नाकाबन्दीको विरोधमा भारतीय दूतावासमा घेराउ
काठमाडौं : अन्तर्राष्ट्रिय कानुन तोड्दै भारतले नेपालमा नाकाबन्दी गरेको विरोधमा विद्यार्थी संगठनहरुले सोमबार दिउँसो लैनचौरस्थित भारतीय दूतावासको कार्यालय घेराउ गरेका छन् ।

अस्कल क्याम्पसबाट निस्केको विद्यार्थीहरुको जुलुसले नाराबाजी गर्दै भारतीय दूतावास घेरेको हो ।

नेपालको राष्ट्रिय झण्डा बोके विद्यार्थीहरुले भारतले गरेको नाकाबन्दीको नाराबाजी गर्दै बिरोध गरे । जुलुसमा देशमा क्रियाशिल सबै विद्यार्थी संगठनका अध्यक्षहरु सहभागी भएका अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले बताए ।

विद्यार्थीहरुले करिब एक घण्टासम्म दूतावास घेराउ गरेका हुन् । विद्यार्थीहरुले दूतावास घेराउ गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपनि अप्रिय घटना भएन।

जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्न खोजे पनि झडप भने नभएको लामिछानेले बताए ।

भारतले नेपालमाथिको नाकाबन्दी हटाएर अनावश्यक हस्तक्षेप नगर्ने प्रतिवद्धता नजनाएसम्म उ विरुद्ध आन्दोलन चर्काइरहने विद्यार्थी संगठनहरुले जनाएका छन् ।

विद्यार्थीहरुले भारतीय नाकाबन्दीलार्इ अन्तर्राष्ट्रियकरण गर्न मंगलबार संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने भएका छन् । www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses