पहिरोले बगाएर भीरमा अड्किएको शव यसरी निकालियो (तस्विर सहित)
६ जेठ, चितवन ।मुग्लिङ्ग–नारायणगढ सडकखण्ड अन्तर्गत चितवन जिल्लाको चण्डिभञ्याङ्ग ५ स्थित कालीखोलामा गएको पहिरोले बगाउँदा मृत्यु भएका एक व्यक्तिको शव निकालिएको छ ।
भीरमा अड्किएको अवस्थामा फेलापारी एपीएफ टोलीले भीरबाट डोरीको सहायतामा शव निकालेको हो । पहिरोमा परि मृत्यु हुनेमा स्थानि
य करीव ५० वर्षिय मंगले चेपाङ्ग रहेका छन् ।
सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारको एपीएफ टोलीले -याप्लिङ्ग र क्लाइम्बिङ्गको मेथडबाट भीरबाट चेपाङको शव निकालेको हो । चेपाङ्गको शव सडकबाट करीव एक सय मिटर तल तथा त्रिशुली नदी किनारभन्दा केही माथि भीरमा ढुंगाको च्यापमा अड्कीएर खुट्टा मात्रै देखिएको अवस्थामा भेटिएको थियो ।
गएराति करीव ११ वजे पहिरो गए पछि चेपाङ बेपत्ता भएका थिए । त्यस ठाउँमा स्काभेटरको मद्दतले पहिरोलाई आंशिक रुपमा पन्छाएर बाटो खोलिएको थियो ।www.nepaliheadlines.com
0 comments
Write Down Your Responses