‘मुर्ख मनुष्य मोदी एकपटक आफ्नो हैसियत हेर’
भारत सरकारले नेपालको नयाँ संविधान स्वीकार गर्न गाह्रो हुनु दुर्भाग्यपूर्ण हो । संघीय प्रदेश विभाजनमा नयाँ संविधानले आफूहरुलाई सीमान्तकरणमा पारेको भन्दै आएका मधेसीहरुलाई नरेन्द्र मोदी सरकारले साथ दिएको छ । नाकाबन्दी अनि आफ्ना नागरिकलाई आन्दोलन गर्न लगाएर जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा भारतले आफूले पाएको सम्पूर्ण समय नेपालमा मानवअधिकारको प्रश्न उठाउँदै बिरोध गरेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै भारतलाई ‘नेपालको शान्ति प्रक्रियाको विषयमा जानकारी छैन’ भनेर हचुवाको भरमा अरुको अस्मिता लुट्ने काम किन गर्छन मुर्ख मनुष्य नरेन्द्र मोदी ? नरेन्द्र मोदीले बिर्सेछन् कि क्या हो काश्मिर, गोर्खाल्याण्ड लगायतका आफ्नै समस्याहरु समाधान गर्न नसकेर असफल प्रमाणित हुन लागेको कुरा ।
सन् २००२ को २७ फेब्रुअरीमा नरेन्द्र मोदीकै प्रोत्साहन अनि संरक्षणमा २ हजार भन्दा बढी मुश्लिम मारेको, निर्दोष मुश्लिमहरुमाथि हत्या, हिंसा र बलात्कार गरेको, साना साना बालबालिकाहरुलाई पेट्रोल खान लगाएर जिउँदै जलाइएको पनि बिर्सेछन । २ लाखभन्दा बढी मुसलमानहरु आफ्नो थातथलो छोडेर भाग्न बाध्य भएको पनि बिर्सेछन् ।
गुजरात दंगाका प्रमुख आरोपी भएका कारण देखाउँदै अमेरिकाले मोदीलाई लामो समयसम्म आफ्नो देशको भीसा समेत दिएन । प्रधानमन्त्री भएपछि मात्रै मोदीले अमेरिका भ्रमण गर्ने ‘शौभाग्य’ पाएको पनि बिर्सेछन् ।
एउटा छिमेकी देश, जहाँ अहिले पनि गाईको मासु खाएको आरोपमा नागरिकलाई कुटेर मार्ने, दिउँसै महिला, बालिकामाथि बलात्कार हुनुजस्ता अमानवीय घटनाहरु भइरहेका छन्, त्यो देशले अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालमा मानवअधिकारको प्रश्न उठाउँदा एकपटक आफ्नो हैसियतको अनुमान गर्नुपर्ने हो नरेन्द्र मोदी अनि उनका ‘चम्चा’हरुले ।
म एक जिम्मेवार नेपाली नागरिक भएको नाताले सो घटनामा जिम्मेवार व्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनी कठघरामा उभ्याउनुपर्ने माग गर्दछु । अन्तर्राष्ट्रिय सन्धी सम्झौता विपरीत भारतले लगाएको नाकाबन्दीको आगाडि हामी स्वभिमानी नेपाली कहिले पनि झुक्ने छैनौ ल
चेतना भया ।
– बिमल क्षेत्री/स्वभिमानी नेपाली
dainiknepal
0 comments
Write Down Your Responses