म्याच फिक्सिङ गर्ने खेलाडीमाथि राज्य विप्लवको मुद्दा
आइतबार, २२ कार्तिककाठमाडौं । अन्तराष्ट्रिय खेलहरुमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडीहरुमाथि विशेष अदालतमा राज्यविप्लवको मुद्दा दर्ता गरिएको छ ।
प्रहरीले अनुसन्धान सकाएपछि सरकारी वकिलको कार्यलयमार्फत राज्यविरुद्धको अपराधको अभियोगमा मुद्दा दायर गरिएको हो । मुद्दामा राज्यविरुद्ध गम्भीर अपराध गरेको भन्दै जन्मकैदको सजाय माग गरिएको छ ।
म्याच फिक्सिङ प्रकरणमा गत असोज २७ गते पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री तथा प्रशिक्षक अन्जन केसीलाई अहिलेसम्म प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा खेल मिलेमतो गरेर हारेको आरोप लागेको छ ।
नेपालले ‘होम एन्ड अवे’ को आधारमा सन् २०११ मा भएको विश्वकप छनोट खेलमा जोर्डनविरुद्ध उसको घरेलु मैदानमा ९–० को लज्जास्पद हार व्यहोरेको थियो ।
त्यसलगत्तै काठमाडौंमा भएको खेलमा भने नेपालले १–१ गोलको बराबरी खेलेको थियो । पक्राउ परेका खेलाडीहरुमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटलगायतका १६ देखि २३ वटा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप छ ।
नेपालले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा समूह चरणका सबै खेलमा लज्जास्पद हार व्यहोरेको थियो ।
सोही बेला नै नेपाली खेलाडीमाथि खेल मिलेमतो गरेको आरोप लागेको थियो ।
www.nepalsandesh
0 comments
Write Down Your Responses