विरेन्द्रको सम्पत्ति खोज्न अख्तियारमा उजुरी
काठमाडौं । नेपालको पूर्व राजपरिवारको अथाह सम्पत्ति जगगा जमिनको यकिन विवरण अहिलेसम्म कसैले पनि पत्ता लगाउन नसकेको अवस्था छ ।


आजको दृष्टि साप्ताहिकमा खबर छ २०५८ सालमा परिवार नै मारिएका तत्कालीन राजा विरेन्द्र शाह र उनको परिवारका नाममा भएको सम्पत्ति गणतन्त्र घोषणा भएपछि नेपाल सरकारको नाममा आइसकेको छ । र, नेपाल ट्रष्टका नाममा सीमित सम्पत्ति मात्र रहेको धेरै सम्पत्ति पूर्व राजा र उनका परिवारले सुसारे र अरु विश्वासिला व्यक्तिका नाममा लुकाएको आशंका गरिंदै आएको छ ।

यसै क्रममा २०५२ जेठदेखि २०५९ सालसमम तत्कालीन अधिकारीकुमारी कोमल शाहको सुसारे बेसी नन्दा मल्लका नाममा ४ अर्ब रुपैयाँको सम्पत्ति रहकाले छानविन गर्न माग गर्दै २०७२ असारमा अख्तियारमा उजुरी परेको छ । अख्तियारमा उजुरी दिए पनि स्रोत नखुलेको सम्पत्ति छानविन गर्ने निकाय सम्पत्रि शुद्धीकरण नियन्त्रण विभाग हो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses