ट्रकमा ७० वटा शव भेटिए

११ भदौ, भियाना ।

आप्रवासीहरु रहेको भनिएको एक ट्रकमा अष्ट्रियामा कम्तीमा पनि ७० वटा शव भेटिएको बताइएको छ । प्राप्त समाचारअनुसार सुरुमा उक्त ट्रकमा आप्रवासीका २० देखि ३० वटा मात्र शव रहेको अनुमान गरिएको थियो ।

तर पनि शुक्रबार बिहान त्यसमा रहेका शवको सङ्ख्या ७० रहेको पाइएको छ । अष्ट्रियाको एक मोटरबाटोमा उक्त ट्रक पाइएको थियो ।



अष्ट्रियाको सरकारले शुक्रबार बिहान दिएको जानकारीअनुसार राजमार्गमा अलपत्र छोडिएको सो ट्रकमा ती शव भेटिएका हुन् ।

अष्ट्रियाको गृहमन्त्रालयका प्रवक्ता अलेक्जेण्डर मार्काभित्सले सो सङ्ख्याको पुष्टि गर्नुभएको हो । उहाँले एएफपीका समाचारदातालाई दिएको समाचारअनुसार उक्त ट्रकमा ७० वटा शव रहेका छन् ।
ती आप्रवासीको पहिचानका बारेमा कुनै पनि समाचार दिइएको छैन । उनीहरुको देश एवम् लिङ्गका बारेमा पनि कुनै नबताइएको समाचारमा उल्लेख गरिएको छ ।

तर शुक्रबारै अष्ट्रियाको गृह मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेकोले सो विषयमा सूचना उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

उक्त क्षेत्र हङ्गेरीको सीमा नजिकै रहेकोले हङ्गेरी र अष्ट्रियाको प्रहरीले सामुहिक रुपमा अनुसन्धान जारी राखेका छन् ।

उता जर्मन चान्सलर एन्जेला मार्केल अष्ट्रियामा रहनुभएको छ । उहाँले आप्रवासी एवम् शरणार्थीहरुको कानुन निर्माणका लागि पहल गरिरहेका बेला आप्रवासीहरुको यो समस्या आएको छ ।

मार्केलले यो घटनाबाट पाठ सिकेर आप्रवासीहरुको कानुन निर्माण र उनीहरुको व्यवस्थापनका लागि गम्भीर रहन सबैसँग आग्रह पनि गर्नुभएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses