बिहारमा नितिश-लालुको गठबन्धनले १७७ सिट जित्यो
भाजपको गठबन्धन नराम्ररी पछारियोकाठमाडौं : भारतको बिहारमा भएको विधानसभा चुनावमा नितिकुमार, लालुप्रसाद यादव र आर्इ कांग्रेसको गठबन्धनले दुर्इतिहार्इ बहुमत ल्याएको छ ।
आइतबार साँझसम्म आएको मतपरिणाम अनुसार मोदीको भाजपा नेतृत्वको गठबन्धनलार्इ पछार्दै महागठबन्धनले १७७ सिटमा जित निकाल्ने पक्कापक्की गरेको छ ।
कुनै बेला शत्रुतापूर्ण सम्बन्धन रहेका नितिश-लालु बिहारको राजनीतिक पिचमा वर्षपछि एकसाथ उत्रँदा उनीहरुको रिभर्स स्विङ्गमा मोदी टीम नराम्ररी बोल्ड हुन पुगेको छ ।
आइतबार साँझसम्मको मतपरिणामले महागठबन्धन १७७ मा विजयी हुने पक्का भएको छ भने मोदीको गठबन्धनको रथ ६० सिटमै अड्किन पुगेको छ ।
यो नतिजाबाट प्राप्त जनादेशअनुसार बिहारका जनता अझै पनि नितिशकुमारलार्इ भरोसा गर्छन् भन्ने देखाएको छ भने कुनै बेला गुण्डाको आडमा राजनीति चलाएका लालुप्रसाद यादवलार्इ पनि जनताले पुन: अपनाउन पुगेका छन् ।
२५ वर्षपछि पहिलो पटक अंगालो मारेका नितिश-लालुले अन्तत देशकै प्रधानमन्त्रीलार्इ पछार्न सफल भए । नितिशले सन् १९९३ मा जनता दलबाट अलग भएर समता पार्टी बनाएका थिए । सन् १९९७ मा लालु यादवले राष्ट्रिय जनता दल बनाएका थिए ।
बिहारको विधानसभा चुनावमा यस्तो पहिलो पटक हुनपुग्यो, जब राज्यका मूख्यमन्त्रीविरुद्ध प्रधानमन्त्री चुनावी मैदानमा थिए ।
यसअघि दिल्ली विधानसभा चुनावमा यस्तै भएको थियो, जुनबेला अरबिन्द केजरीवालविरुद्ध मोदीले चुनाव प्रचारको कमानी आफैंले सम्हालेका थिए ।
साँझसम्मको नतिजाले भाजपा तेस्रो नम्बरको पार्टी बन्न पुगेको छ । तर, भोटको प्रतिशतका आधारमा भने भाजपा नै अगाडि देखिएको छ ।
उसले २५ प्रतिशत भोट पाएको छ भने सबैभन्दा धेरै सिट जित्ने राष्ट्रिय जनता दलले १८ प्रतिशत भोट पाएको छ
www.annapurnapost
0 comments
Write Down Your Responses