डियर प्रधानमन्त्री ! वार्ताको वातावरण बनाउ’ : थरुहट
काठमाडौँ, भदौ ११ । टिकापुर घटनापछि केही शान्त देखिएका थरुहट र थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले प्रधानमन्त्री सुशिल कोइरालाई पत्र काटेरै वार्ताको वातावरण बनाउन माग गरेका छन् ।सरकारले वार्ताका लागि पत्र पठाएको भन्दै आफुहरुले प्रधानमन्त्रीलाई बार्ताको वातावरण बनाउन पत्र तयार पारेको र छिट्टै वार्तामा बस्ने वातावरण बनाउन समेत आग्रह गरेको समितीले जनाएको छ ।
गत सोमबार कैलालीमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी, १ नावालक मारिएपछि सरकारले तराईका जिल्लाहरुमा दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कफ्र्यू पनी जारी राखेको छ । तर आन्दोलनकारीले पनि कुनै न कुनै रुपमा आफ्नो प्रर्दशनलाई निरन्तरता दिएका छन् ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses