धनगढीको मनेहरा जंगलमा बस जलाइयो
थरुहटका युवाले जलाएको प्रहरीको भनाइ
धनगढी : धनगढी नगरपालिकको मनेहरा जंगलमा नगर बसमा आगजनी गरिएको छ ।

धनगढी नगरपालिका–७ मा पर्ने मनेहरा जंगलमा केही बेरअघि कर्णाली यातायाताको से १ ख १०१७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीपछि नगरबस पुर्णरुपमा जलेको छ । पाँचजनाको नकाबधारी समुहले बसमा ढुंगा हानेर रोकेपछि पेट्रोल खन्याएर आगो लगाएको चालकलाई उधृत गर्दै कैलालीका प्रहरी प्रवक्ता डिएसपी विश्वराज खड्काले बताए ।

थारु समुदायका युवकहरुले आगो लगाएको बस चालकले जानकारी दिएको डिएसपी खड्काले बताए । बसमा लगाइएको आगो निभाउन धनगढी नगरपालिकाको दमकल घटनास्थलतिर गएको छ ।

नगरबस, जुगेडा हुदै कनरीको बस्ती भएर धनगढी चल्ने पर्छ । कनरीदेखि धनगढीको झण्डै ५ किलोमिटरको दुरीमा डेढ किलोमिटर मनेहरा सामुदायिक वनक्षेत्र पर्छ । सोही वनमा बस जलाइएको हो ।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses