अदालतबाट अर्कैका पतिसँग सम्बन्धबिच्छेद् !
काठमाडौं । काठमाडौं जिल्ला अदालतले एक महिलालाई अपरिचत ब्यक्तिसँग सम्बन्ध बिच्छेद गराएको छ । काठमाडौं पेप्पसीकोला निवासी कार्की थरकी एक महिलाले आफ्ना पतिसँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएकी थिइन । गत मंसिरमा दायर मुद्दामाथी जिल्ला अदालतले ९ बैशाखमा फैसला दियो । तर फैसलामा अर्केका पतिसँग सम्बन्धबिच्छेद गराइदिएको छ ।पेप्सीकोलाकी कार्की थरकी महिलाले पति अम्वरबहादुर कार्कीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दायर गरेकी थिइन । तर अदालतले चन्द्रबहादुर पुनसँग सम्बन्ध बिच्छेद गराई दिएको छ । ‘चन्द्रबहादुर पुन मेरो पति होइनन् र मैले उनीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा पनि हालेकी थिइन, तर उनीसँग सम्बन्धबिच्छेद कसरी भयो ?’ कार्की थरकी ति महिलाले एसकाठमाडौं डटकमसँग भनिन् ‘मैले सम्बन्धबिच्छेद गर्न खोजेको अम्वरबहादुरसँग हो चन्द्रबहादुरलाई म चिन्दिँन ।’
काठमाडौ जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कार्कीको इजलासले अर्कैका पतिसँग सम्बन्धबिच्छेदको फैसला दिएको छ । अपरिचित ब्यक्तिसँग सम्बन्धबिच्छेदको फैसला पाएपछि महिला तनावमा परेकी छिन् । फैसला संशोधनको फेरी निवेदन दर्ता गराउकोे बताइन । उमेरले ८० पुगेका अविन्द्र कुमार उप्रेती उनका कानुन ब्यवसायी हुन् । संशोधनको निवेदन दर्ता गराउन कानुन ब्यवसायीसँग जिल्ला अदालत पुगेकी ति महिलाले कर्मचारीलाई भनिन् ‘म अर्केका पोइसँग किन सम्बन्धबिच्छेद गर्दिन, मेरो निवेदन लिनुहोस ।
कानुनी प्रावधान अनुसार उनको मुद्दा फेरी इजलासमै पेश गर्नु पर्ने हुन्छ । तर उनको मुद्दा फैसला गर्ने न्यायाधीश इन्द्रबहादुर रसुवा जिल्ला अदालतमा सरुवा भइसकेका छन् । झण्डै डेढ हप्ताअघि रमाना लिई उनी रसुवा पुगिसकेका छन् ।
0 comments
Write Down Your Responses