बचेको रकम सरकारलाई नै फिर्ता गरिन् पूर्वसभासद शान्ता चौधरीले
काठमाडौं, भदौ– क्यान्सरको उपचारपछि बचेको रकम पूर्वसभासद शान्ता चौधरीले सरकारलाई नै फिर्ता गरेकी छन् । उनले उपचार गरेर बचेको २ लाख २ हजार रुपैयाँ सरकारलाई फिर्ता गरिदिएकी हुन् ।उनलाई सरकारले एक बर्षअघि क्यान्सरको उपचारका लागि पाँच लाख दिएको थियो ।
सरकारबाट लगेको पैसाले आफ्नो उद्धेश्य पुरा भएको र बचेको पैसा राख्न मन नलागेको भन्दै अरु गरिब दुःखीलाई सपचार गर्न मिलोस भनेर पैसा फिर्ता गरेको चौधरीको भनाई छ ।
कम्लहरी भएर पहिलो संविधानसभामा सभासदसमेत बनेकी चौधरी क्यान्सर रोगबाट पीडित थिइन् । उनले नेपाल र नयाँदिल्लीमा आफ्नो उपचार गराएकी थिइन् । अहिले उनको स्वास्थ्य राम्रो रहेको छ ।
दाङ स्थायी घर भएकी चौधरी पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद थिइन् । दोस्रो संविधानसभामा दाङ क्षेत्र नंम्बर ३ बाट प्रत्यक्षमा चुनाव लडेकि उनी पराजय भोगेकी थिइन् ।
0 comments
Write Down Your Responses