मलाई चाँडै कारवाही गर्न गृहमन्त्रीलाई नै भनिसकेँ : उपेन्द्र यादव
काठमाडौं, भदौ १ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई चाँडोभन्दा चाँडो कारवाही गर्नका लागि गृहमन्त्री बामदेव गौतमलाई आफूले नै टेलिफोनबाट भनेको जनाएका छन् ।
कैलालीको टिकापुरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सदभाव खल्बल्याउन खोजेको भन्दै संसद बैठकमा गृहमन्त्री बामदेव गौतमले अडियो टेप प्रस्तुत गरेपछि आफूले गृहमन्त्रीलाई फोन गरेर ‘चाँडो कारवाही गर्नुस्’ भनेको उनले बताए ।


ईमेजखबर डट कमसँग मंगलबार कुरा गर्दै अध्यक्ष यादवले भने, ‘मैले सामाजिक सदभाव भड्काउने काम गरेको लाग्छ भने मलाई कारवाही गरे हुन्छ, मैले नै गृहमन्त्रीलाई फोन गरेर चाँडो कारवाही गर्न भनिसकेको छु ।’
आफूहरुले जनताको आवाजलाई उठाएको प्रतिक्रिया दिदैं उनले भने, ‘जबर्जस्ती संविधान निर्माण गर्न खोज्नेहरुबाट नै यतिबेला सामाजिक सदभाव खल्बल्याउने काम भएको छ ।’
यादवसँगको विस्तृत कुराकानी ईमेजखबर डट कमको अन्तरवार्ता पृष्ठमा प्रकाशित गरिनेछ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses