धर्मनिरपेक्षता होइन, धार्मिक स्वतन्त्रता: प्रधानमन्त्री
पाइलट बाबाले दिए १ करोड २ लाखकाठमाडौं: प्रधानमन्त्री सुशील कोइरालाले आफू धर्म निरपेक्षताको पक्ष नभइ धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। चर्चित योगी पाइलट बाबासँग बुधबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री कोइरालाले ८५ प्रतिशत हिन्दू जनसंख्या भएको मुलुकमा धार्मिक स्वतन्त्रतासहित हिन्दू धर्मको रक्षा गरिने बताए।
भेटमा पाइलटबाबाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गल्ती गरेको टिप्पणी गरेका थिए। उनले यसलाई सुधार्न सके प्रधानमन्त्री कोइराला अमर हुने बताएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
पाइलट बाबाले नेपालका भूकम्पपीडित र वीर अस्पतालको आइसियू कक्ष मर्मतका लागि भन्दै प्रधानमन्त्री राहत कोषमा १ करोड २ लाख रुपैँया आफ्नो तर्फबाट हस्तान्तरण गरेका छन्।
www.annapurnapost.com
0 comments
Write Down Your Responses