अब भाँडोमा फोहोर फ्याँकेमा सित्तैमा वाइफाइ
२०७२ भदौ १ गते
वातावरण सफा राख्ने अभियान पनि काइदा काइदाका हुँदा रहेछन् । भारतमा फोहोरको उचित थान्को लगाएवापत सित्तैमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने लोभलाग्दो अभियान सुरु भएको छ ।
वाणिज्यशास्त्रमा स्नातक दुइ युवाले भारतको मुम्बइमा ‘वाइफाइ ट्रयास बिन’ अभियान सुरु गरेका छन् । यस अनुसार फोहोर फाल्ने भाँडो अर्थात् ट्रयास बिनमा फोहोर फालेमा निशुल्क रुपमा वाइफाइ चलाउन पाइन्छ ।
मुम्बइका प्रतिक अग्रवाल र उनका साथी राज देसाइले यो अभियान सुरु गरेका हुन् । प्रतिकका अनुसार जब भाँडोमा फोहोर फालिन्छ तब उक्त स्मार्ट भाँडोमा एउटा कोड चम्किन थाल्छ । उक्त कोड वास्तवमा वाइफाइ कोड हो र सो कोडबाट निशुल्क वाइफाइ चलाउन सकिन्छ ।

हालै डेनमार्क, फिनल्याण्ड, सिंगापुर जस्ता देशको भ्रमण गरी त्यहाँको फोहोर व्यवस्थापनको गहन अध्ययन गरेका ती दुइ युवाले वातावरणीय स्वच्छताका लागि मानिसको व्यवहारमा परिवर्तन ल्याउनुपर्ने ठहर गर्दैै यस्तो उदाहरणीय अभियान सुरु गरेका हुन् ।
आफुहरुले फिनल्याण्ड, सिंगापुर जस्ता देशहरुबाट पर्याप्त सहयोग लिएर त्यसका लागि एउटा प्रणाली स्थापित गर्ने निर्णय गरेको प्रतिक बताउँछन् । एक संगीत समारोहमा गएको बेला उनमा वाइफाइ फोहोर भाँडोको आइडिया फुरेको रहेछ । फोहोर फाल्ने भाँडोमै वाइफाइको हट स्पट तयार गर्ने र सोहीबाट कोड उपलब्ध गराएर वाइफाइ निशुल्क उपलब्ध गराउन सकिएमा मानिसहरुमा खुल्ला ठाउँमा फोहोर नफ्याँकेर भाँडोमै फोहोर फ्याँक्ने बानीको विकाश हुने अपेक्षा उनीहरुले गरेका छन् ।
पछिल्लो सयमा दिल्ली, कलकत्ता तथा बैंगलोर लगायतका सहरहरुमा यी दुइ युवाले आफुहरुको नयाँ आविष्कारलाई विभिन्न समारोहहरुमा प्रदर्शनीमा राखेका छन् । उनीहरुको प्रयासले राम्रो प्रसंसा पनि बटुलेको छ र सरकारी तवरबाट समेत सहयोगको प्रत्याभूति मिलेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses