भारतीय दूतावासको अर्को धम्की, नेपालका मन्त्रीले बोल्नै नपाउने !
काठमाडौं । दुई देशबीचको सम्झौता विपरित नेपालमाथि नाकाबन्दी गरेर चरम संकट सिर्जना गराएको भारतले नेपालका नेता तथा मन्त्रीहरुको भनाई विरुद्ध शृङखलाबद्ध रुपले खण्डन गर्न थालेको छ ।उपप्रधानमन्त्री चित्रबहादुर केसीको भनाईको खण्डन गरेको दुई दिन बित्न नपाउँदै अर्का उपप्रधानमन्त्री सीपी मैनालीको भनाईको नेपालस्थित भारतीय दूतावासले विज्ञप्ती जारी गरेर खण्डन गरेको छ ।
नेपालका मन्त्रीहरुले भारतीय नाकाबन्दी र नेपाली जनजीवनमाथि परिरहेको संकटबाट स्पष्ट अभिव्यक्ति दिन थालेपछि भारतीय दूतावास खण्डनको शृङखलामा उत्रिएको हो ।
दूतावासले आइतबार एक विज्ञप्ती जारी गर्दै शनिबार उपप्रधान तथा महिला बालबालिका मन्त्री सीपी मैनालीले दिएको कडा अभिव्यक्तिको खण्डन गरेको हो ।
मैनालीले भारतले हिमाल, पहाड र तराईलाई अलग गराएर सामाजिक सद्भाव बिगार्न भारत लागिपरेको र त्यसैको फलस्वरुप नाकाबन्दी लादिएको अभिव्यक्ति दिएका थिए ।
‘यहाँ रहेको मूल समस्यबाट ध्यान हटाउनका लागि तथा भारत र नेपालबीचको सदियौं पुरानो ऐतिहासिक, पारिवारिक र सांस्कृतिक सम्बन्धलाई धमिल्याउने गरी आएको यो निराधार र दुर्भावनापूर्ण अभिव्यक्तिको दूतावास निन्दा गर्दछ’, विज्ञप्तीमा उल्लेख छ ।
दूतावासले मन्त्री मैनालीको भनाईले दुई देशबीचको सम्बन्धलाई बिगार्ने चेतावनी समेत दिएको छ ।
भारतीय दूतावासले ठुल्दाई प्रवृत्तिलाई उदांगो पार्दै नेपालमा शान्ति, स्थिरता र समृद्धि कायम गराउने दूतावासको चाहाना रहेको दावी गरेको छ ।
नेपालमाथि बिनाकारण नाकाबन्दी गरेको भारत एकपछि अर्को गर्दैं पराजीत हुन थालेपछि दूतावासबाट हरेक हरेक नेता तथा मन्त्रीको भनाईको खण्डन हुन थालेको हो ।
यसअघि भारतीय दूतावासले युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले भारतले बिना बर्दीको सेना नेपाल पठाउन लागेको भनेर दिएको अभिव्यक्तिको पनि खण्डन गरेको थियो ।
www.nepalsandesh
0 comments
Write Down Your Responses