जसले भूकम्पपीडितलाई सहयोग गरेको भनेर हल्ला मात्रै चल्यो
अभिनेता राजेश हमालको पहलमा भूकम्पपीडितका लागि नेदरल्यान्ड्समा एक अर्ब रुपैयाँ संकलन भयो भन्ने हल्ला चल्यो । तर, यस्तो खबर असत्य भएको भन्दै नेदरल्यान्ड्स निवासी नेपालीहरुले समाचारको खण्डन गरे ।नेपालमा भूकम्प जाँदा हमाल नेदरल्यान्ड्स थिए । त्यहीबेला गिरो ५५५ नामक संस्थामार्फत ९० लाखभन्दा बढी युरो संकलन गरेपछि नेपालका मिडियामा हमालको सक्रियतामा रकम उठेको भन्दै समाचार संप्रेसित भएको थियो । पछि यसको खण्डन भयो । हमालले पनि पैसा गिरो ५५५ ले नै उठाएको स्पष्ट पारिसकेका छन् ।
बलिउड अभिनेता सलमान खानका नेपाली फ्यानहरु यतिबेला फुरुंग बने, जतिबेल सलमानको परोपकारी संस्था ‘बिइङ ह्युमन’ले नेपालका भूकम्पपीडितका लागि १० करोड भारु सहयोग गर्ने समाचार भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन प्रसारण गरे ।
यस्तो हल्ला चलेको केही दिनपछि सलमानले भारतीय सञ्चारमाध्यममार्फत फैलिएको यस्तो हल्ला निराधार भएको बताएका थिए ।
भारतीय सञ्चारमाध्यमले अक्षयकुमारले समेत नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने अर्को हल्ला चलाए । उनले आफ्नो नयाँ फिल्म गब्बर इज ब्याकको पहिलो दिनको सबै कलेक्सन नेपालका भूकम्पपीडितलाई दिने घोषणा गरेको समाचार भारतीय सञ्चारमाध्यममार्फत सुनेपछि उनका नेपाली फ्यान खुसी भए । तर अक्षयकुमारले पछि यसको खण्डन गर्दै यस्तो नभएको स्पष्ट पारे ।
क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्पपीडितका लागि सेभ द चिल्ड्रेनमार्फत करिब ८० करोड रुपैयाँ सहयोग गर्ने चर्चा खुब चल्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारमाध्यममा यससम्बन्धी समाचार प्रकाशित भएपछि सेभ द चिल्ड्रेनले बक्तव्य जारी गरेर रोनाल्डोले आफूहरुमार्फत नेपालका भूकम्पपीडितका लागि सहयोग गरे भन्ना हल्ला निराधार रहेको प्रष्ट पार्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
www.ratopati.com
0 comments
Write Down Your Responses