मोदीलाई हराएका बिहारका मुख्यमन्त्री नीतिश कुमारले भने- अब नाकाबन्दी हट्छ
काठमाडौं, २३ कात्तिक । बिहारका मुख्यमन्त्री नीतिश कुमारले नेपाल-भारत सीमा समस्या सामाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको टेलिफोन वार्तामा नीतिशले नेपाल भारत सीमा समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । भट्टराईले टेलिफोन गरेर विहार विधानसभा निर्वाचनमा उनको पार्टी र गठबन्धनले पाएको सफलताप्रति बधाई र कार्यकाल सफलताको अग्रिम शुभ–कामना दिए ।
सो अवसरमा भट्टराईले नेपाल–भारत सीमामा भारतीय पक्षका कारण सिर्जित समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरेका थिए । भारतको विहार राज्यमा नै बढी अवरोध रहेको स्मरण समेत बाबुरामले गराएका थिए ।
जवाफमा नीतिशकुमारले अब सीमाको समस्या चाँडै समाधान हुने बताएका छन् । यतिञ्जेल आफूले निर्वाचनमा केन्द्रित हुँदा नेपाल–भारत सीमानामा देखिएको समस्याप्रति ध्यान दिन नपाएको भन्दै अब सीमामा देखिएको समस्या समाधानका लागि पहल लिने बताए ।
उसो त भारतको केन्द्र सरकारले पनि नाकाबन्दी फिर्ता लिने संकेत देखाएको छ । हिजो मात्रै विहारमा सकिएको विधानसभा चुनावमा नीतिश महागठबन्धनले बहुमत ल्याएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गठनबन्धन भने तेस्रो बनेको छ । यसवर्ष विहारमा मोदी गठबन्धनको लज्जास्पद हार भएको छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses