भारतकै मन्त्रीबाट प्रधानमन्त्री मोदीको कडा अलोचना- अब मन्दिर गएर घण्टा बजाउ
२०७२ कार्तिक
काठमाडौं, २२ कात्तिक । भारतको सबैभन्दा ठूलो राज्य बिहारमा भारतीय जनता पार्टीले लज्जास्पद हारेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कडा अलोचना भएको छ । कारण मोदी आफै बिहारमा चुनावी प्रचार प्रसारमा खटिएका थिए ।
जसका कारण बिहारमा बीजेपीले होइन् प्रधानमन्त्री मोदीले हारेको टिप्पणी गरिन थालिएको छ । धेरैले मोदीको आलोचना गरिरहेका छन् । यसैक्रममा भारतका एक मन्त्रीले समेत मोदीको आलोचना गरेका छन् ।
उत्तर प्रदेश क्याविनेटका मन्त्री आजम खानले प्रधानमन्त्री मोदीमाथि हमला गर्दै अब मन्दिरमा गएर घण्टा बजाउन सुझाव दिएका छन् । प्रधानमन्त्री मोदी पराजयको सन्दर्भ कोट्याउँदै आजमले मुश्लीम समुदायलाई हेला गर्ने दृष्टिले मोदी हारको सिकार बनेको आरोप लगाए ।
आज सार्वजनिक भएको बिहारको चुनावी मतपरिणाम अनुसार मोदीको बीजेपी तेस्रो पार्टी बनेको छ ।/dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses