काठमाडौं आएकी प्रेमिकाले विवाह गर्न नमानेपछि गेष्ट हाउसमा लगेर हत्या
काठमाडौं, १० भदौ । काठमाडौं आएकी प्रेमिकालाई एक युवकले गेष्ट हाउसमा लगेर हत्या गरेका छन् ।
प्रेमिकाको हत्याकोे अभियोगमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
अविनाशले विहीबार बिहान काठमाडौंको गौशालास्थित ‘होटल गौशाला’को कोठामा १८ वर्षीया प्रेमिका सोनिया श्रेष्ठलाई रुमालले घाँटी बाँधेर मारेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
थिङले सर्लाही पथ्थरकोटकस्थित श्रेष्ठकै घरमा ज्यामी काम गर्दै आएको र उनीहरुबीच तीन वर्षयता सम्बन्ध रहँदै आएको प्रहरीले जनाएको छ ।
उनीहरु सर्लाहीबाट गत विहीबार काठमाडौं आएका थिए । श्रेष्ठले थिङलाई पहिलो श्रीमती छोडेर आफूसँग विवाह गरी काठमाडौंमा बस्न दबाब दिएपछि झगडा हुँदा थिङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।
तत्काल फरार थिङलाई प्रहरीले काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses