बहुविवाह गर्ने मुकेश नयाँ ससुरालीबाट पक्राउ
गौशाला : छोरा नजन्माएको आरोप लगाउँदै पत्नी हुँदाहुँदै अर्को विवाह गरेका एक युवकलाई प्रहरीले नयाँ ससुरालीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका-९ बस्ने ३० वर्षीय मुकेश महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जेठ ३२ गते राति महोत्तरीको गौशाला-४ बस्ने वीरेन्द्र महतोकी छोरी १८ वर्षीया सीमासँग बहुविवाह गरी उनकै घरमा बसिरहेको मुकेश र सीमालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

२०६९ मा विवाह बन्धनमा बाँधिएकी मुकेशकी जेठी पत्नी सञ्जु देवीले बुधबार पति मुकेशविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । उनको उजुरीका आधारमा जिप्रकाबाट खटिगएको टोलीले मुकेश र सीमालाई नयाँ ससुराली घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

उनीहरुमाथि बहुविवाह मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses