पूर्व प्रेमी शाहिदको विवाह हुन लाग्दा करिनाले दिइन पहिलो प्रतिक्रिया
एजेन्सी ।

करिना कपुर र शाहिद कपुर कुनैबेला बलिउडमा चर्चित प्रेमी जोडि मानिन्थे । सन् २००७ मा ब्रेक अप भएपछि भने उनीहरुको अफेयरको कथा टुङ्गियो । त्यसपछि उनीहरुले एक अर्काको विषयमा खुलेर कुरा गर्दैनन् ।

तर हालै शाहिद कपुरको विवाह छिनिएपछि पूर्व प्रेमिका करिनाले मुख खोलेकी छिन् । करिनाले शाहिदको मीरा राजपुतसँग विवाह हुँदा आफूलाई निक्कै खुसी लाग्ने बताएकी छिन् ।


मिसमालिनी डटकमका अनुसार शाहिदको विवाह हुन लागेको विषयमा करिनाले पहिलो पटक प्रतिक्रिया दिँदै आफू खुशी रहेको बताएकी हुन् ।

करिनाले आफूहरुबीच कुरा हुँदा शाहिदले मीरालाई विवाह गर्न लागेको जानकारी दिएको खुलासा गर्दै उनीहरुको विवाह राम्रोसँग हुने समेत बताएकी छिन् ।


शाहिद कपुरले मीरा राजपुतसँग जुलाइको पहिलो साता विवाह गर्ने तयारी गरिरहेका छन् ।
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses