एक पटक यसरी चेक गर्नुस्, तपाइँको मोबाइल कति खतरनाक
यदि तपाइँ जतिबेला पनि मोबाइलमा कुरा गरिरहनु हुन्छ या मोबाइल चलाइरहनु हुन्छ भने सावधान रहनुस् । किन भने मोबाइल तपाइँका लागि मन्द विष बनिरहेको पनि हुन सक्छ ।कतिपय ब्राण्डका बजारमा सर्वत्र पाइने फोनले रेडियो विकिरणको उत्पादन यति धेरै गर्छन् कि तपाइँलाई घातक पनि हुन सक्छ । निचिनिएका र भर्खरै बजारमा आएका ब्राण्डमा यस्तो समस्या हुन्छ ।
तपाइँले आफ्नो मोबाइलमा कति धेरै रेडियो विकरण छ भन्ने थाहा पाउन कठिन छैन । मोबाइलमा *#07# डायल गर्नु भयो भने यसमा रेडिएशन भ्यालु देखिन्छ । अनर्राष्ट्रिय मानक अनुसार मोबाइल फोनमा रेडिएशन लेवल 1.6 वाट/किलोग्राम भन्दा बढी हुनु हुँदैन । तर प्रतिस्पर्धाका कारण अधिकाँश मोबाइल कम्पनीले यस्तो कुरामा ध्यान दिँदैनन् ।
रेडिएसनका कारण मानिसहरुलाई विभिन्न रोग लाग्ने खतरा हुन्छ । कतिपयले प्रत्यक्ष मस्तिष्कमै असर पुर्याउने चिकित्सकहरु बताउँछन् ।
विशेषज्ञको सुझाव
– लगातार एकै कानमा फोन राखेर कुरा नगर्नुस्
– चार्ज गरेको समयमा फोन प्रयोग नगर्नुस् । चार्ज गरेको समयमा फोन प्रयोग गर्दा विकिरण १० गुणा बढी हुन्छ ।
0 comments
Write Down Your Responses