ज्योतीलाई ब्लू फिल्म खेल भन्ने रामप्रसाद खनाललाई तेस्रो झड्का
रुक्मिना माबुहाङ
संविधान निर्माण बाहेक कुनै विषयमा चर्चा छ भने त्यो हो, ज्योति मगर । कसैलाई प्रदेशको सिमांकन, धर्म निरपेक्षताको चासो छ त कसैलाई ज्योतिको भिडियोको । सोसल मिडिया र अनलाईन सञ्चार माध्यममा जताततै ज्योतिकै विषयमा चर्चा हुनथालेपछि केही नलेखी बस्न सकिन । किनभने एउटा तीजको गीतमा मोडलिङ गरेकै आधारमा ‘ब्लु फिल्म खेल्न जा’ भन्ने जस्तो शब्दको प्रयोग जो भएको छ ।


रामप्रसाद खनाल नामक व्यक्तिले ज्योतिलाई कुन नैतिकताको आधारमा यस्तो शब्द प्रयोग गर्यो ? हुन त मान्छेले आफू भित्र  जे  छ बाहिर त्यहि व्यक्त गर्ने न हो । खनालले पनि आफ्नो अभिभावकबाट जे सिक्यो त्यहि व्यक्त गरेको हुनुपर्छ । किनभने उनको फेसबुक स्टाटस पढ्ने जोकोहीले भन्नसक्छ खनाल कस्तो संस्कारबाट आएको हो भन्ने कुरा ।

खनालले ज्योतिको भिडियोलाई लिएर यस्तो अभिव्यक्ति दिएका छन् । तर कस्तो भिडियो अश्लिल हो वा कस्तो होइन भन्ने मापदण्ड के हो ? खनाललाई मनपरेको जुनसुकै भिडियो अश्लिल नहुने ज्योतिले अभिनय गरेकै कारणले अश्लिल भन्न मिल्छ ? विर्सन नहुने कुरा के हो भने नेपाली कला संगीतको इतिहासमा बोल्ड दृश्यमा अभिनय गर्ने ज्योति न पहिलो हो न अन्तिम । नेपाली सिने उद्योगमा टु एक्स दर्जाका थुप्रै फिल्म बनेका छन् ।

विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकामा बसिरहेका खनाल जस्ताले समय बदलिएको कहिले बुझ्ने ? त्यहि स्टाटस लेख्ने फेसबुक सूचना प्रविधिको उपहार हो भन्ने किन स्विकार्न नसकेको ? के यस्ता सोच आधुनिक नेपाल निर्माणका लागि हानीकारक छैन ? विकसित देशको महिला स्वतन्त्रताको गफ गरेर नथाक्ने तर आफ्नै देशको महिला कलाकारप्रति किन यत्रो संकुचित सोच राख्ने खनालहरु कहिले बदलिने होला । तिनीहरुको दिमागबाट यस्तो पूर्वाग्रह कहिले हट्ने होला ।

Jyoti Magarलुकीलुकी महिलाको भावभंगीमा र अंगप्रत्यांग अवलोकन गरेर तुष्टि लिने पुरुष मानसिकताले के नैतिकताले ज्योतिलाई यस्तो भनिरहेको छ ? व्यक्तिगत कुरा गरे जस्तो हुन्छ तर केही वर्ष पहिले त्यहि खनालले निकालेको ‘राजा, जनता र साँचो प्रजातन्त्र’ नामक क्यासेट एउटा पनि बिक्री भएन । दलीय व्यवस्था र नेताहरु विरुद्ध विष वमन गरिएको तथाकथित क्यासेट कसैले नसुनेपछि खनालले शाही मन्त्री खड्गबहादुर जिसीलाई भनेर ४०३२९ क्यासेट स्थानीय निकायमा जबरजस्ती भिडाउने प्रपञ्च रचेका थिए । ज्योतिले पनि यस्तै गर्नुपथ्र्यो भनेको पो हो कि ? फेसबुकमा लोकगीतको विषयमा निकै ठूलो भाषण दिएको रहेछ । तिमी को हो नेपाली लोकगितको परिभाषा गर्ने ? तिम्रो आधिकारिकता के हो ? खनाललाई जे मनपर्छ त्यो नै लोकगीत हो भन्नु पर्ने के छ ?

एउटा कलाकारले पेन्टी वा ब्रा मा अभिनय गर्न चाहन्छ भने पनि त्यो उसको मर्जी हो । मिस नेपाल र मिस वल्र्डमा भाग लिनेहरु गुन्यु चोलीले पुरै शरीर ढाकेर त जाँदैनन् । एउटा पेन्टिको भरमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन्छन् । बिकिनी लगाएर प्रस्तुति दिन्छन् । खनालले ति सबै चेलीहरुलाई ब्लु फिल्म खेल्न जा भन्ने त ?

कुनै पनि सभ्य नागरिकले कसैको पेशालाई लिएर यति तल्लो स्तरको शब्द प्रयोग गर्दैन । त्यसमाथि खनाल को हो ? ब्लु फिल्ममा खेल्न को योग्य छ को छैन भन्ने खनाललाई कसरी थाहा भयो ? अनुभव भएर पो यस्तो भन्या हो कि ? कतै अमेरिकामा ब्लु फिल्मकै धन्दा पो गरिरहेको छ की ? रोल्पाको दुर्गम गाउँबाट आएर संघर्ष गरेकी चेलीलाई गालीगलौज गर्नुको तुक के छ ।
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses