दिल्ली जाँदा अब भारतलाई राजश्व तिर्नुपर्ने !
नयाँ दिल्ली, २२ कात्तिक । भारतको राजधानीले नगरमा प्रदूषण कम गर्ने प्रयासको रूपमा यहाँ प्रवेश गर्ने, व्यापारिक रूपमा सञ्चालित तथा डिजेलमा चल्ने गाडी र प्रमुख रूपमा ट्रकमाथि हरित कर लगाएको छ ।
वातावरण क्षतिपूर्ति शुल्कको रूपमा रहेको यो नयाँ कर मुलुकको सर्वोच्च अदालतको निर्देशनमा शनिबारदेखि लागु गरिएको हो ।
दिल्लीको यस नागरिक निकायले यसअघि नै सडक कर लगाएको छ र यहाँका हलुका व्यापारिक गाडीले ७०० रूपैयाँ र भारी व्यापारिक गाडीले एक हजार ३०० रूपैँया तिर्नुपर्छ ।
राष्ट्रिय राजधानीसम्म आउने गाडीले भने यस प्रकारको कर तिर्नुपर्दैन । दिल्ली भएर जाने गाडीले मात्र यस प्रकारको कर तिर्नुपर्छ । यसरी कर लगाइँदा दिल्ली भएर जाने ट्रकको सङ्ख्या ३० प्रतिशतले कटौती गर्नसकिने वातावरणविद्हरूको धारणा रहेको छ । रासस/सिन्ह्वा
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses