डाइवेटिजको बिरामीका लागि १० उत्कृष्ट शाकाहारी खाना
(एजेन्सी) शरीरमा रगत र सुगरको परिणामलाई नियन्त्रण गर्न स्वस्थ्य र ठीक खाना आवश्यक पर्छ । डायवेटिज नियन्त्रणका लागि आवश्यक १० उत्कृष्ट सागपात भने यस्ता छन् । डायवेटिजका बिरामीहरुले लिने तरकारीमा फिब्र, भिटामिन ए, पोटासियन, म्याग्नेसियन र क्याल्सियम पर्याप्त मात्रामा हुनु जरुरी छ ।सिमी–गेडागुडी
गेडागुडीमा क्यालोरी कम हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुन्छ र फाइब्र, पोटासियम र म्याग्नेशियम धेरै हुन्छ ।
फ्याट– फ्रि डेरी
फ्याट नभएका दुग्ध उत्पादन पनि डायवेटिजका बिरामीका लागि राम्रो भोजन हो । दुग्ध उत्पादनमा भिटामिन डि धेरै हुन्छ । यसले हड्डी तथा दाँत समेत बलियो बनाउँछ ।
गहुँ
गहुँमा फाइबर धेरै हुन्छ । यसमा ओमेगा ३, फोलेट, म्याग्नेसियम, पोटासियम र कोरोमियम प्रशस्तै पाइन्छ ।
गोलभेडा
विभिन्न रोगसँग लड्नका लागि गोलभेडा महत्वपूर्ण मानिन्छ । आईरन, भिटामिन सी, ई र केका लागि गोलभेडा महत्वपूर्ण माध्यम हो ।
सखरखण्डा
यसमा भिटामिन एको मात्रा धेरै हुन्छ । त्यसैले यसको सेवन गर्दा राम्रो ।
बदाम
ओमेगा थ्रीको मात्र बढी हुन्छ । आवश्यक फ्याट यसले प्रदान गर्छ र मुटुका लागि समेत यो राम्रो हुन्छ ।
हरियो सागपात
इन्सुलिन घटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम बढी हुन्छ र क्यालोरी कम हुन्छ । आईरनका लागि यो महत्वपूर्ण मानिन्छ । ब्रोकाउली, पालुङगो र बन्दा डायवेटिजका बिरामीका लागि उपयुक्त हुन्छ ।
बेल पेपर
यसमा भिटामिन ए र सि, पोटासियम, क्यान्सियम र फ्राइब्रको मात्रा बढी हुन्छ ।
च्याउ
च्याउमा चिनीको मात्रा हुदैँन । यसमा भिटामिन डि हुन्छ । यो चिल्लो समेत हुदैँन र यसले कोलेस्टोरोल घटाउन चाहनेका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
भन्टा
यसले डायवेटिजको संभावना घटाउँछ । त्यस्तै कोलेस्टेरोल हटाउन समेत यो महत्वपूर्ण मानिन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses