पार्टी पोलिटव्यूरो सदस्य तथा दोलखाबाट समानुपातिक सांसद हुन् भने पोखरेल दोलखा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
यसअघि महासचिव ईश्वर पोखरेलले माधव नेपालले पशुपतिको नाममा अडान लिएर आनन्दलाई रोकन खोजेमा विकल्पका लागि सिन्धुपाल्चोक ३ का सांसद शेरबहादुर तामाङको नाम प्रधानमन्त्रीलाई सुझाएका थिए ।
यद्यपि दुई पटक चुनाव जितेका र दोलखामा एमालका संस्थापकमध्येका एक आनन्दलाई मन्त्री बनाउन उनले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
आनन्दको सवालमा एमालेमा अझ रोचक खेल समेत सुनिन थालेको छ । पशुपति चौलागाईलाई रोकेर आनन्द पोखरेललाई मन्त्री बनाउन माधव नेपाल पक्षकै प्रभावशाली नेताहरू समेत सहयोगी बनेको चर्चा नेपाल गुटमा चलेको छ ।
पशुपतिका लागि नेपालसहित गंगालाल र जगन्नाथ खतिवडाहरूले लबिङ गरे पनि घनश्याम भुषाल, योगेश भट्टराई जस्ता नेताहरू मौन थिए ।
स्रोतका अनुसार उनीहरूले अप्रत्यक्ष रुपमा आनन्द हुन् भन्ने गरी सघाएका थिए । यसमा भूमिका खेलेका थिए एमाले पर्वतका सचिव पदमपाणी शर्मा ।
घनश्याम, योगेश समूहका सदस्य पदमपाणी आनन्द पोखरेलका छोरी ज्वाइँ हुन् । उनले आनन्दको विपक्षमा नउभिन आफ्ना नेताहरूलाई आग्रह गरेको चर्चा पनि चलेको छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses