मधेसी मोर्चा संसदमा आउनुको कारण यस्तो रहेछ
२३ कात्तिक, काठमाडौं ।सरकार र आन्दोलनरत पक्षबीच कुनै सहमति र रणनीति परिवर्तनविनै मधेसी मोर्चा संसद्मा आएपछि उसको रणनीतिबारे विश्लेषण हुन थालेको छ । मोर्चाको रणनीतिक असफलता शक्तिमा आएको कमजोरीका कारण मोर्चा विनासहमति संसद्मा आएको मधेसी विश्लेषकहरुको भनाइ छ ।
उनीहरुका अनुसार मोर्चाका नेताहरुमा राजनीतिक इमानदारी र स्थिरता कम देखिएको छ । त्यसमाथि पहिला दबाउने रणनीति अपनाएको सरकार अहिले गलाउने रणनीति अख्तियार गरेको टिप्पणी पनि हुन थालेको छ । यी दुवै कारणले मोर्चा संसद्मा आउन बाध्य भएको विश्लेषण हुन थालेको छ ।
तराई मधेसको राजनीति आवश्यकतामुखी आन्दोलन भएकाले त्यसमा इमानदारिता, निरन्तरता वा स्थिरता हुनुपर्नेमा मोर्चाका नेतामा त्यो नभएको मधेस विश्लेषक तुलानारायण साहको भनाइ छ ।
मोर्चाका नेताहरु भने यो स्वीकार गर्न तयार छैनन् । उनीहरुको भनाइमा अहिले रणनीति परिवर्तन मात्रै भएको हो । सडक र सदन दुवैलाई उपयोग गर्न संसद्मा गएको सद्भावना पार्टीका महामन्त्री मनिष सुमनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ । nepaliheadlines
0 comments
Write Down Your Responses