बिहारमा मोदीको शर्मनाक पराजय यसकारण भयाे
विहारको विधानसभा चुनाव(मुख्यमन्त्री लगायत प्रदेश सरकार चुन्ने प्रदेशसभाको चुनाव)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शर्मनाक पराजय भएको छ ।
मोदीले चुनाव जीत्नका लागि सबै तरीका अपनाएका थिए । तर उनको गुजरात मोडेलको तरिका विहारमा असफल भयो । मोदीले विहारमा चुनाव जीत्नका लागि पनि नेपाल माथि नाकावन्दी लगाएर नेपालका मधेशवादी केही नेताहरुलाई सहयोग गरेका थिए । राजेन्द्र महतो लगाएतका नेताहरु त खुलेआम रुपमा विहार चुनावमा मोदीको विजेपीको पक्षमा चुनाव प्रचारमा थिए ।
मोदीले नेपालमा नाकावन्दी गरेर मधेशी दल र जनतालाई आफु मधेशका लागि जे पनि गर्न तयार रहेको सन्देश दिएकोले नेपाली मधेशी जनताले विहारमा रहेका नातेदारहरुको मत आफ्नो दललाई मागीदिने अपेक्षा गरेका थिए ।
तर नेपालका स्वाभिमानी मधेशी जनताले आफ्ना विहारका नातेदारहरु संग विजेपीलाई होइन वरु उसलाई हराउन भोट मागे । किनभने क्षणिक आवेगमा उचालेर तथा पचास लाखको मरेपछि पाइने रकमको लोभ देखाएर तथा अनेक भ्रम दिएर केही मधेसी युवाहरुलाई नाकावन्दीको पक्षमा आन्दोलित गरेपनि मधेशी नेताहरुको सत्ता लोलुप र भ्रष्ट चरित्र मधेशी जनताले बुझिसकेका थिए तथा मोदीको फटाहा र राक्षसी चरित्र पनि बुझिसकेका थिए ।
मोदीको हारमा भारतीय संचार माध्यमले अरु कारणहरु भने पनि एक मुख्य कारण नेपालमा गरेको नाकावन्दी र त्यसले पारेको अमानवीय प्रभाव पनि हो भन्ने तथ्य लेख्ने साहास भने गरेका छैनन् ।
अरु कारणहरुमा मोदीको भारतमा घट्दो लोकप्रीयता, भारतमा मुसलमान र अल्पसंख्यक समुदाय तथा पिछडिएको समुदायका जनता माथि भएको अन्याय प्रति विजेपीको मौन समर्थन, विहार वदल्न नितिश कुमारले खेलेको भूमिका र उनको लोकप्रीयता, कंग्रेश आईले पनि नितिश गठबन्धनलाई अप्रत्यक्ष साथ दिनु, नितिश विहारी हुनु तर विजेपी संग विहारमा उनी संग प्रतिस्पर्दा गर्न सक्ने विहारी नेता नहुनु, मोदीले विहारलाई केवल आश्वासन मात्र वाँड्नु र नितिश कुमारले आफु विहारको मुख्य मन्त्री हँुदा गरेको योगदान आदिले गर्दा मोदीको जातीवादी र हिन्दूवादी फासीवादको विहारमा लज्जास्पद पराजय भएको छ ।
यसले नेपालमा भैरहेको केही मधेशवादी नेताहरु र मोदी गठवन्धनको आतंकवादी नाकावन्दीको थप पराजय हुने निश्चित भएको पर्यवेक्षकहरु वताउँछन् । मधेशवादी नेताहरु संसदमा प्रवेश गर्नु पनि भारतको विहारमा भएको मोदीको पराजयको एक देखिने परिणाम हो भनिन्छ ।
www.nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses