विवाह उत्सव मनाएनन् राजेश हमालले
काठमाडौं : दिउँसोको चर्को घाम बेलुकीपख शीतलतामा बदलिँदै थियो। आइतबार ४ बजे महानायक राजेश हमाल लैनचौरस्थित आफ्नै निवासमा टहलिरहेका थिए।

विनाशकारी भूकम्प गएका बेला विदेशमा रहेका हमाल नेपाल फर्कनासाथ राहतमा सक्रियताका साथ जुटे। भूकम्पकै कारण विवाहको पहिलो वर्षगाँठ धुमधामका साथ मनाउने उनको योजना पनि भताभुंग भएको हो।

आजभन्दा ठीक एक वर्षअगाडि महानायक हमाल हनिमुन मनाउन काभ्रेको धुलिखेल रिसोर्ट पुगेका थिए। २०७१ जेठ १० गते दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आयोजित विशेष समारोहबाट वैवाहिक सम्बन्धमा बाँधिएका हमाल भोलिपल्टै पत्‍नी मधु भट्टराईले लिएर रिसोर्ट गएका थिए।

नेपालका विभिन्न स्थान हुँदै हनिमुन मनाउने क्रममा गत फेब्रुअरीमा अमेरिका पुगेका उनले विवाह उत्सव मनाउनकै लागि त्यहीँबाट सेमपेनसमेत ल्याएका थिए। 'मैले नजिकका केही साथीहरूलाई खबर पनि गरेको थिएँ। तर भूकम्पले निम्त्याएको महाविपत्तिका कारण विवाह उत्सव मनाउने योजना स्थगित गरेँ।'
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses