देवरले भाउजु भगाएपछि दाजुले पनि भाइबुहारी भगाए…..
भदौ १, सप्तरी । नातामा भाइ पर्ने फुपुका छोरा ले आफनो श्रीमती भगाइपछि सप्तरीमा एक व्यक्तिले भाइबुहारी भगाएका छन् । यो घटना हो सप्तरी खड्गपुर गाविस ७ अमैरिया टोलको । गाउँमा पटकपटक बसेको पंचायतीबाट समस्या समाधान हुन नसक्दा सोमबार जिल्ला प्रहरी कार्यालयसम्म दुवै पक्षको उजुरी परेपछि यस्तो घटना सार्वजनिक भएको हो ।
खडकपुर ७ का ३५ वर्षिय उमेश राम पाँच वर्ष अघि रोजगारीमा लागी मलेसिया गएका थिए । नाताले भाइ पर्ने सप्तरीकै लालापट्टी गाविस ४ चा बस्ने ३० वर्षीय भोलाराम उनीभन्दा दुई वर्ष अघिदेखि मलेसियामा काम गर्दै आएका थिए । मलेसियाबाट बेलाबेलामा भोला गाउँ फर्किंदा उमेशले उनैको हातबाट ३० वर्षीय पत्नी तारा देवीलाई रकम पठाउने गरेका थिए । उमेशका अनुसार पाँच वर्षका अवधिमा पटकपटक गरी भोलामार्फत १२ लाख रुपैयाँ पठाएका थिए । रकम पुर्याउन जाँदा आउँदा भोलाको भाउजु तारासँग प्रेम बस्यो । चार सन्तानकी आमा तारा र एक वर्ष अघि मात्र भारतको वीरपुरकी सरितासँग विवाह गरेका भोलाबीच लसपस बढ्दै गएको खबर गाउभर फैलियो । एक दिन यी दुवैलाई चुकुल लगाईघर भित्र बसेको छिमकीले भेटेपछि कुटपिट गरे । तर, दुवैको पछि भेट रोकिएन । तीन सन्तालनसहित तारा भोलासित भागिन् । सन्तानसहित भोलाकी अर्की श्रीमती ल्याएपछि उनकी श्रीमति सरिता पनि आगो भइन् । उनको विरोध र आपत्तिमा कुनै सुनुवाई भएन । गाउलेले घटनाको जानकारी गराएको जेठी छोरीको विचल्ली बनाएको खबर दिएपछि उमेश मलेसियाबाट फर्किए । श्रीमतीलाई फर्काउन उनले निक्कै मेहनत पनि गरे । तर, सफल भएनन् । यद्यपी तीन सन्तानलाई फिर्ता ल्याउन उनी सफल भए । गाउँमा बसाईका क्रममा हाटबजार निस्कँदा उमेश र सरिताबीच हिमचिम बढ्दै पनि गयो । पत्नीबाट धोका पाएका उमेश र पतिबाट धोका पाएकी सरिताबीच प्रेम गहिरिंदै गयो र अन्त्यमा दुवैले भागेर प्रेम विवाह गरे । आजको राजधानी दैनिकमा खबर छ । www.etajakhabar.com
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses