पैसाका लागि थर र बाबु नै बदल्ने यी नायिका !
काठमान्डौ । चरनमा घाँस सकिएपछि बाख्री गोठमै फिर्ता हुन्छ । यस्तै भयो, नायिका पूजना प्रधानको जीवनमा पनि । प्रतिबन्धित नेटवर्क व्यवसाय हर्बो इन्टरनेशनलका एक सञ्चालक रामेछापका पुष्पराज पौडेलसँगको हिमचिमसँगै उनी फिल्मीकी सोलो हिरोइन बनिन्, निर्मात्रीमात्र भइनन्, उनको नाम नै बद्लियो, काम पनि बद्लियो । पुरानो बानेश्वर, राममन्दिर नजिक जय संगत नामक आश्रम खोलिन् ।पुष्पराज शून्यमा झरेपछि पूजनाले उनलाई मात्र छाडिनन्, उनको हिमचिमका बेला रचिएका सारा नाटक पनि त्यागिन् । अर्थात्, अब पूजनाले स्त्री हैन, प्रधान नै लेख्न थालिन्् । बच्चा जन्माउनुपर्दैन, अनाथ पाले हुन्छ भन्ने उनले चलाएको आश्रम बन्द छ । दार्जिलिंगबाट जे पाइन्छ त्यही गर्न काठमाडौं छिरेकी उनले लमजुंगका एक गुरुंगलाई पहिला साथी बनाइन्, पछि उनैलाई बुबा बनाएर नेपाली नागरिकता पनि लिइन् । जब पुष्पराज रित्तो भए, तब पूजनाले उनलाई समाइराखिनन् ।
नयाँ नयाँ संगाती खोज्न थालिन् । केही महिनादेखि उनका साथी फेरिएका छन् । यसक्रममा फेला पारिन्, गैँडा भनेर चिनिने मनकारी कलाकार निर्मल शर्मालाई । उनलाई डाइरेक्टर बनाएर चकलेट फिल्म बनाइन् । इज्जत ख्याल गर्ने निर्मलबाट पूजनाले सोचेजस्तो फाइदा नपाएको चर्चा फिल्म बजारमा चल्ने गरेको छ । बरु, ‘मुर्गा हन्टिंग’चाहिँ राम्रैसँग गरिन् ।
पूजना फिल्मस् नामक निर्माण कम्पनीमा केशव तामाङ, प्रीतिमाया गुरुङ र हङकङवासी खेलाडी खुशी गुरुङ पार्टनर हुन् । यो फिल्मको हङकङबाट प्रिमियर हुँदैछ । त्यसका लागि निर्मल र पूजना २६ तारिखमा त्यता जाँदैछन् । अनुमानित भन्दा बढी लागत भएका कारण पूजना र उनका मुर्गाबीच भित्री विवाद चल्दैछ । नागरिकताका लागि बाबु फेर्ने, पैसाका लागि जात र थर नै फेर्न पूजनाले फसाएका मुर्गाबाट कसरी मुक्ति पाउलिन्, हेर्नुको कुरा छ । धमाका बाट साभार सामाग्री ।
0 comments
Write Down Your Responses