यी हुन् ज्वाइँलाई जेल पठाएर छोरीलाई परपुरुषको काखमा सुताउने बाबुआमा
काठमाडौं, ३ असार । नौ महिनाकी गर्भिणी २३ वर्षीया सुशीला ठाकुर बुधबार जसोतसो हिँड्दै धनुषा जिल्ला प्रहरी कार्यालय आइपुगिन् ।
चिकित्सकले दुईतीन दिनमै बच्चा हुनसक्छ भने पनि घरमा आराम गर्नुको साटो चर्को घाममा प्रहरीकहाँ आइपुगेकी सुशीलाले आफ्नै आमाबुबालाई लगाएको आरोपले झस्काउँछ ।
आर्थिक लोभका कारण आमाबुबाले छोरासहित आफूलाई अर्कैको हातमा बेचेको भन्दै उनले प्रहरी गुहारेकी हुन् । धनुषा रघुनाथपुर ८ माइत भएकी सुशीलाको आरोप छ, बुबा मिश्री ठाकुर बरही र आमा कुमारी ठाकुरले मसँग सापटी लिएको तीन लाख रुपैयाँ पचाउन उल्टै मलाई नै दुई वर्षको छोरासहित ४० हजारमा बेचे ।
प्रहरीसँग सुशीलाले जे सुनाइन्, त्यसले नेपाली समाजमा गढेको आपराधिक चरित्रको एउटा रूप उजागर गर्छ। धनुषा पटेर्वा ३ का २८ वर्षीय विष्णु ठाकुरसँग पाँच वर्षअघि सुशीलाको बिहे भएको थियो। बिहे भएको दुई वर्षमा विष्णु वैदेशिक रोजगारका लागि साउदी अरेबिया गए। छोरा समर जन्मिसकेका थिए।
विष्णुले साउदी अरेबियाबाट सुशीलालाई पठाउने गरेको रकम सापटी भन्दै उनका बुबाआमा मिश्री र कुमारीले लिन थाले। दुई वर्षमा विष्णुले पठाएको तीन लाख रुपैयाँ छोरी सुशीलालाई फकाउँदै उनका बुबाआमाले चलाइदिए। दुई वर्षमा विष्णु साउदी अरेबियाबाट फर्के र आफूले पठाएको कमाइको हिसाब सुशीलासँग मागे। सुशीलाले पतिलाई भनिन्, ‘आमाबुबाले सापटी लिएका छन्।’
विष्णुले रकम फिर्ता गर्न सासूससुरालाई ताकेता गर्न थाले। सासूससुराले विष्णुलाई आफ्नी अर्की छोरी कोशिलाको घरमा बोलाए, जनकपुर। त्यो रात विष्णुलाई त्यहीं बस्न कोशिलासहित उनका सासूससुराले आग्रह गरे। राति सुतेको बेला विष्णुको सिरानीमा कटुवा पेस्तोल राखेर उनीहरूले प्रहरीलाई खबर गरे। कोशिलाका पतिले भारततिरबाट कटुवा पेस्तोल ल्याएका थिए।
प्रहरीलाई विष्णुलाई समात्यो र हातहतियार तथा खरखजाना ऐनमा समात्यो। उनले जलेश्वर जेलमा डेढ वर्ष काट्नुपर्‍यो। पति जेल परे पनि सुशीलालाई आफ्नै आमाबुबाले षड्यन्त्र गरेर उनलाई जेल पठाएको कल्पनासम्म भएन। पति जेल परेपछि सुशीलालाई घरै चलाउन मुस्किल पर्न थाल्यो। उनले आमाबुबालाई पटकपटक सापटी फिर्ता गर्न अनुरोध गरिन्।

पीडित सुशीला ठाकुरका आमाबुबा ।
बुबाआमाले सुशीलालाई पनि ठेगान लगाउने विचार गरे। आमाबुबाले अघिल्लो वैशाखमा रौतहटको शिवगढी मेला हेर्न जाऊँ भनी छोरा समरसँगै सुशीलालाई फकाएर लगे। त्यहाँ पुगेर रौतहट अजगेवा गाविसका ३५ वर्षीय सौखीलाल राय यादवसँग उनीहरूले छोरीलाई नातिसहित ४० हजारमा बेचे र आफू कुलेलम ठोके। मैले म र मेरो छोरालाई बेचेको त्‍यतिखेर थाहा पाँए जब तीनचारजना पुरुषले मलाई हात समातेर लैजान खोजे।’
‘तिमी र नाति यहाँ बस्दै गर, हामी केहीबेरमा घुमफिर गरेर आउँछौं’ भनेर हिँडेका सुशीलाका आमाबुबा साँझसम्म पनि नफर्केपछि उनी आत्तिइन्। सुशीला भन्छिन्, ‘मैले म र मेरो छोरालाई बेचेको त्यतिखेर थाहा पाएँ जब तीनचारजना पुरुषले मलाई हात समातेर लैजान खोजे।’ आफूलाई आमाबुबा, मेला हेर्न भन्दै सँगै गएका माइतका छिमेकी नेंग्रा यादव, रौतहटको बिर्तागाउँमा बिहे भएकी उनकी छोरी सकुन्ती यादव र आफ्नै जेठी दिदी कोशिला मिलेर बेचेको सुशीला बताउँछिन्। यादवले घरमै थुनेर कुटपिट र यौनशोषण गरेको उनको आरोप छ।
यादवको कब्जाबाट भाग्न खोज्दा उनले निर्घात कुटपिट गर्नुसाथै घुँडामा आगोले पोलिदिएका थिए। सुशीलाले घुँडामा पोलेको घाउसमेत देखाइन्। डेढ वर्षको जेल सजाय भोगेर फागुनमा घर फर्केपछि विष्णुले सुशीला र छोरालाई खोजे। उनीहरू एक वर्षदेखि बेपत्ता भएको थाहा पाएपछि उनले आफ्नै तरिकाले खोजबिन सुरु गरे।
डेढ महिनापछि रौतहटको एक गाउँमा यादव थरका व्यक्तिसँग ४० हजारमा सासूससुराले आफ्नी पत्नी र छोरा बेचेको विष्णुले थाहा पाए। विष्णुले पत्नी र छोरा बेचिएको उजुरी रौतहटको कोपबा प्रहरीचौकीमा दिएपछि उनीहरूको उद्धार भएको थियो।
सुशीलाको उद्धार भएपछि सासूससुराले सापटी पचाउन नै यस्तो षड्यन्त्र रचेको खुलेको विष्णु बताउँछन्। सुशीलाको गर्भमा यादवको बच्चा भएको थाहा पाएपछि तनावमा आएर विष्णुले उनलाई घरमै रा न अस्वीकार गरे। गर्भवती सुशीला प्रहरीमार्फत ओरेक नेपालको स्थानीय कार्यालयस म आइन्। उनलाई डेढ महिनास म जनकपुरस्थित ओरेक नेपालको कार्यालयमा राखेको धनुषा ओरेककी प्रमुख रेखा दत्त बताउँछिन्।
अहिले सुशीलाको बच्चा पाउने बेला हुन लागेको छ। केही दिनअघि ओरेकले आयोजना गरेको एक कार्यक्रममा धनुषाका प्रजिअ कृष्णप्रसाद ढुंगानासहित महिला अधिकारकर्मीहरूले विष्णुलाई गर्भवती सुशीलालाई रा न कर गरे। विष्णुले भने, ‘म यसलाई गाउँ त लैजान सक्दिनँ, बच्चा पाउने अवस्था भएकाले जनकपुरमै डेरा गरेर रा छु।’
धनुषा जिल्ला प्रहरीमा बुधबार भएको छलफलमा सुशीलाका आमाबुबाले आफूहरूले छोरीसँग रकम सापटी नलिएको र नबेचेको दाबी गरे। बुबा मिश्रीले आक्रोशित हुँदै आफ्नी छोरी चरित्रहीन रहेको र पति विदेश भएको मौका छोपी विभिन्न व्यक्तिसँग सम्बन्ध राखेर गर्भ बोकेको आरोप लगाए। आफूहरूले सापटी लिएको हो भने प्रमाण देखाउन सुशीलाकी आमा कुमारीले माग गरिन्। सुशीला भन्छिन्, ‘आमाले मागेपछि तमसुक बनाएर पैसा दिने कुरा भएन। आमाबुबामाथि गरेको विश्वासको यो फल भोग्नुपर्‍यो।’
धनुषा प्रहरी उपरीक्षक गणेशबहादुर थापाले प्रारम्भिक अनुसन्धानमा सुशीलाका आमाबुबाले पैसा लिएजस्तो देखिएको तर बेचेको हो वा होइन भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको बताए। सत्यतथ्य पत्ता लगाउन रौतहट प्रहरीलाई पत्र काटेर सुशीलाले आफूलाई किनेको भनी उजुरी दिएका सौखीलाल यादवलाई समेत उपस्थित गर्न अनुरोध गरिसकेको बताए।
‘सौखीलाललाई पक्राउ गरी घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं र मुद्दा प्रक्रियामा जान्छौं’, प्रहरी उपरीक्षक थापाले बताए। निर्दोष विष्णु नक्कली मुद्दामा डेढ वर्ष जेल परेको विषयमा धनुषा प्रहरीका सई विश्वनाथ महतोले भने, ‘उनले आफूलाई फसाएको प्रमाण जुटाउन सकेनन्। अहिले जेल परेर छुटेपछि बल्ल त्यस्तो कुरा आएको छ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
dainiknepal.com
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses