एकाबिहानै भूकम्प
१ भदौ, काठमाडौं ।मंगलबार बिहानै भूकम्प गएको छ । बिहान ४ बजेर ८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्प ४ दशमलब ८ रेक्टर स्केलको गएको हो ।
यसअघि चार रेक्टर स्केल माथिको भूकम्प चार दिन अघि मात्र गएको थियो । यसको लागि माथिको टेबलमा हेर्नसक्नुहुन्छ ।
दोलखा बैशाख १२ को विनासकारी भुकम्पपछि धेरै परकम्प जाने जिल्लामा पर्छ । बैशाख २९ को परकम्पले दोलखामा सबैभन्दा धेरै मानवीय क्षति समेत गराएको थियो । भुकम्प मापन केन्द्रका अनुसार बैशाख १२ यता ४ म्याग्निच्युड माथिका ३ सय ७९ वटा पराकम्प गएका छन् ।
0 comments
Write Down Your Responses