‘देशका चार नेताले पूरै देशमा आगो लगाए’
२०७२ भदौ १काठमाडौं, १ भदौं । संविधानसभाको आजको बैठकमा सभासद्ले आ–आफ्ना माग र धारणाहरु राखेका छन् ।
सांसद गङ्गाप्रसाद यादवले सप्तरीको भारदहमा प्रहरीको गोलीले एकजनाको मृत्यु भएको र अन्य केही घाइते भएकाले घाइतेको उपचार र मृतकको परिवारलाई क्षति पूर्ति दिन माग गर्नुभयो ।
सांसद लक्ष्मण लाल कर्णले देशका चार नेताले पूरै देशमा आगो लगाएको र यस्ता अदूरदर्शी नेताको ठेकेदारीले यस्तो घटना भएको आरोप लगाउँदै प्रश्न गर्नुभयो – सप्तरीवासीले के अपराध गरेका थिए र गोली हान्न ?
थारु समुदायलाई सभा गर्ने अधिकार पनि काँग्रेस र एमालेका कार्यकर्ताबाट रोक्न लगाएर तानाशाही व्यवस्था लादेको आरोप लगाउँदै उहाँले यी घटनाको गृहमन्त्रीबाट जवाफ नआए आगामी बैठक चल्न नदिने चेतावनी दिनुभयो ।
सांसद गोपाल दहितले हिजो धनगढीमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भए पनि थारु समुदायको प्रदर्शनमा दमन गरिएको, कैलालीमा कर्मचारीको मिलेमतोमा अखण्ड सुदूरपश्चिमको पक्षमा कार्यक्रम गर्न लगाएको, सुदूरपश्चिमविरुद्ध जाति विशेषलाई भड्काइएको र केही मधेसी सभासद्ले दिएको अभिव्यक्तिविरुद्ध गृहमन्त्रीले पनि सदनमा भड्काउने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses