जानिराखौँ तिते करेलाको सेवनबाट हुने फाईदाहरु….
करेला प्राय हामी सबैले सुनेको, देखेको तथा खाएको खाद्य वस्तु हो । करेलालाई प्राय अचारको रूपमा प्रयोग गरिन्छ । तितो हुने भएकाले सबैको राजोईमा नपर्ने यो करेलाको औषधीय गुण भने निकै राम्रा छन् । करेलाको उचित प्रयोगले विभिन्न रोगमा निकै फाइदा पुर्याउँछ । करेलालाई प्रयोग गर्ने विधी थाहा हुनसके यसबाट धेरै पाइदा लिन सकिन्छ । करेलालाई यसरी प्रयोग गर्न सकिन्छ औषधीका रूपमा… १. कमलपित्तमा: द्रोणपुष्पी र करेलाको रस मिसाई दिनको एक तोला खाने गरे कमलपित्त ठीक हुन्छ । २. जुकामा: ३ ग्राम वायुविडङ्गको धुलो र दश ग्राम करेलाको रस मिलाई खाएको ३ घण्टापछी साधारण जुलाव दियो भने जुकानष्ट हुन्छ । ३. भिरूङ्गी(सुजाकम ा): दश करेलाको पातको रस मिश्री वा चीनी मिलाएर केहि दिन लगातार सेवन गरेसुजाक निको हुन्छ । ४. घाँटी सुनिएमा: कागतीको रसमा हरियो वा सुकेको करेला पिसेर घाँटीमा लेप गरेर पातलो लुगाले पट्टी बाँधिदिए तीन-चारदिनमा आराम हुन्छ। ५. आँखाको रोगमा: करेलाको जरो पानीमा घोटेर अलिकति मह र फिटकिरी मिसाई सुर्मा लगाए झै आँखामा लगाए आँखाका सबै रोग नष्ट हुन्छन् । यस्तै, राती आँखा नदेख्ने रोगमा करेलाको पातको रस र मरिच बेस्सरी पिसेर आँजन(सुर्मा) जस्तै आँखामा लगाए ठीक हुन्छ । ६. हैजामा: करेलाको दश ग्राम रसमा दश ग्राम तिलको तेल मिसाएर पिउनाले हैजामा आराम हुन्छ । ७. अम्ल-पित्तमा: काँचो करेला र करेलाको तरकारी खाने गरे अम्लपित्त (अमिलो पानी आउने) ठिक हुन्छ । ८. पत्थरीमा: तीन दिनसम्म तीन तोला करेलाको पातको रस, दुई तोला दहीसित मिसाएर पाँच-सात तोला मही बनाएरपिउन दिनू, लगातार तीन दिन औषधी दिएर तीन थाम्ने अनिचार दिन दिएर चर दिन थाम्ने । यसै क्रमले सात पुर्याए जति पुराो पत्थरी भएपनि आराम हुन्छ । भारी खाने कुरा खान दिनु हुँदैन । जाउलो मात्र दिनु राम्रो हुन्छ । ९. घाउ-फोडामा: करेलाको पातको रस पकाएर फोडा वा घाउमालेप लगाए घाउ पाक्छ वा थाक्छ । दाह कम हुन्छ । १०. सर्पको विषमा: रोगीलाई करेलाको रस जति पिउन सक्छदिनु ।वमन हुन्छ, फेरी पिउन दिनु । यसै गरी वमन नथामिएसम्म पिलाउनु, सर्पको विषनष्ट हुन्छ । टोकेकोघाउमा पनि करेलाको रस नै अलि बाक्लो पारेर लगाइदिनू
0 comments
Write Down Your Responses