भारतले देखायाे नाकाबन्दी हटाउने संकेत
सोमबार, २३ कार्तिककाठमाडौं। भारतले चाडवाडका बेला नेपाली जनतालाई दुःख दिने आफ्नो मनसाय नरहेको भन्दै डेढ महिनायता लगाउँदै आएको नाकाबन्दी हटाउने संकेत गरेको छ ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसंग आइतबार भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुरमा डोभालले नाकाबन्दै हटाउने संकेत दिएका हुन् ।
स्रोतका अनुसार डोभालले उपाध्यायसंग नाकाबन्दी हटाएर नेपालसंगको सम्बन्ध सुधार्न चाहेको बताएको थिए ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले भारतीय नाकाबन्दी हट्ने संकेत पाएको जानकारी गराएका छन् । र तीन दलका शीर्ष नेताको बैठकमा ओलीले यस्तो जानकारी गराएका हुन् । त्यसअघि प्रधानमन्त्रीले नाकाबन्दीलगायका विषयमा सरकारका केही सचिवसंग पनि छलफल गरेका थिए ।
उनले त्यहाँ पनि भारतले लगाएको नाकाबन्दी खुल्ने संकेत गरेका थिए ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सचिवहरुसंग भएको छलफलमा उनले भने, ‘अब केही दिनमा नाकाबन्दी खुकुलो हुने संकेत पाएको छु । आजको अन्नपूर्णमा समाचार छ ।
www.nepalsandesh
0 comments
Write Down Your Responses