हवाई यात्रासंग जोडिएका १० रहश्य, जो पाइलटले तपाइँलाई कहिलै बताउँदैनन्
हवाई यात्रासंग धेरै रहस्यहरु जोडिएका छन् जो कुरा हामीलाई थाहा छैन । त्यसो त हवाई यात्रा ९९ प्रतिशत सुरक्षित यात्रा मानिन्छ अनि दुर्घटना भैहाले ९९ प्रतिशत खतरनाक यात्रा मानिन्छ । संसारमा बिमान दुर्घटनाको सबै खबरहरु महत्वपूर्ण मानिन्छ कारण हवाई दुर्घटनाबाट सयौंको मृत्यु हुन्छ अनि देश/बिदेशका यात्रूहरुको मृत्यु हुन्छ । त्यसो त अन्तराष्ट्रिय बिमानहरु कतिपय आतंककारीहरुको सिकारमा समेत पर्ने गरेका छन् ।यसै अवस्थामा हाल आएर हवाई यात्रा सुरक्षाको बिषयमा एक बहस सुरु भएको छ, की कुनै पनि तरिकाले हवाई यात्रालाई सक्दो सुरक्षित बनाउन सकियोस । हवाई यात्राको सुरक्षाको लागि पहिले देखि नै धेरै कुरामा सचेतता अपनाइन्छ जसको लागि एयरलाइंसको जरूरी दिशा-निर्देश पनि दिने गरिन्छ । तर यसको अलावा तमाम यस्तो कुरा पनि छ, जुन कुरा प्राय कसैलाई पनि थाहा हुन्न वा फेरी जहाजको पाइलट वा कुनै पनि सदस्यले यो कुरा अरुलाई बताउन चाहदैनन् । आउनुहोस: आज हामी तपाईलाई हवाई यात्रा संग जोडिएका बिभिन्न १० रहश्यको बारेमा बताउनेछौं ।
एक इन्जनको सहायताले पनि गर्न सकिन्छ हवाई यात्रा:
प्राय कमर्शियल विमानहरु एक इन्जिन खराब भए पनि सुरक्षित उड्न सक्छन् । कति पय अवस्थामा बिमानको एक इन्जिनले काम गर्न छोडे पनि विमानमा सवार यात्रिहरुलाई त्यति मात्र बताइन्छ, जति उनीहरुको लागि जान्न जरुरी हुन्छ । त्यसैले यात्रीहरुलाई कसैले पनि बताउदैनन् की विमानको एक इंजीनले काम गरिरहेको छैन ।
विमानमा फोन प्रयोग गर्न किन पाइदैन ?
विमानमा फोन वा त्यस्तो इलेक्ट्रोनिक सामानहरु प्रयोग गर्न पाइंदैन । किनकि उड़ान गरिएको अवस्थामा फोनको प्रयोगले पाइलटको हवाई उपकरणको लागि मिल्ने जानकारीहरुमा गडबडी हुन सक्छ, जसमा दुर्घटनाको डर हुन्छ ।
अक्सिजन मास्क:
अक्सिजन मास्कमा १५ मिनेट सम्मको लागि अक्सिजन हुन्छ उक्त समय बिमान निकै उचाईमा उडेको छ भने पाईलटले तल लैजान सक्छ ।
विमानमा इन्धनको मात्रा:
पायलटहरु प्राय सधै कम इन्धन खपत गर्ने दबावमा हुन्छन् । एयरलाइन्सको नजर सधै सक्दो इन्धन बचाई फाइदा लिने हुन्छ तर यदी विमान ज्यादा इन्धन लिएर यात्रा गर्दैछ भने र कुनै पनि कारण आंधी-तूफान वा कुनै अरु कुराको सिकार बनेको खण्डमा तुरून्त कुनै पनि अर्को एयरपोर्टमा सरण लिन सक्छ ।
प्लेनमा सांस लिनको लागि सफा हावा
बिमान उडिरहेको अवस्थामा विमानमा जुन फिल्टरेशन सिस्टम प्रयोग हुन्छ, उक्त कुरा कुनै पनि अस्पतालमा भन्दा पनि बढी शुद्ध हावा दिने खालको हुन्छ । यसै कारण विमानमा सफा हावा लिन पाइन्न भन्ने कुरा बास्तबिक हुन्न ।
प्लेनमा कहाँ बस्ने ?
सकेसम्म प्लेनमा यात्रा गर्दा अगाडीको सिटमा बस्दा राम्रो हुन्छ, कारण अगाडी बस्दा यात्रा भर स्वच्छ हावा लिन सकिन्छ ।
भिजिबिलिटी जीरो छ :
उडानको क्रममा कतिपय समय बाहिरको कुरा देखिदैन तर पनि पाइलटले कहिलै पनि आफुले केहि नदेखेको कुरा भन्दैनन् । पृथ्वीको केहि भागमामा प्लेनबाट बाहिर केहि पनि नदेखिने ठाउँ पनि छ तर पाईलटहरु यस्तो अवस्थामा पनि आत्तिदैनन् ।
हामी तूफानमा छौं :
चाहे प्लेन खतरामा परोस वा ठुलो आँधी तूफान आओस् तर पनि पाइलट सिर्फ खराब मौसमको मात्र कुरा गर्छन् । जतिसुकै कठिन परिस्थितिमा पनि पाईलटले जहाज खतरामा छ भनेर भन्न चाहदैनन् ।
नाइस ल्याडिंग भनेको सुन्न मन पराउछन् पाईलटहरु :
चाहे जति सुकै खराव यात्रा होस् पाईलटहरु यात्रुहरुले आफ्नो प्रशम्शा गरेको रुचाउछन् भन्ने गरिन्छ- प्राय पाइलटहरु विमानको सफल उडान पछी यात्रहरुले आफुलाई धन्यवाद भन्दै 'नाइस ल्याडिंग' भनेको सुन्न रुचाउछन् ।
पाइलटले हेडफोन निकाल्नुको मतलव :
फ्लाइटको दौरान पाइलटले आफ्नो हेडफोन निकाल्नुको मतलव सिर्फ यति छ की उनीहरु यात्रुलाई सामप्यतामा राख्न चाहन्छन् अनि यात्रुहरुले दिएको निर्देशन सुन्न सकुन । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses