लोकतान्त्रिक आन्दोलनमा म आफै ढलेको थिए, कमल थापालाई नियन्त्रण मात्रै गर्न खोजिएको हो’
कमल थापाबारे संसदलाई गृहमन्त्री गौतमको जवाफ
२०७२ भदौ १ गते १३:२५
काठमाडौं, १ भदौ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सङ्घीय प्रदेशको सीमाङ्कनको खाकाका विषयमा असहमति राखी मुलुकका विभिन्न जिल्लामा बन्द, हडताल र विरोधका कार्यक्रम भए पनि शान्ति सुरक्षालाई मजबुत बनाई धनजनको सुरक्षा गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री गौतमले विरोधका कार्यक्रमबाट जनजीवनलाई कष्टकर बनाउने र जनताको सामान्य असन्तुष्टिलाई भड्काउन उद्यत शक्तिले संविधान जारी गर्न नदिने र संविधान जारी भएपछि समानान्तर सरकार र संविधान ल्याउने आत्मरति लिइरहेको पनि बताउनुभयो ।
गृहमन्त्री गौतमले लोकतान्त्रिक आन्दोलनका क्रममा आफू स्वयम्ले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रहार गरेर आफू ढल्न पुगेको सन्दर्भ उल्लेख गर्दै कानुन पालनाका क्रममा पूर्वगृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेतृत्व गरेको जुलुसलाई संविधानसभा भवनमा जुलुस प्रवेश गर्ने क्रममा नियन्त्रण गरिएको स्पष्ट गर्नुभयो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses