मोबाइल इन्टरनेटमा टेलिकमले ल्यायो नयाँ प्याकेज, अब सस्तोमा चलाउनुहोस्
काठमाडौं,  । नेपाल टेलिकमले भदौ १ गतेदेखि लागु हुने गरी जीएसएम प्रिपेड मोबाइल ग्राहकका लागि नयाँ डाटा प्याकेज सार्वजनिक गरेको छ । टेलिकमले ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीन प्रकारको प्याकेज सार्वजनिक गरेको हो ।
ब्रोञ्ज प्याकका लागि २ सय र ५ सय एमबी डाटा प्याकेज उपलब्ध गराउने छ भने दुई सय एमबी प्याकको १ सय ३० रुपैयाँ र ५ सय एमबी प्याकको ३ सय रुपैयाँ तोकिएको छ । यो सुविधा एक महिनाभित्र उपयोग गरिसक्नुपर्नेछ ।
त्यस्तै गोल्ड प्याकका लागि टेलिकमले ५ र १० जीबी डाटा उपलब्ध गराउँनेछ । ५ जीबी डाटाको लागि १८ सय र १० जीबी डाटाको लागि २८ सय रुपैयाँ तिर्नुपर्ने छ । यसको सेवा अवधि भने अलि बढी रहेको छ ।
५ जीबीको प्याक तीन महिनासम्म र १० जीबीको प्याक ६ महिनासम्म प्रयोग गर्न सकिने छ । यसैगरी सिल्भर प्याक अन्तर्गत १ जीबी र ३ जीबी डाटा उपलब्ध गराइने छ । एक जीबीको ५ सय रुपैयाँ र ३ जीबीको १२ सय ९० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
१ जीबी प्याक एक महिना र ३ जीबी प्याक २ महिनाभित्र सिध्याउनुपर्छ । डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । दुई सय एमबी डाडा ल्याउनु पर्यो भने (DATA200MB) लेखि १४१५ मा एसएमएस गर्नुपर्नेछ । त्यस्तै प्रयोग गर्न बाँकी रहेको डाटा भोलुम थाहा पाउनका लागि (VL) लेखि १४१५ मा एसएम गर्न सकिनेछ ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses