राजधानीमा पाँच बालबालिकाको घाँटी रेटेर हत्या, गर्भवतीको पेटमा चक्कु प्रहार
बैंकक, ११ असोज । मानसिक सन्तुलन गुमाएको एक व्यक्तिले थाइल्याण्डको राजधानी बैंककमा पाँचजना बालबालिकाको घाँटी रेटेर हत्या गरेको समाचार छ ।
सो व्यक्तिले तरकारी काट्ने चक्कुले घाँटी रेटेर ती पाँचको हत्या गर्नुको साथै अर्की एकजना गर्भवती महिलालाई पनि चक्कु धसेर गम्भीर घाइते बनाएको छ । बैंककको चाई प्रकरण जिल्लामा आइबार अपरान्ह सो हत्याकाण्ड भएको थाइल्याण्डबाट प्राप्त समाचारमा जनाइएको छ ।
प्रहरी लेफ्टिनेन्ट कर्णेल सोम्बुत कालासुकले भने- एक मानसिक रोगीले पाँचजना बालबालिकालाई तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको छ । उनीहरु सबैलाई टाउको र घाँटीमा चोट लागेको छ ।
मारिनेमा पाँच महिनादेखि आठ वर्षसम्मका बालबालिका रहेका पनि उनले जानकारी दिए ।
गर्भवती महिलाको अवस्था पनि अत्यन्तै नाजुक रहेको अस्पतालले जनाएको छ । मारिनेमा एकजना बच्चा तिनै महिलाको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मारिने बच्चामध्ये तीनको शव घरभित्रै र एकजनाको आँगनमा भेटिएको थियो । बाँकी एकजनाको भने अस्पतालमा मृत्यु भएको हो । उक्त व्यक्ति केही महिनामात्र पहिला अस्पतालमा उपचार गराइ फर्किएको थियो । उसलाई प्रहरी नियन्त्रणमा राखिएको छ । रासस/एएफपी
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses