तपाईलाई ढाड दुख्ने समस्या छ ? समाधान गर्न यसो गर्नुहोस्
सोमबार, २३ कार्तिक
काठमाडौं । ९० प्रतिशत ढा रोगीहरुलाई प्रायः आराम र दुखाइ कम गर्ने औषधिले नै ठीक गरेको पाइन्छ ।
औषधि उपचारका साथै तातो पानीले सेक्नाले, नुहाउनाले पनि दुखाइ कम गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिड्न छोडिसकेका छौ ।
सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने,ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामोसमय सम्म एकैठाउँमा बसिरहदा ढाडमा भार पर्दछ ।
हिड्ने भन्दा गाडि चढ्ने प्रचलन बढ्दो छ । यसले शरीरमा चहिने भन्दा रक्त सञ्चालन कम हुने,मांसपेशीहरु एउटै स्थितिमा रहदा–बस्दा शरीरभित्रबाट हुने बिभिन्न प्रक्रियाका कारण शरीरमा विषादी तत्व जम्मा हुन्छ ।
विषादी तत्व जम्मा भएका ठाउँमा दुखाई महसुस हुन सक्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्त सञ्चालन र अक्सिजन पनि कम हुन्छ । यसले मांसपेशी बिस्तारै कमजोर हुदै जान्छ र काम गर्ने शक्ति क्षीण भएको बेलामा कुनै झड्का लाग्यो भने बेस्सरी ढाड दुख्छ । कहिलेकाहीं यो दुखाइ यति तीव्र हुन्छ कि सहन नसकेर आँखाबाट आँसु नै आउँछ ।
यस्तो बेलामा बस्न, कोल्टे फर्कन, हलचल गर्न सकिदैंन । यो अवस्था केही समयपछि आफै ठीक हुनेगर्छ । यस्तो बेलामा नै तपाइँले केही समस्या छ भनेर विचार गर्नुभयो भने पछि हुने असाध्य वेदनाबाट बच्न सक्नुहुन्छ ।
ढाड दुखाइबाट बच्ने उपाय चिकित्सकहरुका अनुसार ढाड दुखेर आउने बिरामीमध्ये ९० प्रतिशतलाई कुनै शल्यक्रियाको जरुरत हुँदैन । औषधि र आरामले मात्र पनि त्यस्ता बिरामिहरु ठीक हुन्छन् । केवल १० प्रतिशत बिरामीलाई मात्र शल्यक्रियाको आवश्यकता पर्दछ । ढाड दुख्ने मुख्य कारणहरुमा नराम्रो तरिकाको बसाई, बढी मोटोपन र अहिलेको व्यस्त जीवनमा कसरतको अभाव मुख्य हुन् । ढाड दुख्नुको मतलब ढाडको मांसपेशीका तन्तुहरु कमजोर हुनु हो ।
ती तन्तुहरु कमजोर हुँदा उभिँदाखेरि गुरुत्वाकर्षणका कारणले ढाड दुख्छ । यस्तो अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा ती तन्तुहरुलाई आराम दिनु हो । जुन ओछ्यानमा सुतेर मात्र संम्भव हुन्छ । सुत्दा ओछ्यान अत्यन्त कडा हुनुपर्दछ भन्ने छैन । तर आराम पुर्णरुपमा सुतेरनै गर्नुपर्ने हुन्छ । यस्तो वेलामा दुखाई कम गर्ने औषधि पनि सेवन गर्न सकिन्छ। चिकित्सकको सल्लाहमा मात्रै त्यस्ता औषधि सेवन गर्नु जाति हुन्छ । तर उठेर काम गर्न थालेपछि भने सावधानी अपनाउनुपर्छ ।
प्रायः ६ हप्तापछि कमजोर मांसपेशी सम्पुर्ण रुपमा ठीक भइसक्छ। यसो गर्दा पनि ढाड दुख्ने समस्याबाट छुटकारा मिलेन भने अरु कुनै समस्या छ कि भनेर सोच्नुपर्ने हुन्छ । तर ९० प्रतिशत ढाडका रोगीहरुलाई प्रायः आराम र दुखाइ कम गर्ने औषधिले नै ठिक गरेको पाइन्छ । औषधि उपचारका साथै तातो पानीले सेक्नाले, नुहाउनाले पनि दुखाइ कम गर्न महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।
तातो पानिले दुखेको मांसपशीको कसाइलाई पनि कम गर्छ । हामीले विशेष बझ्नुपर्ने कुरा भनेको टीभिमा विज्ञापन देखाइने विभिन्न मलमहरु लगाउनाले ढाड दुख्ने समस्यामा तुरुन्त आराम भइहाल्छ भन्ने कुरामा वैज्ञानिक तथ्य छैन ती महँगा मल्हमहरुको सट तोरीको तेल लगाए पनि उस्तै कम गर्छ ।
दुखेको ठाउँमा हल्का मालिस गर्नाले पनि त्यहाँ तातोपन पैदा भएर मांसपेसीको कसाइ कम हुन जान्छ । यसले दुखाइ कम हुनमा मद्धत गर्छ । धेरै जसो रोगीहरु स्वास्थ्यकर्मीकहाँ आउँदा एक्सरे लिएर आउँछन् । वास्तवमा ढाड दुख्नेबित्तिकै एक्सरे गरिहाल्नुपर्ने आवश्यकता छैन ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses