बामदेवलाई अमरेशको चुनौति-सक्छौ भने गोलघरमा थुन
यो संसदमा हामी नेपालीमात्र छैनौं-चित्रबहादुर केसी१ भदौ, काठमाडौं । नेपालको तराई भूभागलाई पाकिस्तानबाट बंगलादेश अलग गरेझैं अलग पार्ने उत्तेजक अभिव्यक्ति दिएका कांग्रेस सभासद अमरेश कुमार सिंहले आफूलाई गोलघरमा थुन्न सरकारलाई चुनौति दिएका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम उपस्थित बैठकमा सिंहले भने, ‘गृहमन्त्रालयले सक्छ भने यस्तो देश बिखण्डन गर्नुपर्छ भनेर बोल्ने सभासदलाई जेलमा हालोस् । जेल पनि अरु होइन गोलघरमा हालोस् सक्छ भने ।
मधेसवादी नेता उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले कैलालीको टिकापुरमा गएर पहाडेलाई लेखट्ने र देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै सरकारले उनीहरुको भाषणको टेप र अडियो उतार संसदमा पेश गरेको थियो ।
सभामुखको निर्देशन अनुसार सो अडियो भिडियो हेरेर कारवाही प्रक्रिया अघि बढाउन बसेको राज्य व्यवस्था समितिको बैठकमा सभासद सिंहले उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरेर राज्यलाई चुनौति दिएको समितिका सदस्य यज्ञराज सुनुवारले बताए ।
बैठकमा कैलालीको उत्तेजक भाषणबारे कुरा उठ्नासाथ समिति सदस्य समेत रहेका सभासद सिंहले यस्ता उत्तेजक भाषणका टेप आफूहरुसँग पनि रहेको बताए ।
सिंहले भने, ‘जनताले अधिकार माग्दा लाठी हान्ने, दमन गर्नेहरुका टेप हामीले पनि राखेका छौं ।’
प्रशासनले कारवाही नगरे जनताबाट कारवाही
सभासद सिंहले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै तत्कालै समितिका अर्का सदस्य मानप्रसाद खत्रीले आपत्ति जनाए । खत्री सुदूरपश्चिमको बझाङका निर्वाचित सभासद हुन् ।
एमाले सभासद खत्रीले अब सुदूरपश्चिममा गएर बिखण्डनको भाषण गर्ने र साम्प्रदायिक दंगा भड्काउन खोज्नेलाई प्रशासनले कारवाही नगर्ने भएकाले जनताकै तहबाट कारवाही गर्ने चेतावनी दिए ।
सिंहलाई लक्षित गर्दै खत्रीले भने, ‘अब त्यस्ता मान्छे सुदूरपश्चिम गएर बिखण्डनका धम्की दिए भने प्रशासनलाई भन्दैनौं, राज्यसँग गुहार माग्दनौं, हामी जनताको बल प्रयोग गरेर लखेट्छौं ।’
‘नेपालको संसदमा नेपालीमात्र नभएकाले अराजकता’
समितिका अर्का सदस्य राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले नेपालको संसदमा नेपाली मात्र नभएकाले यस्तो अराजकता उत्पन्न भएको बताए ।
केसीले भने, ‘यो संसदमा हामी नेपाली मात्र छैनौं । भारतको गाजियावादमा स्थानीय चुनाव हारेका व्यक्ति नेपालको सभासद बनेका छन् । त्यसैले सरकारले केही कारवाही गर्न सक्दैन ।
समितिमा यादव, महतो र सिंहको भाषणको भिडियो तथा अडियो पेश भए पनि समय अभावका कारण त्यो हेर्न नसकिएको समितिका सदस्य कांग्रेस सभासद हृदयराम थानीले बताए ।
सभापति दिलबहादुर घर्तीले सो प्रकरणबारे भदौ ५ गते बैठक बसेर टुंगो लगाउने जानकारी दिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses